गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय परियारको मृत्यु

0
220

माघ २७,२०७९ गुल्मीः गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।

 

जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सु्वास लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन ।

SHARE