अटो दुर्घटनामा भण्डारीको मृत्यु,वली घाइते

0
179

फागुन १७,२०७९दाङ : दाङमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ। यस्तै तुलसीपुर ९ दोघरेका २५ वर्षीय सन्तोष वली घाइते भएका छन्।

मंगलबार बिहान करिब ११ बजे तुलसीपुर ३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा भण्डारी र ओली घाईते भएका थिए।

घाइते दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भण्डारीलाई थप उपचारको लागि दिउँसो १२ बजे मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको थियो। उनको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

घाइते वलीको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अटो चालक तुलसीपुर ३ का २३ वर्षीय प्रेम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

SHARE