Thursday, June 4, 2026

चैत ७ गतेका लागि बोलाइयो लुम्बिनी प्रदेश सभाको बैठक

0

चैत २,२०७९दाङ : लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ।

सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने तय भएको छ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ।

 

यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

0

चैत २,२०७९काठमाडौं : विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ।

लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो। ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो।

नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।

कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए। दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले। भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए।

विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइयो

0

चैत १,२०७९ गुल्मी :  विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि  मनाइएको छ ।

औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार, स्वच्छ उर्जा मार्फत उपभोक्ता सशसक्तिकरण  भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा दिवस मनाइएको हो ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको सभाहलमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले दैनिक उपभोग्य बस्तुको प्रयोग गर्ने उपभोक्ताहरु नै बढी सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

 

गुल्मी उद्योग संघका उपाध्यक्ष जनक पन्तले विश्व उपभोक्ता दिवस नारामा मात्रै सीमित हुन नहुनेमा जोड दिएका छन् । उनले बजारमा म्याद गएका सामानहरु विक्री भइरहेको अवस्थामा पनि सरोकारवाला निकायहरु मौन रहनु दुःखद भएको बताए ।


गुल्मी चेम्वर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले उपभोक्ताहरु बढीसचेत हुनुपर्ने र  सचेतनाका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।
महिला उद्यमीसंघ गुल्मीकी नेतृ निर्मला केशीले सबै नागरिकहरु सचेत रहनुपर्ने  भन्दै महिलाहरु बढी आत्म निर्भर बन्नका लागि सीपमूलक तालिमहरुको ब्यबस्था संगै उद्यमी बन्नुपर्नेमा जोड दिइन् ।
यता मानव अधिकार तथा शान्ती समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले उपभोक्ताहरुलाई सजग बनाउन आवश्यक रहेको भन्दै राज्यले पनि यसमा खासै चासो नदेखाएको टिप्पणी गरे ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले सम्बन्धित निकायले निरन्तर रुपमा बजार अनुगमन गर्नुपर्ने भन्दै सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।


घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले कार्यालयले बिद्यालय स्तरमा सचेतनाका कार्यक्रम र निरन्तर रुपमा बजार अनुगमन गर्दै आएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एंव रेसुंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामप्रसाद पन्थीले उपभोक्ताहरु बढी सचेत  हुनुपर्ने भन्दै स्थानीय सरकार सधै जनताको पक्षमा रहेको दाबी गरे ।

कार्यक्रममा  विभिन्न संघ सस्था लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यालय प्रमुख भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले गरेका थिए ।

तम्घासका मासु पसल मापदण्ड विपरीत संचालनमा , सुधार नगरे कारवाही गरेरै छाडने चेतावनी

0
तम्घासमा मासु पसल अनुगमन गर्दै गर्दाको तस्बिर : तिलाचन पाण्डे

फागुन ३०,२०७९ गुल्मी : तम्घासमा संचालनमा रहेका अधिकांश मासु पसल मापदण्ड विपरीत रहेको पाइएको छ ।

सोमबार र मंगलबार बिहान भेटिरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गरेको दुई दर्जन भन्दा बढी मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर विक्री गरेको , धेरै दिनको मासु सडेको अवस्थामा फेला परेको र ब्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए ।

मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल संचालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझाव मात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले बताउँदै आएका छन् ।

तम्घासमा रहेको रेसुंगा मिट सपमा धेरै दिन देखि फ्रिजमा कुहिएको अवस्थामा मासु फेला परेको र फ्रिज पनि बन्द अवस्थामा रहेको अनुगमना क्रममा पाइएको गिरीले बताए । यस्तै झिल्के दुग्ध डेरी तथा मासु पसल, साकुरा दुध डेरी र मामा भान्जा मासु पसलमा दुध र मासु नजिकै राखेर विक्री गरको पाइएको हो ।

मासु पसल अनगमनका क्रममा धेरै गल्तीहरु पाइए अब के गर्नुहुन्छ भन्ने प्रश्नमा विज्ञ केन्द्रका प्रमुख भरत काफलेले तत्कालै पत्र काटेर सुधारका लागि केही दिनको समय दिइने र दिइएको समयमा सुधार नभए जरिवाना र कानुन अनुसारको कारवाही गरेरै छाडने चेतावनी दिए ।

अनुगमनलाई निरन्तरता दिने र जनताको स्वास्थ्यमा असर गर्ने गरी काम गर्ने अधिकार कसैलाई नभएको भन्दै कारवाही गर्नका लागि अव पछि नहटने कार्यालयले जनाएको छ ।


अनुगमनमा उद्योग वाणिज्य संघ , घरेलु तथा साना उद्योग कार्यालय, रेसुंगा नगरपालिकाको पशु सेवा शाखा,जिल्ला प्रहरी कार्यालय , करदाता सेवा कार्यालय ,जिल्ला प्रशासन र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तम्घासमा मासु पसल अनुगमन गर्दै गर्दाको तस्बिरहरु

 

शीतलनिवासबाट बिदा भइन् भण्डारी

0

फागुन २९,२०७९काठमाडौं : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छिन्।

 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो। भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहारसहित बिदा गरे।

 

नवनिर्वाचति राष्ट्रपति पौडेल भण्डारीलाई गाडीसम्मै पुगेर बिदाइ गरेका थिए। भण्डारीले २०७२ मा संविधान जारी भएपछि लगातार दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी थिइन्। उनी शीतलनिवासबाट सोमबार नै निजी निवास सरेकी हुन्।

गुल्मीमा अखिल (क्रान्तिकारी) कि प्रभा पौडेल सर्वसम्मत सभापतिमा निर्वाचित

0

फागुन २८,२०७९ गुल्मीःस्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल -(क्रान्तिकारी) गुल्मीले विजय सुरुवात गरेको छ ।

जिल्लाको चन्द्रकोट बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) कि प्रभा पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएकी हुन ।

शनिबार मनोनयन दर्ता गर्दा सबै पदमा एकल उम्मेदवार परेपछि क्याम्पसमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध निर्वाचित भएको क्याम्पसले जनाएको छ ।

जसको उपसभापतिमा नेविसंघका श्रीराम गौतम ,सचीवमा अनेरास्ववियुका ज्योति विक,सह सचीवमा नेविसंघका रिता गौतम ,कोषाध्यक्षमा अनेरास्ववियुका दीक्षा पौडेल रहेकी छन् ।

त्यस्तै सदस्यमा बालकुमारी थापा क्षेत्री,संगिता विक,ज्ञानु शर्मा,सोनिया नेपाली ,माया पुन र सुस्मिता फौजदार रहेका छन ।

नेपाल शिक्षक संघ रामपुरको दोस्रो नगर अधिवेशन सकियो, अध्यक्षमा रेग्मी

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ फागुन : नेपाल शिक्षक संघ रामपुरको दोश्रो नगर अधिवेशन सकिएको छ । संघका नगर अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

संगठन शिक्षकको हकहितको लागि मात्रै नभई मुलुकको विकासमा महत्व भुमिका रहेको बताउनुहुदै नगर प्रमुख थापाले शिक्षासंग जोडिएका व्यक्तिलाई समाजले महत्वका रुपमा हेर्ने गरेको र सोही अनुसार शिक्षण कार्यमा तल्लीन भएर लाग्न सबै शिक्षकलाई आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीस्ठानका अध्यक्ष सन्दिप रानाले शैक्षिक कार्यशाला बेला बेलामा गर्नुपर्ने बताउनुहुदै शिक्षा लोकतन्त्रको आधार भएकाले जुनसुकै क्षेत्रमा लागेपनि गुरुहरुको मार्गदर्शनमा हिड्न सके सफलता प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले पदलाई मात्र नभई संगठन मजबुत बनाएर अगाडि बढ्ने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा पुर्व पाल्पा जिल्ला शिक्षा अधिकारी तथा रामपुर नगर शिक्षा सल्लाहकार टोपबहादुर श्रेष्ठ, नेपाल शिक्षक महासंघ पुर्व संघिय प्रतिनिधी महेन्द्रराज थापा, नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष टंकनाथ पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । संघका नगर उपाध्यक्ष डोलराज कंडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक संघ नगर सचिव डोलराज रेग्मीले गर्नुभएको हो ।

अधिवेशनले डोलराज रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा तारा भण्डारी, मनबहादुर नेपाली, सचिवमा दिपेन्द्र भट्टराई, अर्थसचिवमा गोविन्द लम्साल, सहसचिवमा धु्रव भण्डारी, सावित्रा खनाल, विनोद भट्टराई, समावेशीतर्फ सहसचिवमा बसन्ती श्रेष्ठ, सुष्मा रानालाई चयन हुनुभएको छ ।

सदस्यहरुमा तुलसी भण्डारी, तेजप्रसाद पोखरेल, विष्णुबहादुर अर्याल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार ढुङ्गाना, शम्भु अर्याल, तुलसी गौतम, मुना शाह, नागेन्द्र काफ्ले, टिकामाया थापा, मुक्तिनाथ पंगेनी, पिताम्बर पोख्रेल, प्रकाश भट्टराई, रवि भण्डारी, सुन्दर न्यौपाने, आनन्त पन्त र अब्दुल रहमान शेख रहनु भएको छ ।

 

रामपुरमा आधारशिला तालिम

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ फागुन : रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजना हेफर आधारशिला तालिम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस नेपाल) को सहजिकरणमा गाउँवेशी युवा उद्यमी रामपुर नगरपालिका वडा नं ४ को समुहलाई तालिम दिइएको हो । तीन दिनसम्म चलेको तालिम समापन गाउवेशी युवा उद्यमी समाजका अध्यक्ष प्रेमबहादुर मल्लको अध्यक्षतामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर ४ का वडा सदस्य कमला रुचालले विभिन्न व्यावसाय गरेर उद्यमी बन्न चाहनेलाई नगर तथा वडाबाट सहयोगका कार्यक्रम रहने बताउनुहुदै उद्यमी बनेर आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । समापन कार्यक्रममा सहजकर्ता रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका संयोजक सन्जु परियारले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

तिनदिन सम्म चलेको तालिमको अनुभव सहभागी विनोद श्रेष्ठले जानकारी गराउनुभएको छ । तालिममा २२ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियार, प्राबिधिक संयोजक क्षितिज बिक्रम खाण, सामुदायिक सहजकर्ता केशबहादुर थापाले गर्नुभएको हो ।

तालिममा नेता, नेतृत्व, स्व नेतृत्व, प्रवृत्ति र व्यवहार, सकारात्मक सोचाई लगायतका हेफरका १२ वटा आधारशिलाका बारेमा ज्ञान सीप सिकाईएको छ । प्रत्येक महिनाको २० गते मासिक बैठक बसेर एकापसमा ज्ञान सीप आदानप्रदान गर्ने, प्राबिधिक ज्ञान सिकाउने, पशु तथा कृषि व्यावसाय सम्बन्धि जानकारी गराउने समुहले जनाएको छ । यो परियोजनाबाट रामपुर नगरपालिका भित्र४१ वटा स्वावलम्वन महिला समुह र सातवटा युवा उद्यमी समूह गठन गरेर मासिक बैठक बसेर छलफल गर्ने र प्राबिधिक सहयोग गर्ने जनाइएको छ । बाँकी रहेको रामपुर वडा नं १,६ र १० वडामा युवा उद्यमी समूह गठन गरिनेछ ।

 

माओवादीका नेतालाई मुद्दा हाल्नु शान्ति सम्झौताविपरीत : अग्नि सापकोटा

0

फागुन २७,२०७९काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौतामा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोहीअनुरूप हुनुपर्ने बताए। उनले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताए।

उनले भने, ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ। त्यहाँ स्पष्ट भनिएको छ, यि विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ। गठन भएको छ। त्यसले काम पनि शुरुवात गरिरहेको छ। फेरि यो कुरापनि त्यत्तिकै स्पष्ट छ कि २०६३ सालको अन्तरिम संविधानले जे व्यवस्था गरेको थियो अहिलेको संविधानको धारा ३०४ को उपधारा २ मा के भनिएको छ भने अन्तरिम संविधानमा व्यवस्था भएका कुराहरु यही संविधानअनुसार भए बमोजिम हुनेछ भन्ने त्यति स्पष्ट छ कि फेरि त्यसदेखि बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालिन न्यायको पद्धति, प्रक्रिया विपरित जाँदाखेरी यसले शान्ति प्रक्रियालाई असर पु¥याउँछ।

 

शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पु¥याउन सहयोग पुग्दैन। परिवर्तनमा नेपाल आमाका छोराछोरीहरुले ठूलो कुर्वानी गरेका छन्। यो परिवर्तनलाई असर पर्नेखालका गतिविधिहरु हुनु हुँदैन। विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार नै अगाडि बढ्नुपर्छ।ु

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए।

उनले विस्तृत शान्ति सम्झौताको गम्भीरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिए।

भुपु सैनिक स्कुलमा वडाध्यक्षसंग परिचयात्मक कार्यक्रम

0

सुशीला रेग्मी
फागुन २७,२०७९ पाल्पाः भुपु सैनिक राईजिङ बोर्डिङ स्कुल रामपुर पाल्पाले वडाध्यक्ष संग परिचयात्मक कार्यक्रम गरेको छ ।

 

रामपुर नगरपालिकाका दशवटै वडाध्यक्षसंग परिचयात्मक कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल काफ्ले रहनुभएको हो । उहाले यश विद्यालयले सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक शिक्षामा जोड दिएको बताउनुहुदैआधुनिकतासंग आफ्नो संस्कृति मौलिकतालाई बिर्सन नहुने बताउनुभएको छ ।

 

संस्थागत रूपमा संचालन भएको यश विद्यालयले छुट्टै छवि बनाउन सफल भएको र अतिरिक्त क्रियाकलापमा नया कार्य गर्ने विद्यालयमध्ये यश विद्यालय अग्रपंक्तिमा आउने बताउनुहुदै शैक्षिक प्रगतीको शुभकामना दिनुभएको छ । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष तथा विद्यालयका पुर्व प्रीन्सीपलकपिलबहादुर खाणले यश विद्यालयले अहिलेसम्म आईपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मारेको बताउनुभएको छ ।

 

उहाले वडाध्यक्षको विद्यार्थीको विचमा परिचयात्मक कार्यक्रम गर्ने यश विद्यालय पहिलो रहेको बताउनुहुदै नगरपालिकाले शिक्षा क्षेत्रमा जति गर्नुपर्ने हो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । रामपुरमै कार्यक्रममा रामपुर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जि, ३ का वडाध्यक्ष दामोदर पाठक, ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, ६ का वडाध्यक्ष दिवाकर देवकोटा,७ का वडाध्यक्ष दोवराज तिवारी, ८ का वडाध्यक्ष दिनेशकुमार खनाल, कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा सदस्य माया नेपाली लगायतले बोल्दै शैक्षिक क्षेत्रमा यस विद्यालयले धेरै राम्रा काम गरेको बताउनुभएको छ । कार्यक्रमको संचालन शिक्षक हरिप्रसाद भट्टराईले गर्नुभएको हो ।

प्रीन्सीपल गोपि सिग्देल, विद्यार्थी मनिसा नेपाली र विद्यार्थीले मार्सपास गरि स्वागत गरिएको कार्यक्रममा नगरभित्रका शैक्षिक गतिविधि सम्बन्धमा सहभागी वडाध्यक्षले जानकारी गराउनुभएको छ ।