Thursday, June 4, 2026

लुम्बिनी प्रदेशका मन्त्रीद्धारा पदबाट राजीनामा

0

दिवाकर पोख्रेल
देउखुरी,माघ २८ गते : लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्रीले सरकार विस्तारको तयारी गरिरहेदा केसीले पदबाट राजनीमा दिनुभएको हो ।

शपथग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीलागिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। यस बारेमा केसीसँग सम्पर्क गर्दा सम्पर्क ह्न सकीरहेको छैन । उहाँले राजनीमाबारे कहीकतै औपचारिक जानकारी दिनुभएको छैन ।

मुख्यमन्त्री गिरी राजधानी क्षेत्र भन्दाबाहिर रहेको समयमा उहाँले मुख्यमन्त्रीलाई नै भेटेर राजीनामा गरेको बुझीएको छ ।
उहाँमन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा असन्तुष्ट रहेको बुझिएको छ । उहाँले भौतिक पूर्वाधार मन्त्रालयमाग गरेको भएपनि जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उहाँ असन्तुष्ट रहेको बुझीएको छ । आइतबार भोलि लुम्बिनीमा नवनियुक्तमन्त्रीको शपथको तयारी छ।

यसका साथै मन्त्री केसीलाई राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नसघाएर नेपाली काँग्रेसका उम्मेदवारलाई सघाएको आरोप समेत पार्टीले लगाएको छ ।

लुम्बिनी प्रदेशका नयाँनियुक्तहुने मन्त्रीहरुको शपथग्रहण आइतबार हुने भएको छ । प्रदेशप्रमुखको कार्यालयले प्रदेशसभा परिसरमा आइतबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम आयोजनागर्ने भएको हो। लुम्बिनीमा मुुख्यमन्त्रीले शपथलिएको एक महिनापछि बल्ल सरकारले पूर्णतापाउने देखिएको हो।

सत्ता साझेदार दलहरुको बीचमा सहमति गरेर मन्त्रालयको भागबण्डा टुंगो लगाइएको छ । तर, मन्त्रालय र मन्त्रीको नामभने अझै औपचारिक रुपमा सार्वजनिकगरिएको छैन।

दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । प्रदेशमा मुख्यमन्त्री सहित दशमन्त्रालय बनाउने निर्णय भएको थियो ।

माओवादी केन्द्रको भागमा महत्वपूर्ण मानिएका पूर्वाधार विकास, आन्तरिक मामिला, अर्थ मन्त्रालय परेकाछन् भने बाँकी सामाजिकविकास, कृषि, स्वास्थ्य लगायतका मन्त्रालय एमाले सहित अन्य सानादलको भागमा पुग्ने देखिएको छ ।

गुल्मीमा गाई भैंसीको पनि भिडियो एक्सरे

0

माघ २०७९ गुल्मीः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले भिडियो एक्सरे सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । यो सेवा जिल्लामा अहिलेसम्म थिएन ।

भिडियो एक्सरेबाट गाई(भैंसीको बाँझोपनको समस्या र गर्भ परिक्षण गरिने छ । यी दुई प्रमुख समस्याको समाधानसंगै पत्थरी, कलेजो लगायतका परिक्षण पनि हुने केन्द्रले जनाएको छ ।

केन्द्रले भिडियो एक्सरे ल्याएसंगै इस्मा गाउँपालिका(६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्ना गाई(भैंसीको समस्या परिक्षण गराए । केन्द्रले नयाँ सेवा प्रवाह गरेको भन्दै घिमिरेले खुसी व्यक्त गरे । ‘उपचारमा प्रविधी भित्रिएकोमा खुसी छौं । मैले पनि भिडियो एक्सरे मार्फत गाई९भैंसीको बाँझोपनको पहिचान गरेर उपचार गरिरहेको छु,’ उनले भने, ‘धेरै किसानले यो सुविधाको उपभोग गर्नुपर्छ ।’

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नयाँ पत्रिकाबाट

मालिका गाउँपालिकाका अध्यक्ष अर्याललाई पृतिशोक

0

माघ २८,२०७९ गुल्मीः गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई पृतिशोक परेको छ ।

अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको शनिबार आफ्नै निवास मालिका गाउँपालिका (५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

लामो समय सम्म समाज सेवाको काम संगै सामाजिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेका अर्यालको आफ्नै निवासमा निधन भएको हो ।

गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय परियारको मृत्यु

0

माघ २७,२०७९ गुल्मीः गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।

 

जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सु्वास लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन ।

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी ,दुई दिन भित्रै पूर्णता पाउँने दाबी

0

दिवाकर पोख्रेल
माघ २७,२०७९ देउखुरी : लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले सपथ लिएको एक महिना पछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो।सत्ता साझेदार दलहरूले मन्त्रालय बाँडफाँटको विषय करिव टुङगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट क कसलाई मन्त्री बनाउने भन्ने विषय टुङगाउन भने बाँकी छ ।

लुम्बिनी प्रदेश सकारका प्रवक्ता तथा मन्त्री चेतनारायण आचार्यले दुइदिन भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हामी छलफलमै छौँ,धेरै विषय टुंगिएका छन्, केही विषयमा छलफल भइरहेको छ, सबै विषयमा अन्तिम छलफल पछि एकै पटक टुङ्गाइनेछ ।’

नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत अन्य सत्ता साझेदार दलहरुकोबीचमा छलफल भएको हो। मन्त्रालय बाँडफाँट टुंगिएको मन्त्री बन्ने आकक्षा धेरैमा देखिएको तर, अवसर सिमितले पाउने भएपछि दलहरुभित्र पनि व्यवस्थापन गर्न चुनौति देखिएको छ ।

१० जनाको हुने मन्त्रिपरिषदमा अहिले ३ जना मन्त्रीको संख्या छ। मुख्यमन्त्री र एक मन्त्री एमालेको छ भने बाँकी एक मन्त्री माओवादीको रहेकाले अब सातजना नयाँ मन्त्रीको लागि दलहरुकोबीचमा मन्त्रालय भागबण्डाको विषय सहमति नजिक पुगेका छन् । नेकपा माओवादी क्न्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारुले छलफल सकरात्मक रुपमा अघि बढेकोले दुइदिनमा सबै विषय टुङगीने बताउनुभयो ।

 

उहाँका अनुसार माओवादी केन्द्रले अर्थमन्त्रालय सहित संसदीय दलका नेता जोखबहादुर महराले सकारको नेतृत्व गर्नुहुनेछ । राप्रपा, जनमत, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागि गराउने गरी मन्त्रालयको भागबण्डा लगाउने कोसिस भइहेको छ ।

नगरिक उन्मुक्ती पार्टीका संसदस्य दलका नेता धर्मवहादुर चौधरीले आफुहरुका माग पूरा नभएसम्म सरकारमा नजनो बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी रेशम चौधरी लगायतका नेताहरुलाई न्याय नदिदा सम्म सकामा जादैनौ ।’

अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाइको छ। जसले गर्दा मन्त्रालय भागबण्डामा केही समस्या परेको देखियो। तर, प्रदेश सरकारलाई पारदर्शी र मीतव्ययी बनाउन यो निर्णयको चर्चा छ । अघिल्लो सरकारले १३ मन्त्री र चार राज्यमन्त्रीगरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो। लीला गिरी मुख्यमन्त्री बनेपछि राज्यमन्त्री नराख्ने र मन्त्रालयको संख्या घटाएर १० पुर्याएको छ।

प्रदेशसभाको दश प्रतिशतभन्दा बढी मन्त्रीहरु नबनाउनेगरि मन्त्रालय घटाइएको हो।लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको संख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो तर संङ्घीय सरकारले मुख्यमन्त्रीबाहेक ९ वटा मात्रै मन्त्रालय राख्न निर्देशन आएपछि मन्त्रालयको संख्या घटाइएको हो । पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकोथियो । नियुक्तिको भोलिपल्ट पुस २८ मा मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिनुभयो ।

लुम्बिनी प्रदेशका मन्त्रालय नयाँ मन्त्रीको पर्खाइमा छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री पाइसकेको छ। तर बाँकी मन्त्रालयको सम्पूर्ण जिम्मेवारी पनि मुख्यमन्त्री लिला गिरीलाई तोकिएको छ।

अब ९ वटा मन्त्रालय नयाँ मन्त्रीको पर्खाइमा छन्। आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावारण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय नयाँ मन्त्रीको पर्खाइमा छन्।मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय राजधानी परिसरमा छन भने बाँकी मन्त्रालय त्यसभन्दा बाहिरि परिसरमा स्थापना गरिएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

0

माघ २६ ,२०७९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् ।

 

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे।

 

मुख्यमन्त्री बन्नुभएका ५१ वर्षीय शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले एक महिनाभित्र प्रदेश सदनबाट विश्वासको मत लिनुपर्नेछ।

अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

0

माघ २६,२०७९ काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अखिल -क्रान्तिकारीको वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् ।

विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए ।

“अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने ।

त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीहरु समानान्तर गतिविधि छाडेर आउन तयार भए अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा आयोजक समिति बनाएर जानको लागि पार्टी केन्द्रीय कार्यलयले हामीलाई निर्देशन गरेको छ ।” पार्टीको निर्देशान पालना गर्दै समस्या समाधानका लागि संगठनको केन्द्रीय समिति तयार रहेको प्रवक्ता एमसीले बताए ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्याको समाधानको गर्ने, सबैलाई एकठाउँमा ल्याएर आयोजक समिति बनाउने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष पञ्चा सिंहको संयोजकत्वमा सम्मेलन आयोजक समिति बन्ने र स्वावियु चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने सम्मेलन गर्ने बताइएको छ । स्थायी समितिको परिपत्रमा अब समानान्तर गतिविधि गर्न नपाइने निर्णय गरिएको छ ।

राष्ट्रियसभा सदस्यमा एमालेका दसौँदी विजयी

0

माघ २५,०७९दाङ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसौँदी विजयी भएका छन्।

 

उनले खसेको कुल मतभार ७ हजार ९ सय मतमध्ये ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्। उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरि ४ हजार २६ मतभार प्राप्त गरि विजयी भएका हुन्।

 

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेको माधवप्रसाद आचार्यले ३ हजार ७२० मत प्राप्त गरेका थिए। उनले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ९४४ जम्मा ३ हजार ७२० मत प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

 

सत्तामा पुगेकाहरुले जनअपेक्षाअनुसार काम गर्न सकेनन्ः शिक्षाविद् कोइराला

0

२०७९ माघ २५ गते काठमाडौं : देशको महत्वपूर्ण शक्ति युवा तथा विद्यार्थीहरुलाई विदेश पठाउने र विभिन्न बहानामा पुँजीपलायन गरी राज्यलाई असफल बनाउने षड्यन्त्र छताछुल्ल भएको बक्ताहरुले बताएको छ ।

 

अखिल (क्रान्तिकारी)द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नयाँ जोस लिएर उदाएकाहरुले पनि जनतालाई निराश बनाउनुले सो कुरा पुष्टि भएको बताएकाछन् ।

‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का प्रवक्ता हेमन्तप्रकाश ओलीले विदेशीहरुले आफ्ना एजेन्टहरु मार्फत नेपाललाई कमजोर बनाएर असफल बनाउनलागि परेको बताए ।

प्रवक्ता ओलीले युवाहरु देशमा रहिरहे विदेशी मनसुभाको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावारण जबरजस्त बनाइरहेको आरोप लगाए । उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाई र गाराईमा आकाश र जमिनको फारक भएको बताउँदै भने,“उहाँले हामीलाई एउटा कुरा पढाउनु भयो, तर आफै अर्कै बाटो लाग्नु भयो, उहाँ आज सत्तामा भएर के गर्नु जनाता झन् आहतमा छन् ।

 

प्रचण्डले व्यवस्था परिवर्तनको लागिलड्ने र लडाउनेकार्य गर्नुभयो तर अफै त्यही दलाल संसदिय व्यवस्थाको भाषमा पशेर झन देश असरल्ल पार्नुभयो ।” उनले दलालपुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्नेमा जोड दिए ।

शिक्षाविद तथा प्रा.डा.विद्यानाथ कोइरालाले देशमा काँग्रेस,कम्युनिस्टवा नयाँ जोश सहित जनताबाट चुनिएर सरकार र सत्तामा पुगेका कोहीले पनि जनअपेक्षा अनुसार कामगर्न नसकेकोले आशा र भरोसा गर्न लायक मान्छे नै नरहेको बताए ।
कोईरालाले परिवर्तनका पुरानानाराले केहीनहुने भन्दै सबैले व्यवहार सुधार्न पर्ने धारणा राखे ।
त्यसैगरी चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्लेले ऐन नियमले पारेका जटिलताहरु सुधार गर्दै लैजाने प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा नेकपा (बहुमत) कार्यालय सदस्य दीपक चलाउनेले वर्तमान संसदिय व्यवस्थामा कर्पोरेटरहरुले राजनीतिज्ञहरुलाई पनि आफ्नो पञ्जामा राखेर सरकार र सत्ता चलाइरहेकोले देश असफलता तिर गएको बताए ।

 

चलाउनले देशबाट दैनिकहजारौं युवा तथा विद्यार्थीसंगै अरबौंको ढुकुटी पलायन गराउने अनि देशलाई कंगाल बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकोले युवाहरु पुनःजागरुक हुनुपर्नेमा जोड दिए ।

चलाउनेले विदेशी कुचेष्टामा यहाँका नेताहरु संम्मिलीत भएको दिनको घामजस्तै छर्लङ्ग भएको जिकिर गर्दै भने,“आजयुवाहरु निराशभएर प्रेम आचार्य हुने कुराभन्दापनि चेग्वे भारा हुने सोच्नुस, फेरी एकपटकविदेशीएजेण्टहरुलाई पराजित गरेर युवाका सपना पुरा गर्नुपर्छ ।”

सिटिइभिटी सदस्य सचिवजीवनारायणकाफ्लेले देशमा हरेक क्षेत्रमा राजनीतिचलेको र ऐन,नियम र कानुनमा प्रस्टै अधिकार प्रत्याजन गरिए पनि विविध कारण देखाएर कामगर्ने वातावरण नभएको बताए ।

आखिल (क्रान्तिकारी) फ्याक्सन इन्चार्ज पूणबहादुर सिंहले देशबाट हजारौं प्रतिभा र पुँजीपलायन गर्न कन्सल्ट्यान्स र विदेशी सम्बन्धन प्राप्त कलेजले मुख्य भूमिका खेलेकोले उनिहरुलाई कडा नियमनमा ल्याउनु पर्ने बताए ।

 

शिक्षा मन्त्रालयकी उपसचिव दुर्गा कडेलले युवा विद्यार्थी निराश नभएर देशमै भविष्य खोज्ने वातावरण निर्माण भइरहेको बताईन ।

अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक तथा चिकित्सा क्षेत्रमा व्यापारीकरण, दलालिकरण हुँदै माफियाकरणमा गएकोले त्यस विरुद्ध कडाआन्दोलनको आवश्यकता भएको बताए ।
फोरम फर हेल्थ एण्ड टेक्नीकल साइन्सका महासचिव निर्मल सापकोटाले सरकारी विश्वविद्यालयले पनि निजीजस्तै शुल्क बढाएर महंगो बनाउने, कोटा तोक्ने तर गुणष्तरमा सुधार नगर्ने कार्यले शिक्षा तथा चिकित्सा क्षेत्र विग्रेको आरोप लगाए ।

सो कार्यक्रममा इन्स्टीट्यूटअफ मेडिसिन महाराजगञ्जको डिन कार्यालयले सहमति अनुसार कार्यान्वयनन गरेको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता सूर्यबहादुर थापाले आफूहरुलाई निराश बनाएको बताए ।
सो संघर्ष समितिका करिब ४ दर्जन विद्यार्थीले प्लेकार्ड प्रदर्शन गरेर ध्यानकर्षण गराएका थिए ।
अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले विद्यार्थीहरुले वेथितिका विरुद्ध गरेका अन्दोलनलाई कमजोर ठाने ठूलो क्षतिहुने चेतावनी दिए ।

संगठनका उपाध्यक्ष विरेन्द्र शाहले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था काहाली लाग्दो भएको बताए ।अध्यक्ष राईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रुपाबुढा मगरले गरेकी थिइन ।

 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

0

माघ २५,२०७९ काठमाडौं :अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नुभयो ।

गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको जी टु जी सहयोग प्रमाण भएको उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनले अरु बोझ थपेको धारणा व्यक्त गर्नुभयो ।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उहाँले नेपालले सन २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताउनुभयो ।

युएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरुको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताउनुभयो।उहाँले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आवद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराउनुभयो।

सो अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलश्रोत विकासका क्षेत्रमा दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गर्नुभयो ।

भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दाहरुमा पनि छलफल भएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत, युएसएआईडी नेपालका मिसन डाइरेक्टर लगायतको उपस्थिति थियो ।