Thursday, June 4, 2026

माओवादी केन्द्रले जनताको जनजिविकाको पक्षमा संघर्ष गर्ने

0

फागुन ७,०७९ रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जनताको जनजिविकाको पक्षमा संघर्ष गर्ने भएको छ । केन्द्रीय प्रदेश समन्वय समिति लुम्विनीको वैठकले यस्तो निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष सुदर्शन वरालले बताएका छन् ।
दाङ जिल्लाको भालुवाङमा पार्टीका केन्द्रीय सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवको अध्यक्षता, पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यता, महासचिव देब प्रसाद गुरुङको विशेष आतिथ्यता, स्थायी समिति सदस्यहरु, केन्दीय सदस्य कमरेडहरु, प्रदेश समितिका पदाधीकारीको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै माओवादी केन्द्रले संघर्षको कार्यक्रमहरु पनि गर्ने निर्णय गरेको छ । विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिला सुस्ती, विकृती विसंगती विरुद्ध वाई सिएल तथा विधार्थी, पत्रकार संगठनद्धारा जनसमुदायसंग सहकार्य गर्दै वैधानिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

विभिन्न पेशागत संगठनहरुद्धारा आफ्नो वर्ग, पेशा वा समुदायको पक्षमा न्यायोचित मागहरुका साथ समुदायलाई संगठित गर्ने र ति मागहरुको कार्यान्वयनका लागि आवश्यक पहल गर्ने÷ जनताको जनजिविकाका सवालमा संवेदनशिल भई आवाजहरु उठाउने र समाधानको लागि पहल गर्ने भएको छ ।

हालैका दिनहरुमा प्रदेशभर लघु वित्तिय संस्थाहरुबाट हजारौ जनसमुदाय पीडित भएको गुनासो आएको र जनसमुदायले त्यस विरुद्धमा संघर्ष गर्दै आएकाले पीडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्दै त्यसको तत्काल उचित समाधानको लागि सरकारसंग पहल गर्ने र आवश्यक समन्वयका लागि किसान संगठनले पहल गर्ने जनाएको छ।

त्यसैगरी कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका उखु किसानहरुले प्राप्त गर्नु पर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको भन्ने गुनासो आएकाले भूक्तानीका बारेमा किसान संगठनले संयोजन गर्दे आवश्यक पहल गर्ने ।

महंगी नियन्त्रण गर्न, मल, विउ लगायतको यथासमयमा उपलव्धता आदिका लागि सरकारसंग पहल गर्ने । प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरुबाट जनता पीडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेको भन्ने रिपोर्टहरु प्राप्त भएकाले सम्वन्धीत निकायलाई आवश्यक नियमन र व्यवस्थापनको लागि पहल गर्ने, सर्वसाधारण जनसमुदायको संघर्षमा आवश्यक सहयोग गर्ने । जनसमुदायको लगानी डुब्न नदिन आवश्यक पहलकदमी लिने निर्णय गरेको बरालले जानकारी दिए ।

चितुवाको छालासहित दुई जना पक्राउ

0

फागुन ३ ,२०७९ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

मकवानपुर जिल्ला कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेसीतर्फ आउने आग्रा मोरिया सडक खण्डमा चितुवाको सिंगो छालासहित मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ चापाखर्कका ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

 

छालाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरिक्षक डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चितुवाको सिंगो छालासहित दुइ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानकारी दिए।

 

पक्राउ परेका दुई जनालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शिरदेखि पुच्छरसम्म ७ फिट लम्बाई, अगाडीको बायाँ खुट्टादेखि दायाँ खुट्टासम्म ४ फिट ६ इन्ज, विचको पेटको भाग १ फिट ८ इन्च चौडाइ र पुच्छर २ फिट १० इन्च लम्बाइ रहेको चितुवाको छाला बरामत गरिएको हो ।

भीरबाट लड्दा ७३ वर्षीय बृद्धको ज्यान गयो

0

फागुन ३,२०७९ : पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो ।

मोरङको लेटाङ नगरपालिका ८ खैरेनी निवासी लिम्बू ३५ बर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरी सहित पाँचथर ससुराली घर आउने क्रममा माघ २९ गते भीरबाट लडेका हुन्। भीरबाट लडेका हस्तबहादुरको मंगलबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

 

घट्नाका विषयमा श्रीमतीले २ दिन ढिला गरी मंगलबार बिहान मात्रै प्रहरीमा निवेदन दिएको पनि राईले बताएका छन् ।

प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरलाई भीरबाट लडेर मरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

गुल्मीका तीन स्थानीय तहमा ३७९ जनालाई निस्सा वितरण

0

फागुन २ ,२०७९ गल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लाका तीन स्थानीय तहमा निस्सा वितरण गरेको छ ।

आयोगले जिल्लको मुसिकोट नगरपालिका , रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी गरेका ३७९ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो । जसअनुसार मुसिकोट नगरपालिकामा १६५ जना,रुरुक्षेत्रमा १५८ जना र चन्द्रकोट गाउँपालिकामा ५६ जना गरी कुल ३७९ जनालाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

अव उहाँहरुको नापी नक्साको कार्य अबिलम्व सुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताउनुभयो ।
फागुन ५ गते जिल्लाको मदाने गाउँपालिकामा पनि निस्सा वितरण गर्ने गरी आफूहरुले तयारी गरेको आयोगले जनाएको छ ।

जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहिन दलित,२३६ जना भूमिहिन सुकुम्वासी र एक हजार ६२६ जना गरी कूल दुई हजार १४७ जनाको तथ्यांक रहेको ठकुरीले बताउनुभयो ।


यस्तै जिल्लामा विगतका आयोगले ७७२ जनालाई वितरण गरेका लालपुर्जाका काम अधुरा रहेको जिल्ला समिति गुल्मीले जनाएको छ । ७७२ जनाको हातमा लालपुर्जा भएपनि उहाँहरुको नापी नक्सा नभएको , तिरो नचलेको र सो लालपुर्जामा भएको जग्गाको कुनै सहकारी ,बैंकमा धितोको रुपमा पनि नचल्ने भएकाले अधुरा अपुरा कार्यहरु पूरा गर्नका लागि आफूहरु लागेको अध्यक्ष ठकुरीले बताउनुभयो ।

अधुरा अपुरा कार्यहरुको दुई पटकसम्म ३५ दिने सूचना जारी गर्दा २३५ जनाले निवेदन दिएको भन्दै उहाँहरुको ७ दिने दाबी बिरोधको सूचनामा १३ जनाको दाबी परेको जिल्ला समिति गुल्मीले जनाएको छ ।


तेस्रो पटकको ३५ दिने सूचना पुस ३० गतेदेखी खुलेकाले अधुरा अपुरा कार्यहरुको निवेदन जिल्ला समिति गुल्मीमा दिन सक्ने आयोगले जनाएको छ ।

व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिकाः संचारमन्त्री शर्मा

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलोे भूमिका खेलेको बताउनु भएको छ ।
जनयुद्ध दिवशको अवसमा नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्धकै वलमा सामाजिक,राजनीतिक,आर्थिक,साँस्कृति परिवर्तन सम्भव भएको हो,जनयुद्धको वलमा स्थापित अधिकार र उपलव्धि राष्ट्रिय सम्पत्ती हुन अनि जनयुद्ध पनि साझा हो ।’

जनयुद्धकै कारण गणतन्त्र,समावेशी,समानुपाती,धर्मनिरपेक्षता सम्भव हेको भन्दै चेतना विस्तार अधिकारको सवालमा पनि ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो । नेपाल सरकारका प्रवत्ता शर्माले सरकार जनयुद्ध,जनआन्दोल, विभीन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धी संस्थागत गर्दै जनमुखी काम गर्ने मार्गमा अघि बढेको बताउनुभयो । उहाँलेभन्नुभयो ‘बर्तमान सरकार विभिन्न संघर्ष र उपलव्धीलाई रक्षा गर्दै अघि बढ्ने केन्द्रित छ, जनजीवीकाका सवालमा सवालमा पनि सिरीयस छ ।’ यस्तै उहाँले संचार प्रविधि मन्त्री रेखा शर्माले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्ध प्रति न्याय गरेको धारणा राख्नुभयो ।

जनयुद्धको योगदान समानता भएको बताउँदै त्यसको कार्यान्वयनमा सरकार जुटेको वताउनुभयो । मन्त्री शर्माले माओबादी टुटफुट र बिभाजन भएपनि आफ्नो विरात कायम राखेको बताउनुभयो । माओवादीको एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेत्रित्वमा राष्ट्रिय सहमतिको राजनिति अगाडि बढेको बताउनुभयो । जनयुद्धको अबसरमा आयोजित रक्तदान कार्यक्रम ३६ जना रक्तदान गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सोमबार दाङको नारायणपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान काकर्यत्रलममा सहभागि हुनुभयो । उक्त कार्यक्रममा उहाँले विकास सबैको साझेदारी आवश्यक हेको बताउनुभयो । यस्तै उहाँ सोमबारै पुस्तक विमोचन कार्यक्रमा सहभागि हुनुभएको थियो ।

ंंंंं

 

आज भ्यालेन्टाइन डे,युवा युवतीहरुका लागि मुख्य पर्व

0

फागुन २,२०७९काठमाडौं : आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन्। प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन्।

मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ।

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । राजधानीको खिचापोखरीस्थित हलमार्कका बिक्रेता रुपेश कार्की वर्ष दिनमा सबैभन्दा बढी व्यापार यसै बेला हुने बताउनुहुन्छ । यस्ता पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने पाइएको छ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।

ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न

0

रामकृष्ण कडेल

फागुन १,२०७९ गुल्मी : इश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका वडा नं. ६ चारपाला गुल्मीको ५३औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

 

बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाको प्रमुख आतिथ्यता, विशिष्ट अतिथिमा गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष मुकेश थापा, गुल्मीदरबार गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष शालिकराम टन्डन ,नेपाल सरकारका उपसचिव जगदीश अर्याल, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य ईश्वरी परियार, सदस्य सोनुदेवी कार्की,जनप्रतिनिधि , भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा यस विद्यालयका पूर्व शिक्षक हरि प्रसाद अर्याल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद कंडेल रहनुभएको थियो ।

 

विभिन्न संघ संस्थाका प्रमुखहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शुभचिन्तकहरू र अभिभावकहरूको समेत आतिथ्यता रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, मानार्थ सदस्य, विशिष्ट सदस्यहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू, चन्दादाताहरू, अक्षयकोषदाताहरूको पनि आतिथ्यता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले आर्थिक वर्ष २०७८/०७९ को झण्डै २२ लाख बराबरको आय-व्यय र समग्र विद्यालयका गतिविधिहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा विद्यालयमा योगदान दिनुभएका पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई पनि समारोहमा सम्मान गरिएको थियोे ।

 

विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । ५३औं वार्षिक उत्सवको कार्यक्रम माघ २७ गतेदेखि विभिन्न खेलकुदहरू आयोजना गरि सुरुवात गरिएको थियो । साँस्कृतिक कार्यक्रम शिक्षक टोपबहादुर थापाले र समग्र कार्यक्रमको सञ्चालन शिक्षक बाबुराम कंडेलले गर्नुभएको थियोे ।

शुभ लक्ष्मी फर्माद्वारा हाडहाडेमा निशुल्क स्वास्थ्य शिबिर : साढे २ सयले लिए सेवा

0

गुल्मी, १ फागुन :गुल्मी जिल्ला धुर्कोट गाउँपालीका–०३ हाडहाडेको आयोजना र शुभलक्ष्मी फर्मासँगकोे समन्वयमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ ।

 

एक दिने शिविरमा २ सय ४० जना बिरामीहरुले सेवा लिएका थिए । हाडजोर्नी तथा ट्रमा सर्जन डा. प्रदीप शिवाकोटी, डा. अमर पहराई लगायतका चिकित्सकको टोलिले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिबिरमा हाडजोर्नीका बिरामी सय जना, जनरल ओ.पि.डी. १ सय ४०, भिडियो एक्सरे १ सय ७, ई.सि.जी. ६० र सुगर जाँच ४७ जनाले गराएको शुभलक्ष्मी फर्माका प्रोपाइटर होम बहादुर पल्लीले जानकारी दिए ।

 

साथै शिबिरमा सम्पुर्ण बिरामीहरुलार्ई निःशुल्क औषधि वितरण गरिएको थियो । सस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण स्तरको समुदायमा पुगेर रोगको पहिचान गर्ने र समयमै उपचार गर्न उत्प्रेरित गरेर समस्या बल्झिनबाट जोगाउने शिबिरको उदेश्य रहेको पल्लीले बताए ।

उनले शिबिरको क्रममा कडा परिश्रमका कारण हड्डी खिइएका र विभिन्न कारणले रोग च्यापेर बसेकाहरु फेला परेको बताए । शिबिरमा स्थानीय निकाय, विभिन्न औषधि उत्पादक कम्पनीहरु, हाडहाडे स्वास्थ्य चौकी, क्लब, अन्य संघसंस्थाहरुका पदाधिकारीहरु लगायत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।

 

धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए ।

 

फर्माले विभिन्न समयमा शिबिरको आयोजना, सामाजिक सघसस्थालाइ सहयोग, बिपन्नको निशुल्क उपचार लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

फागुन १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय

0
फाइल फोटो

माघ २९,२०७९काठमाडौँ : सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

 

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा -माओवादीले जनयुद्ध शुरु गरेको थियो। जनयुद्ध दिवसको दिन पारेर कर्णाली र बागमती प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरेका थिए।

 

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।

सहमतिकै आधारमा राष्ट्रपति :सूचना तथा संचार मन्त्री शर्मा

0

दिवाकर पोख्रेल
देउखुरी, माघ २८गते । सूचना तथा संचार मन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति बन्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनीप्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्रीशर्माले बर्तमान सरकार बढीभन्दाबढी सहमतिकै आधारमा कामगर्न खोजेको स्मरणगर्दै उहाँले प्रधानमन्त्रीलाई विश्वासको मतमिलेको हिसावले पनि रािष्ट्रय सहमति खोज्नुपरेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो,“जूनहिसावले प्रधानमन्त्रीलाई विश्वासको मतमिल्यो, त्यसमा सबैको सहमति गररेर जानुपर्छ भन्ने भन्ने लागेको छ,त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौ भन्नु भएको हो, अहलिे सरकारको धारणापनियहीहो ।”
नेपाल सरकारकाप्रवत्ताशर्माले राष्ट्रिय स्वतन्त्रपार्टीलाई सरकारमा ल्याउन पहल भइरहेको बताउनुभयो ।

सरकार राष्टिय सहमतिकै अवस्थामा रहेकाले कसैलाई पनि सरकारबाट वाहीर राख्ननचाहेको अवस्थामा राष्टिय स्वतन्त्रपार्टीले सरकार छाड्नु सकरात्मकअवस्था नरहेको उहाँको भनाइथियो । उहाँले भन्नुभयो,“रविजीको वारेमा अदालतले निर्णय गरेकाले भन्ने अवथा रहेन तर अन्य साथिहरुलाई मिलाएर जाने अवस्था छ, गृह मन्त्रालय नै भनेर अडानलिन भएन ।”

मन्त्री शर्माले मिडियासंग सम्बन्धित विभिन्न ऐनहरु बन्ने क्रममा रहेकाले सम्बन्धित सरोकारवालाले उचित सल्लाह सुझावदिन पनि आग्रह गर्नुभयो । उहाँले सूचनाप्रविधि ऐन,प्रेस काउन्सिल ऐन,लगायतका ऐनहरु छलफलकै क्रममा रहेकाले सम्बन्धित पक्षको उचित सर सल्लाहको आवश्यक रहेको बताउनुभयो ।