Thursday, June 4, 2026

मालपोत कार्यालका नायब सुब्बा र लेखनदास पक्राउ

0

फागुन १९,२०७९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले बिहिबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एकजना लेखनदासलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो।

नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ। थाहाबाट

गुल्मीमा एउटा कोठा, दुईवटा कक्षा, एकैपटक पढाउँछन् दुई शिक्षिका

0

फागुन १८,२०७९गुल्मी : जिल्लाको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।

रेसुंगा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाइरहेका छन्।

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थी यसरी एउटै कोठमामा पढिरहेका छन्। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ ।

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौँ’, उनले भनिन्, ‘विद्यार्थीलाई असहज भएको छ। एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’

सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्। आफूहरूले पढाउँदा दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उहाँको भनाइ छ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए। नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। ५० लाख रुपैयाँ लागतमा भवन बनाइँदैछ। रासस

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको समिक्षा

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन १८ गते । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवार अर्धवार्षिक प्रगती समिक्षा गरेको छ । पत्रकारसंग अन्तरक्रिया गर्दै मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनको समस्या बारे जानकारी गराइएको थियो ।

 

मुख्यतयाः प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नुहँदा समस्या भएको बताइएको छ । समिक्षा कार्यक्रममा लुम्बनी प्रदेश भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुले मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचना, नयाँ स्थानबाट काम कारवाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

 

नयाँ सरकार निर्माण भएपछि ५० प्रतिसत भौतिक प्रति गरेको दावी गर्दै जनशक्तिको पदपूर्ति भएमा योजना कार्यान्वयनमा सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार गठन भएको छोटो समयमा धेरै प्रगती भएको छ, तैपनि चाहेजती काम गर्न सकिएको छैन त्यसको लागि जनशक्तिी अभाव नै मुख्य हो । ’

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु आर्थिक बर्षमा पूँजिगत खर्च २३ प्रतिसत मात्र खर्च गरेको बताउनुभयो । सचिव श्रेष्ठले जनशक्ति अभावकै कारण योजना कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, मन्त्रालयमा सम्बन्धित कार्यालयमा जम्मा चारसय ८४ जनाको जनशक्तिको दरवन्दी छ तर तीस प्रतिसतको हाराहरीमा दरवन्दी रिक्त छ,यसबाट पनि अपेक्षीत काम हुन सकेको छैन ।’ मन्त्रालयले सिमित श्रोत साधनका वाफजुत पनि २५ प्रतिसतको हाराहरामा पूजिँगत खर्च गर्न सफल उहाँको भनाइ छ ।

मन्त्रालयले प्रदेश सरकारको अनुभुति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने मन्त्रालको ठहर छ । मन्त्रालयका सचिव श्रेष्ठले भन्नुभयो, ‘हामी प्रदेशबाट पनि धेरै काम गरेका छौ, तर प्रचारप्रसार स्थानीय सरकारकै मात्र हुने गरेको पो होकी भन्ने लागेको छ ।’

समिक्षा कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने समानीकरण तर्फ सडक तथा पुल एकहजार आठसय ८५,सशर्त योजना दुइसय दश समपुरक तर्फ आठ गरी जम्मा दुइहजार एकसय तीनवटा योजना रहेका छन । यस्तै उर्जा तथा जलश्रोत तर्फ समानीकरण तर्फ एकहजार ४२ योजना सशर्त योजना तीनसय ५७ समपुरुक तर्फको योजना गरी एकहजार तीनसय ९९ वटा रहेका छन् ।

अटो दुर्घटनामा भण्डारीको मृत्यु,वली घाइते

0

फागुन १७,२०७९दाङ : दाङमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ। यस्तै तुलसीपुर ९ दोघरेका २५ वर्षीय सन्तोष वली घाइते भएका छन्।

मंगलबार बिहान करिब ११ बजे तुलसीपुर ३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा भण्डारी र ओली घाईते भएका थिए।

घाइते दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भण्डारीलाई थप उपचारको लागि दिउँसो १२ बजे मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको थियो। उनको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

घाइते वलीको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अटो चालक तुलसीपुर ३ का २३ वर्षीय प्रेम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पृथ्वी माबिको अध्यक्षमा सरस्वती घिमिरे निर्वाचित

0

सूर्य सुनार
फागुन १७, २०७९गुल्मी :पृथ्वी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका — ३ मैदानमा रहेको विद्यालयले बुधबार अभिभावकको भेलाबाट नँया समिति गठन गरेको हो । विद्यालयमा ६५ प्रतिशत अभिभावको उपस्थितमा उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घिमिरेको अध्यक्षतामा ९ सदस्य कार्य समिति गठन भएको छ । जसको सदस्यमा तुल्सी रायमाझी, रुपा विश्वकर्मा, जमुना जि।सी। शारदा घिमिरे, रेखा वि।क प्रधानाध्यपक चन्द्र बहादुर पाण्डे, शिक्षक प्रतिनिधि बावुराम घिमिरे, पदेन सदस्य वडाध्यक्ष शंकर रायमाझी रहनुभएको छ ।

जसमा अभिभावक संघको अध्यक्ष पूर्वशिक्षक यम बहादुर थापाको अध्यक्षतामा ९ कार्य समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यअवधि ३ वर्ष हुने गर्दछ । पुरानो समितिको कार्यअवधि समय पुरा भएपछि नँया समिति गठन गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती घिमिरेले आफू पहिले देखी विद्यालय संग नजिक रहेर काम गरेको अनुभव रहेको हुँदा विद्यालयमा भएका समस्याहरुलाई समधान गर्ने बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा, भौतिक पुर्वाधारको क्षेत्रमा काम गर्ने बताउनुभयो । आफ्नो ३ वर्षिय कार्यकाल सफल र शिक्षाको क्षेत्रमा उदारणीय काम गर्ने प्रतिवद्धता समेत ज्ञापन गर्नुभएको छ ।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेले यस भन्दा पहिले मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य पदमा रहेर काम गरेको उहाँमा अनुभव छ । साथै शौक्षिक क्षेत्रको विकासको निम्ती उहाँले चासोका साथ यस भन्दा अगाडी समाजमा काम गर्दै आउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक : मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन १७ गते । पलुम्बिनी प्रदेश सभाको छैठौं बैठक बुधबार बस्यो । दिउँसो १ बजे बसेको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त “मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन” सम्बन्धी पत्रहरु पढेर सुनाउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेशमा अहिले दश मन्त्रालय र ११ मन्त्रीको मन्त्री परिषद छ । एक जना मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

बैठकमा प्रदेश सभा सदस्यहरुले विशेष समय लिएर सम्बोधन गरेका छन् । संसदमा सरकारको प्रभावकारी काम र जनजीवनको सवालहरु उठाइएको छ । यस्तै बैठकमा मुख्यमन्त्री लिला गिरीको तर्फबाट स्वास्थ्यमन्त्रि बिष्णु पन्थीले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको छ ।

यस्तै स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश” सभामा पेश गर्नुभएको छ । यस्तै संसदको आगामी बैठक अर्काे सुचना टाँस गरेर जानकारी दिइने सभामुख तुलाराम घर्तीले जानकारी दिएर बैठक सकिएको जानकारी दिनुभयो । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले महत्वपूर्ण विषय उठान गर्नुभएको थियो ।

बैठकमा विशेष समय माग गर्दे प्रदेशसभा सदस्य राजकुमार चौधरीले लघुविक्तको ज्यादती बन्द गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशभर लघुविक्तले जनमानसमा ज्यादती गरेको कुरा आइरहदा सरकारले यस्मा ध्यान दिनु प¥यो ।’ यस्तै बैठकमा भगवती अधिकारी र यमवहादुर नेपाली,एमुना रोका मगर, अम्बिका काफ्लेले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुले स्वास्थ्य विमाले विमा वापतको रकम भुक्तानी नदिएर जनतालाई दुःख दिएको बताउनुभएको थियो । अधिकाश प्रदेशसभा सदस्यहरुले जनजीवीकाका सवालमा प्रदेश सरकार गम्भिर बन्न आग्रह गर्दै लुम्बिनी प्रदेश नेपालकै नमूना प्रदेश बनाउन आग्रह गर्नुभएको थियो ।

यसैविच सक्ता समिकरणमा फेरबद आएका कारण लुम्बिनी प्रदेशमा पनि त्यसको असर स्वरुप साना दलले मुख्य मन्त्रिलाई दिएको समर्थन फिर्ता ल्याउने सङकेत देखिएपनि हाल सम्म कुनैपनि दलले समर्थन फिर्ताको लिने औपचारिक निर्णय गरेका छैनन ।

मदाने र गौमुखी बिच दुई पक्षीय सम्झौता

0

फागुन १७,२०७९ गुल्मीः गुल्मीको मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिका बिच विविध विषयमा समझदारी भएको छ ।

सोमबार मदाने गाउँपालिकाको कार्यालय पुर्कोट दहमा दुई स्थानीय तह बिच आपसी हित र साझा समस्या समाधानका लागि दुई पक्षीय सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

समझदारी पत्रमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
दुई स्थानीय तह बिचमा कृषि ,पर्यटन ,पुर्वाधार ,साँस्कृतिक सम्पदा ,प्रविधि ,सीप र आर्थिक लगायत विविध पक्षमा सहयोग आदानप्रदान गर्ने उदेश्यले समझदारी पत्र तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताए ।

त्यस्तै समझदारी पत्रमा एक अर्काले गरेका कामको अनुभवको आदानप्रदान देखि गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको दुबै स्थानीय तहले प्रचार प्रसार गरि पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाईने समेत उल्लेख गरिएको छ ।

गौमुखी गाउँपालिका र मदाने गाउँपालिका बिच सिमा मात्रै नभई धेरै सम्बन्ध,संस्कार र एकै प्रकारको भु(बनोट भएकै कारण समझदारी गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन ।

१७ र २३ वर्षीय किशोरी बलात्कृत

0

फागुन १६,२०७९काठमाडौं : २ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(५ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका(१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीवृत्त थिमिबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका(६ पुरानो थिमिबाट पक्राउ गरेको हो।

यसैगरी भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका(७ भदौरे बस्ने २६ वर्षीय हरिकुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही नगरपालिका(६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङला भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गुल्मी सेवा समाज युएइको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

0

अजय खड्का
फागुन १५,गुल्मी:गुल्मी सेवा समाज युएइको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

 

आइतबार गुल्मी सेवा समाज युएइले नौमती बाजाको साथमा युएइको मसाफी फुजेरामा सम्पन्न गरेको समाजका कार्यसमिति सदस्य अजित खड्काले जानाकारी दिनुभयो ।

 

यसरी बनभोज कार्यक्रम आयोजन गर्दा आफ्ना जिल्ला तथा देशबाट आएका दाजुभाई तथा दिदि बाहिनीहरु संग सामिप्यता बढ्ने समाजमा अध्यक्ष राम श्रेष्ठले बताउनुभयो । प्रवासी नेपालीहरु बिच अझ गहिरो सम्बन्ध स्थापना हुने भएकोले यस्तो किसीमको कार्यक्रम आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

कार्यक्रमबाट प्रर्वासमा रहेर पनि जिल्ला बासिहरु विचको एकता कायम रहने संगै दैनिकी कामको थकाइबाट केहि राहत प्रदान हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

 

कार्यक्रममा अध्यक्ष राम श्रेष्ठ उपध्यक्षहरु नोखा बस्नेत,सरस्वती पौडेल, बिष्णू भट्राई, हुमराज बिक जिबन कुवँर यस्तै महासचिव जिवन सिंह ठकुरी लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो ।
समाजले गुल्मी जिल्लामा बिभिन्न समाजिक कार्यहरु समेत गर्दै आएको छ ।

रिडी माबिका प्रअ आइतबार बिद्यालयमा नगई एमालेको ग्रास रुट अभियानमा

0

फागुन १४,२०७९ गुल्मीः यति बेला एसइई परीक्षा नजिकिदै छ । बिद्यालयका शिक्षकहरु बिद्यार्थीहरुलाई कसरी धेरै उतिर्ण गराउन सकिन्छ भन्दै पठन पाठनमा ब्यस्त छन् । तर गुल्मी भने गुल्मीमा एक बिद्यालयका प्रधानाध्यपक बिद्यालय समयमा बिद्यालयमा नगई एमालेको ग्रासरुट अभियानमा लागेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यपक रोहित भण्डारी आइतबार बिद्यालयमा नगई एमालेको ग्रासरुट अभियानमा कालीगण्डकी गाउँपालिका तर्फ लागेको फोटो सामाजिक संजालमा यत्र तत्र छरिएको छ ।

एमालेकी नेत्रृ समेत रहेकी अञ्जु कंडेल केशीले आफूहरु गाउँपालिकाकी उपाध्यक्ष ,बिद्यालयका प्रअ भण्डारी र आफूहरु एमालेको मिसन ग्रासरुट अभियानका लागि कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट तर्फ लागेको सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

बिद्यालयका प्रअ बिद्यालयमा पढाउन नगई सक्रिय राजनीतिमा लाग्नु र गाउँपालिका भित्रको अनुगमन गर्ने गरी अधिकार प्राप्त उपाध्यक्ष सहित प्रअ अभियानमा लाग्दा गाउँपालिका र बिद्यालय प्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

अभियानमा संगै छौ : उपाध्यक्ष
यता रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिनादेबी गौतमले प्रअ भण्डारी आफूहरुसंगै अभियानमा रहेको स्विकार गरेकी छिन् । उनले अहिले आफूहरु अभियानकै क्रममा कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा रहेको स्पस्ट पारिन् ।
प्रधानाध्यपक भण्डारीले भने एउटै गाडीमा गएपनि मिसन भने फरक रहेको बताएका छन् । आफू शिक्षक संगठनका साथीहरुसंग पुर्तिघाटमा भेट भने गरेको बताउँदै अभियानमा नरहेको भन्दै पन्छिन खोजेका छन् ।

अभियानमै लाग्नु गलत : शिक्षा शाखा प्रमुख
रुरुक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले शिक्षकहरु यसरी सक्रिय राजनीति र अभियानमै लाग्नु गलत भएको बताएका छन् । यस बारेमा आफूले बुझेर अगाडि बढने उनको भनाई छ । अब बिद्यालयका शिक्षकहरुलाई बिद्यालयमा नगई खुलम खुल्ला राजनीतिमा हिडने छुट हुन्छ त भन्ने प्रश्नमा उनले यसरी हिडने छुट नभएको उल्लेख गरे ।


शिक्षा समन्वय इकार्य प्रमुख लोकनाथ मरासिनीले शिक्षकहरुलाई बिद्यालयमा पढाउनका लागि भन्दै नियुक्ति दिइएकाले राजनीति गर्ने छुट नभएको बताएका छन् । उनले शिक्षकले राजनीति गर्न नहुने समेत स्पस्ट पारेका छन् ।
यता जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले भने शिक्षकहरु पार्टीको मूल कार्यक्रममा जान भने नहुने बताएका छन् । उनले बास्तबिकता बुझेर अगाडि बढ्ने बताएका छन् ।