माओवादी केन्द्रले जनताको जनजिविकाको पक्षमा संघर्ष गर्ने

0
125

फागुन ७,०७९ रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जनताको जनजिविकाको पक्षमा संघर्ष गर्ने भएको छ । केन्द्रीय प्रदेश समन्वय समिति लुम्विनीको वैठकले यस्तो निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष सुदर्शन वरालले बताएका छन् ।
दाङ जिल्लाको भालुवाङमा पार्टीका केन्द्रीय सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवको अध्यक्षता, पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यता, महासचिव देब प्रसाद गुरुङको विशेष आतिथ्यता, स्थायी समिति सदस्यहरु, केन्दीय सदस्य कमरेडहरु, प्रदेश समितिका पदाधीकारीको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै माओवादी केन्द्रले संघर्षको कार्यक्रमहरु पनि गर्ने निर्णय गरेको छ । विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिला सुस्ती, विकृती विसंगती विरुद्ध वाई सिएल तथा विधार्थी, पत्रकार संगठनद्धारा जनसमुदायसंग सहकार्य गर्दै वैधानिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

विभिन्न पेशागत संगठनहरुद्धारा आफ्नो वर्ग, पेशा वा समुदायको पक्षमा न्यायोचित मागहरुका साथ समुदायलाई संगठित गर्ने र ति मागहरुको कार्यान्वयनका लागि आवश्यक पहल गर्ने÷ जनताको जनजिविकाका सवालमा संवेदनशिल भई आवाजहरु उठाउने र समाधानको लागि पहल गर्ने भएको छ ।

हालैका दिनहरुमा प्रदेशभर लघु वित्तिय संस्थाहरुबाट हजारौ जनसमुदाय पीडित भएको गुनासो आएको र जनसमुदायले त्यस विरुद्धमा संघर्ष गर्दै आएकाले पीडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्दै त्यसको तत्काल उचित समाधानको लागि सरकारसंग पहल गर्ने र आवश्यक समन्वयका लागि किसान संगठनले पहल गर्ने जनाएको छ।

त्यसैगरी कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका उखु किसानहरुले प्राप्त गर्नु पर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको भन्ने गुनासो आएकाले भूक्तानीका बारेमा किसान संगठनले संयोजन गर्दे आवश्यक पहल गर्ने ।

महंगी नियन्त्रण गर्न, मल, विउ लगायतको यथासमयमा उपलव्धता आदिका लागि सरकारसंग पहल गर्ने । प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरुबाट जनता पीडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेको भन्ने रिपोर्टहरु प्राप्त भएकाले सम्वन्धीत निकायलाई आवश्यक नियमन र व्यवस्थापनको लागि पहल गर्ने, सर्वसाधारण जनसमुदायको संघर्षमा आवश्यक सहयोग गर्ने । जनसमुदायको लगानी डुब्न नदिन आवश्यक पहलकदमी लिने निर्णय गरेको बरालले जानकारी दिए ।

SHARE