Thursday, June 4, 2026

२०७६ भाद्र १९ बिहिवारको राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न सक्छ । व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सर्पले टोकेर बालिकाको मृत्यु

0

दाङ।घोराही उपमहानगरपालिका १ सिमलताराकी सात वर्षीया गोमा वलीको सर्पले टोकेर मृत्यु भएको छ । बुधबार राति सुतिरहेका बेला घरमै सर्पले टोकेपछि गम्भीर बनेकी वलीको उपचारका क्रममा बिहीबार बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए।

दशैंको अग्रिम टिकट बुकिङ भदौ २५ गतेबाट नखुल्ने

0

काठमाडौं । सरकारको प्रस्तावअनुसार भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभागले व्यवसायीसँग गरेको छलफलमा विभिन्न पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खोल्ने योजनामा विभाग थियो । तर, व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नसकिने बताएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार अर्को साता बुकिङ खोल्नेबारे पुनः व्यवसायीसँग छलफल हुनेछ । ‘हाल कुन रुटमा कति बस सञ्चालनमा छन्, दशैंका लागि कति थप बस अन्य क्षेत्रबाट ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा आवश्यक तयारी र अध्ययन गरेर फेरि छलफलमा बस्छौं,’ हमालले भने । उनले भाडा समायोजनमा विषयमा व्यवसायीसँग दशैं(तिहार )अघि छलफल नै हुन नसक्ने बताए ।

२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ । डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरे पनि ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका हुन् ।अनलाइनखबर

नगरपालिकाको कार्यलयमा काग्रेसद्धारा तालाबन्दी

0

 

 

 

 

तिलाचन पाण्डे
भदौ १८ , २०७६ गुल्मी ः
रेसुंगा नगरपालिका गुल्मकिो प्रमुख डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा काग्रेसका जनप्रतिनिधिहरुले ताला लगाइदिएका छन् ।
सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यापक नियुक्तिको बिषयमा बिधालय ब्यबस्थापन समितिको निर्णयलाई नगरपालिकाले खारेज गरिदिएको भन्दै उनीहरुले तालाबन्दी गरिदिएको बताएका छन् । बिधालय ब्यबस्थापन समितिले गरेको निर्णयलाई नगरपालिकाको कार्यपालिकाको बैठक नबसी मेयर र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी निर्णय गरि ब्यबस्थापन समितिको निर्णयलाई खारेज गरिदिएको वडा नं १ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले आरोप लगाएका छन् ।
गत साउन ९ गते महेन्द्र माध्यमिक बिधालयमा ततकालिन प्रधानाध्यपक केशर बहादुर थापा बिदामा भएको समयमा बिधालय ब्यबस्थापन समितिको बैठक बसी युवराज ज्ञवालीलाई प्रधानाध्यपकमा नियुक्ति दिएको थियो । त्यस लगत्तै रेसुंगा नगरपालिका गुल्मीमा उजुरी परेपश्चात नगरपालिकाले बिधालय ब्यबस्थापन समितिको निर्णयलाई खारेज गरी केशर बहादुर थापालाई नै प्रधानाध्यपकको कामकाज गर्न भनी पत्र दिएको थियो ।
नमुना बिधालयको प्रधानाध्यपक नियुक्ति गर्दा दुबै जनाले ७० प्रतिशत अकं प्राप्त गर्नुपर्ने प्रावधान रहेकोमा दुबै जनाको ७० प्रतिशत अकं नल्याएको र दुबै जना मध्ये युवराज ज्ञवालीको धेरै नंम्बर ल्याएकाले नियुक्ति गरिएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुरामणी पन्थीले दाबी गरे ।
यसरी बिधालयमा २ जना प्रधानाध्यपक भएपछि एक अर्कामा आरोप प्रत्यारोप लाग्ने गरेको पाइएको छ ।

नगरपालिकाको प्रअ होस भन्दै छुटटै कोठामा बस्न भन्छन् ः केशर थापा

नगरपालिकाले केशर बहादुर थापालाई प्रधानाध्यपक रुपमा काम काज गर्नु भनेर पत्र दिएपछि अन्य शिक्षकहरु अर्थात काग्रेस निकटका शिक्षकहरुले नगरपालिकाको प्रधानाध्यपक होस भन्दै छुट्टै कोठामा बस्न भन्ने गरेको केशर बहादुर थापाले दुखेसो गरे । मलाई अहिले दुःख लाग्छ १२ बर्ष जति प्रधानाध्यपक काम गरे तर अहिले यसरी अपमानित हुन पर्दा दुःख लागेको बताएका छन् ।

 

ताला लगाउदैमा समस्याको समाधान हुदैनः प्रशासकिय अधिकृत

यता आफनो कार्यकक्षमा ताला लगाएपछि रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले ताला लगाएर समस्याको समाधान नहुने बताएका छन् । उनका अनुसार कार्यकक्षमा तालालगाउनु दुःखद बिषय भएको भन्दै ताला लगाउदैमा समस्याको समाधान नहुने भन्दै यस बिषयलाई बार्ता र छलफलको माध्यमबाट सुल्झाउने प्रयास गर्नुपर्नेमा ताला लगाएर काग्रेस निकट जनप्रतिनिधिहरुले उग्र रुप देखाएको बताए ।
यता काग्रेस सभापति भुबन प्रसाद श्रेष्ठले बिधालयमा युवराज ज्ञवालीलाई प्रधानाध्यपक नियुक्तिको बिषय नियम संगत भएको भन्दै नगरपालिकाले अनावश्यक रुपमा बिबाद निकालेको आरोप लगाए । उनले बिधालय ब्यबस्थापन समितको निर्णय अनुसारनै ज्ञवालीलाई प्रअमा नियुक्ति गरिएको दाबी गरे ।

 

बिधालयमा राजनीति नगर्न नेकपाको आग्रह
नेपाली काग्रेस गुल्मीलाई नेकपा गुल्मीले बिधालयमा राजनीति नगर्न आग्रह आग्रह गरेको छ ।
बिधालय जस्तो शान्ती क्षेत्रमा नेपाली काग्रेसले राजनीति गरेको भन्दै बिधालयमा राजनीति नर्गन नेकपाका नेता हिरा एसीले आग्रह गरेका छन् । एसीले केशर बहादुर थापा बिदामा रहेको बेलामा र आमा बिरामी परी उपचारको क्रममा गएको समय पारी थापालाई हुत्याउनै पर्ने अबस्था नरहेको सन्र्दभमा यसरी बिधालयमा राजनीति गर्नु पर्ने अबस्था नरहेको बताए ।
उनले बिधालय ब्यबस्थापन समितिको निर्णय गर्दा बहुमत हुनुपर्ने प्रबधान रहे पनि ९ जना समितिको बैठकमा ५ जनाको बैठकले निर्णय गरेको र त्यसमा पनि एक जना स्वयम शिक्षक युवराज ज्ञवाली पनि रहेकाले नियम संगत नभएको बताए । चित्त नबुझे कानुनी उपचारहरु हुँदा हुँदै पनि काग्रेसले ताला नै लगाउनुपर्ने अबस्था नभएकाले कानुनी उपचारलाई नहेरी यसरी ताला लगाउनु गलत भएको बताए ।

गौहत्याको बिरोधमा गुल्मीमा प्रर्दशन

0

 

 

 

 

 

तिलाचन पाण्डे
भदौ १८ , २०७६ गुल्मी ः
गौ हत्याको बिरोधमा गुल्मीमा प्रर्दशन भएको छ । दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर गाइहरु मारेको बिरोधमा बुधवार बिश्व हिन्दु महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको हो ।
बाँके र नेपालगन्ज लगिएका गाईहरु दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर दर्जनौं गाईहरु मारिएको भन्दै जिल्ला सदरमुकाम तम्घासमा निकालिएको प्रर्दशनमा गौ हत्याका हत्यारालाई कारवाही गर , गौ हाम्रा माता हुन भन्ने प्ले कार्डहरु सहित बजार परिक्रमा गरेका थिए ।

गौ हत्या गर्ने अपराधीलाई सरकारले अविलम्ब कठोर कारवाही गर्न माग गरेका छन् । सुनियोजित रुपमा गौंहत्या भएको भन्दै जनताको अस्था र धर्ममाथी प्रहार भएको भन्दै बिश्व हिन्दु् महासंघ गुल्मीले प्रर्दशन गरेको अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । गौ हत्या गर्ने अपराधारीहरुलाई पत्ता लगाई हदै सम्मको कारवाही गर्न माग समेत गरेको छ । प्रर्दशन पश्चात गौंहत्यारालाई कारावाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र समेत पठाइएका छन् । हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुज्ने गरिन्छ ।
गाईसँगै पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गौ मुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । ज्ञापन पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले ज्ञापन पत्रलाई जस्ताको तस्तै आजै सम्बन्धित ठाउँमा पठाउने बताए ।

 

वामदेव गौतम सिंगापुर जाँदै

0

भदौ १८, २०७६ काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम आज सिंगापुर जाने भएका छन्। सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न जान गौतम लागेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। गौतम आज दिउँसो १ बजे सिंगापुर जाने रिजालले जानकारी दिए। यसअघि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गइसकेका छन्। नेता गौतम पनि हिजै जाने तयारी थियो। अन्तिम समयमा उनले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए। तर प्रधानमन्त्री ओलीले नै बोलाएपछि उनी सिंगापुर जान लागेको बताइएको छ।

बढयो सुनको भाउ, तोलाको ७३ हजार ५ सयमा कारोबार

0

भदौ १८, २०७६ काठमाडौः सुनको भाउ बुधबार फेरि बढेको छ। प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहको छ। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलबार सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो। सुनको मूल्य बुधबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ।

प्रदेश ५ सरकारका ८ निर्णय

0

बुटवल, १७ भदौ ।

प्रदेश ५ का विभिन्न ११ अस्पतालका लागि विकास समिति गठन गर्ने बाटो खुलेको छ । सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषद बैठकले ती अस्पतालमा अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेपछि यसको बाटो खुलेको हो ।

यो निर्णय प्रदेश ५ का १२ जिल्लामध्ये पाल्पामा सदरमुकाम तानसेन र रामपुरमा गरी दुई वटा र बाँके तथा दाङबाहेकका सबै जिल्लामा रहेका जिल्लास्तरीय अस्पतालमा लागू हुनेछ ।

यसैगरी बैठकले प्रदेश निजामति सेवाको गठन, संचालन व्यवस्था गर्न बन्ने विद्येयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृत दिएको छ । मुख्यन्यायाधिवक्ताको पारिश्रमिक वृद्धि गर्ने र प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक तथा सेवा सुविधाका विषयमा निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता भौतिक विकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

सोमबारको बैठकले प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र वडा नं ५ ठूलावेशीबाट परिवर्तन गरी वडा नं ४ को पूजा लिवासेंमा राख्ने सिफारिस केन्द्र सरकारमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेश पदक सिफारिस समितिमा बुटवलका नेत्र पन्थी र दाङका मेनका पोखरेल र पट्टु थारुलाई राख्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए । ७ सदस्यीय सो समितिमा ४ जना पदेन रहने प्रावधान रहेको छ ।

वडा अध्यक्षको मोटरसाइकमा आगजनी

0


भदौ १७ , २०७६ गुल्मी ः अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको मोटरसाइकल लु १ ब १६८८ नम्बरको अज्ञात समुहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश बिष्टले बताए ।
वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समुहले आगजनी गरेको बिष्टले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ ।
मोटरसाइकलमा आगजनी भएपछि मंगलवार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) बिष्टले बताए । छत्रदेव गाउँपालिका वडा नम्बर ७ गुल्मीसँग जोडिएको वडा पर्दछ ।

लागुऔषध सम्बन्धी जनचेतना कार्यक्रम लिएर गाउँमा प्रहरी

0

 

 


अनिल खत्री
भदौ १५ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले जिल्लाको ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रम शुरु गरेको छ । समाज लागु औषधको प्रयोगबाट बढदो अपराध र बिकृतिलाई नियन्त्रण गर्न भन्दै जिल्ला सदरमुकाम बाहिर पनि कार्यक्रम शुरु गरेको हो ।
प्रहरीले जिल्ला गुल्मी धुर्कोट गाँउपालिका वडा नम्बर–३ हाडहाडे स्थित निन्यूखर्क माबिमा लागुऔषध सम्बन्धि गाँउ गाँउमा ¥र्यारली सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सचेतनामुलक कार्यक्रमकोलागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार रावल सहितको टोली खटिएका थिए ।
प्रहरी निरीक्षक रावलले बिद्यालयमा बिद्यार्थीहरुलाई भेला गराई लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम गरेका थिए । बिद्यार्थीलाई लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो ।
नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । सामाजिक संस्कार बिगार्ने, अपराध बढ्ने, दक्ष जनशक्ति कुलतमा फस्ने, अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्धारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बिद्यार्थीलाई जानकारी गराइएको थियो ।
लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । स्कुल कार्यक्रमबाट बिद्यार्थीहरु लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दीपककुमार बस्नेतले बताए ।

 


युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुलहरुमा जनचेतना मुलम कार्यक्रम चलाइएको प्रहरी उपरीक्षक बस्नेतको भनाई छ ।