सहमतिकै आधारमा राष्ट्रपति :सूचना तथा संचार मन्त्री शर्मा

0
120

दिवाकर पोख्रेल
देउखुरी, माघ २८गते । सूचना तथा संचार मन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति बन्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनीप्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्रीशर्माले बर्तमान सरकार बढीभन्दाबढी सहमतिकै आधारमा कामगर्न खोजेको स्मरणगर्दै उहाँले प्रधानमन्त्रीलाई विश्वासको मतमिलेको हिसावले पनि रािष्ट्रय सहमति खोज्नुपरेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो,“जूनहिसावले प्रधानमन्त्रीलाई विश्वासको मतमिल्यो, त्यसमा सबैको सहमति गररेर जानुपर्छ भन्ने भन्ने लागेको छ,त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौ भन्नु भएको हो, अहलिे सरकारको धारणापनियहीहो ।”
नेपाल सरकारकाप्रवत्ताशर्माले राष्ट्रिय स्वतन्त्रपार्टीलाई सरकारमा ल्याउन पहल भइरहेको बताउनुभयो ।

सरकार राष्टिय सहमतिकै अवस्थामा रहेकाले कसैलाई पनि सरकारबाट वाहीर राख्ननचाहेको अवस्थामा राष्टिय स्वतन्त्रपार्टीले सरकार छाड्नु सकरात्मकअवस्था नरहेको उहाँको भनाइथियो । उहाँले भन्नुभयो,“रविजीको वारेमा अदालतले निर्णय गरेकाले भन्ने अवथा रहेन तर अन्य साथिहरुलाई मिलाएर जाने अवस्था छ, गृह मन्त्रालय नै भनेर अडानलिन भएन ।”

मन्त्री शर्माले मिडियासंग सम्बन्धित विभिन्न ऐनहरु बन्ने क्रममा रहेकाले सम्बन्धित सरोकारवालाले उचित सल्लाह सुझावदिन पनि आग्रह गर्नुभयो । उहाँले सूचनाप्रविधि ऐन,प्रेस काउन्सिल ऐन,लगायतका ऐनहरु छलफलकै क्रममा रहेकाले सम्बन्धित पक्षको उचित सर सल्लाहको आवश्यक रहेको बताउनुभयो ।

SHARE