व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिकाः संचारमन्त्री शर्मा

0
135

दिवाकर पोख्रेल
देउखुरी, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलोे भूमिका खेलेको बताउनु भएको छ ।
जनयुद्ध दिवशको अवसमा नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्धकै वलमा सामाजिक,राजनीतिक,आर्थिक,साँस्कृति परिवर्तन सम्भव भएको हो,जनयुद्धको वलमा स्थापित अधिकार र उपलव्धि राष्ट्रिय सम्पत्ती हुन अनि जनयुद्ध पनि साझा हो ।’

जनयुद्धकै कारण गणतन्त्र,समावेशी,समानुपाती,धर्मनिरपेक्षता सम्भव हेको भन्दै चेतना विस्तार अधिकारको सवालमा पनि ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो । नेपाल सरकारका प्रवत्ता शर्माले सरकार जनयुद्ध,जनआन्दोल, विभीन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धी संस्थागत गर्दै जनमुखी काम गर्ने मार्गमा अघि बढेको बताउनुभयो । उहाँलेभन्नुभयो ‘बर्तमान सरकार विभिन्न संघर्ष र उपलव्धीलाई रक्षा गर्दै अघि बढ्ने केन्द्रित छ, जनजीवीकाका सवालमा सवालमा पनि सिरीयस छ ।’ यस्तै उहाँले संचार प्रविधि मन्त्री रेखा शर्माले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्ध प्रति न्याय गरेको धारणा राख्नुभयो ।

जनयुद्धको योगदान समानता भएको बताउँदै त्यसको कार्यान्वयनमा सरकार जुटेको वताउनुभयो । मन्त्री शर्माले माओबादी टुटफुट र बिभाजन भएपनि आफ्नो विरात कायम राखेको बताउनुभयो । माओवादीको एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेत्रित्वमा राष्ट्रिय सहमतिको राजनिति अगाडि बढेको बताउनुभयो । जनयुद्धको अबसरमा आयोजित रक्तदान कार्यक्रम ३६ जना रक्तदान गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सोमबार दाङको नारायणपुर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान काकर्यत्रलममा सहभागि हुनुभयो । उक्त कार्यक्रममा उहाँले विकास सबैको साझेदारी आवश्यक हेको बताउनुभयो । यस्तै उहाँ सोमबारै पुस्तक विमोचन कार्यक्रमा सहभागि हुनुभएको थियो ।

ंंंंं

 

SHARE