
दिवाकर पोख्रेल
देउखुरी,माघ २८ गते : लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ ।
मुख्यमन्त्रीले सरकार विस्तारको तयारी गरिरहेदा केसीले पदबाट राजनीमा दिनुभएको हो ।
शपथग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीलागिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। यस बारेमा केसीसँग सम्पर्क गर्दा सम्पर्क ह्न सकीरहेको छैन । उहाँले राजनीमाबारे कहीकतै औपचारिक जानकारी दिनुभएको छैन ।
मुख्यमन्त्री गिरी राजधानी क्षेत्र भन्दाबाहिर रहेको समयमा उहाँले मुख्यमन्त्रीलाई नै भेटेर राजीनामा गरेको बुझीएको छ ।
उहाँमन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा असन्तुष्ट रहेको बुझिएको छ । उहाँले भौतिक पूर्वाधार मन्त्रालयमाग गरेको भएपनि जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उहाँ असन्तुष्ट रहेको बुझीएको छ । आइतबार भोलि लुम्बिनीमा नवनियुक्तमन्त्रीको शपथको तयारी छ।

यसका साथै मन्त्री केसीलाई राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नसघाएर नेपाली काँग्रेसका उम्मेदवारलाई सघाएको आरोप समेत पार्टीले लगाएको छ ।
लुम्बिनी प्रदेशका नयाँनियुक्तहुने मन्त्रीहरुको शपथग्रहण आइतबार हुने भएको छ । प्रदेशप्रमुखको कार्यालयले प्रदेशसभा परिसरमा आइतबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम आयोजनागर्ने भएको हो। लुम्बिनीमा मुुख्यमन्त्रीले शपथलिएको एक महिनापछि बल्ल सरकारले पूर्णतापाउने देखिएको हो।
सत्ता साझेदार दलहरुको बीचमा सहमति गरेर मन्त्रालयको भागबण्डा टुंगो लगाइएको छ । तर, मन्त्रालय र मन्त्रीको नामभने अझै औपचारिक रुपमा सार्वजनिकगरिएको छैन।
दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । प्रदेशमा मुख्यमन्त्री सहित दशमन्त्रालय बनाउने निर्णय भएको थियो ।
माओवादी केन्द्रको भागमा महत्वपूर्ण मानिएका पूर्वाधार विकास, आन्तरिक मामिला, अर्थ मन्त्रालय परेकाछन् भने बाँकी सामाजिकविकास, कृषि, स्वास्थ्य लगायतका मन्त्रालय एमाले सहित अन्य सानादलको भागमा पुग्ने देखिएको छ ।






