राष्ट्रियसभा सदस्यमा एमालेका दसौँदी विजयी

0
116

माघ २५,०७९दाङ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसौँदी विजयी भएका छन्।

 

उनले खसेको कुल मतभार ७ हजार ९ सय मतमध्ये ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्। उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरि ४ हजार २६ मतभार प्राप्त गरि विजयी भएका हुन्।

 

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेको माधवप्रसाद आचार्यले ३ हजार ७२० मत प्राप्त गरेका थिए। उनले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ९४४ जम्मा ३ हजार ७२० मत प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

 

SHARE