गुल्मीमा गाई भैंसीको पनि भिडियो एक्सरे

0
217

माघ २०७९ गुल्मीः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले भिडियो एक्सरे सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । यो सेवा जिल्लामा अहिलेसम्म थिएन ।

भिडियो एक्सरेबाट गाई(भैंसीको बाँझोपनको समस्या र गर्भ परिक्षण गरिने छ । यी दुई प्रमुख समस्याको समाधानसंगै पत्थरी, कलेजो लगायतका परिक्षण पनि हुने केन्द्रले जनाएको छ ।

केन्द्रले भिडियो एक्सरे ल्याएसंगै इस्मा गाउँपालिका(६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्ना गाई(भैंसीको समस्या परिक्षण गराए । केन्द्रले नयाँ सेवा प्रवाह गरेको भन्दै घिमिरेले खुसी व्यक्त गरे । ‘उपचारमा प्रविधी भित्रिएकोमा खुसी छौं । मैले पनि भिडियो एक्सरे मार्फत गाई९भैंसीको बाँझोपनको पहिचान गरेर उपचार गरिरहेको छु,’ उनले भने, ‘धेरै किसानले यो सुविधाको उपभोग गर्नुपर्छ ।’

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नयाँ पत्रिकाबाट

SHARE