रिडी माबिका प्रअ आइतबार बिद्यालयमा नगई एमालेको ग्रास रुट अभियानमा

0
141

फागुन १४,२०७९ गुल्मीः यति बेला एसइई परीक्षा नजिकिदै छ । बिद्यालयका शिक्षकहरु बिद्यार्थीहरुलाई कसरी धेरै उतिर्ण गराउन सकिन्छ भन्दै पठन पाठनमा ब्यस्त छन् । तर गुल्मी भने गुल्मीमा एक बिद्यालयका प्रधानाध्यपक बिद्यालय समयमा बिद्यालयमा नगई एमालेको ग्रासरुट अभियानमा लागेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यपक रोहित भण्डारी आइतबार बिद्यालयमा नगई एमालेको ग्रासरुट अभियानमा कालीगण्डकी गाउँपालिका तर्फ लागेको फोटो सामाजिक संजालमा यत्र तत्र छरिएको छ ।

एमालेकी नेत्रृ समेत रहेकी अञ्जु कंडेल केशीले आफूहरु गाउँपालिकाकी उपाध्यक्ष ,बिद्यालयका प्रअ भण्डारी र आफूहरु एमालेको मिसन ग्रासरुट अभियानका लागि कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट तर्फ लागेको सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

बिद्यालयका प्रअ बिद्यालयमा पढाउन नगई सक्रिय राजनीतिमा लाग्नु र गाउँपालिका भित्रको अनुगमन गर्ने गरी अधिकार प्राप्त उपाध्यक्ष सहित प्रअ अभियानमा लाग्दा गाउँपालिका र बिद्यालय प्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

अभियानमा संगै छौ : उपाध्यक्ष
यता रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिनादेबी गौतमले प्रअ भण्डारी आफूहरुसंगै अभियानमा रहेको स्विकार गरेकी छिन् । उनले अहिले आफूहरु अभियानकै क्रममा कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा रहेको स्पस्ट पारिन् ।
प्रधानाध्यपक भण्डारीले भने एउटै गाडीमा गएपनि मिसन भने फरक रहेको बताएका छन् । आफू शिक्षक संगठनका साथीहरुसंग पुर्तिघाटमा भेट भने गरेको बताउँदै अभियानमा नरहेको भन्दै पन्छिन खोजेका छन् ।

अभियानमै लाग्नु गलत : शिक्षा शाखा प्रमुख
रुरुक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले शिक्षकहरु यसरी सक्रिय राजनीति र अभियानमै लाग्नु गलत भएको बताएका छन् । यस बारेमा आफूले बुझेर अगाडि बढने उनको भनाई छ । अब बिद्यालयका शिक्षकहरुलाई बिद्यालयमा नगई खुलम खुल्ला राजनीतिमा हिडने छुट हुन्छ त भन्ने प्रश्नमा उनले यसरी हिडने छुट नभएको उल्लेख गरे ।


शिक्षा समन्वय इकार्य प्रमुख लोकनाथ मरासिनीले शिक्षकहरुलाई बिद्यालयमा पढाउनका लागि भन्दै नियुक्ति दिइएकाले राजनीति गर्ने छुट नभएको बताएका छन् । उनले शिक्षकले राजनीति गर्न नहुने समेत स्पस्ट पारेका छन् ।
यता जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले भने शिक्षकहरु पार्टीको मूल कार्यक्रममा जान भने नहुने बताएका छन् । उनले बास्तबिकता बुझेर अगाडि बढ्ने बताएका छन् ।

 

 

 

SHARE