लागुऔषध सम्बन्धी जनचेतना कार्यक्रम लिएर गाउँमा प्रहरी

0
705

 

 


अनिल खत्री
भदौ १५ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले जिल्लाको ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रम शुरु गरेको छ । समाज लागु औषधको प्रयोगबाट बढदो अपराध र बिकृतिलाई नियन्त्रण गर्न भन्दै जिल्ला सदरमुकाम बाहिर पनि कार्यक्रम शुरु गरेको हो ।
प्रहरीले जिल्ला गुल्मी धुर्कोट गाँउपालिका वडा नम्बर–३ हाडहाडे स्थित निन्यूखर्क माबिमा लागुऔषध सम्बन्धि गाँउ गाँउमा ¥र्यारली सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सचेतनामुलक कार्यक्रमकोलागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार रावल सहितको टोली खटिएका थिए ।
प्रहरी निरीक्षक रावलले बिद्यालयमा बिद्यार्थीहरुलाई भेला गराई लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम गरेका थिए । बिद्यार्थीलाई लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो ।
नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । सामाजिक संस्कार बिगार्ने, अपराध बढ्ने, दक्ष जनशक्ति कुलतमा फस्ने, अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्धारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बिद्यार्थीलाई जानकारी गराइएको थियो ।
लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । स्कुल कार्यक्रमबाट बिद्यार्थीहरु लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दीपककुमार बस्नेतले बताए ।

 


युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुलहरुमा जनचेतना मुलम कार्यक्रम चलाइएको प्रहरी उपरीक्षक बस्नेतको भनाई छ ।

SHARE