१७ र २३ वर्षीय किशोरी बलात्कृत

0
119

फागुन १६,२०७९काठमाडौं : २ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(५ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका(१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीवृत्त थिमिबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका(६ पुरानो थिमिबाट पक्राउ गरेको हो।

यसैगरी भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका(७ भदौरे बस्ने २६ वर्षीय हरिकुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही नगरपालिका(६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङला भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

SHARE