चैत ७ गतेका लागि बोलाइयो लुम्बिनी प्रदेश सभाको बैठक

0
120

चैत २,२०७९दाङ : लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ।

सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने तय भएको छ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ।

 

SHARE