



तिलाचन पाण्डे
भदौ १८ , २०७६ गुल्मी ः
गौ हत्याको बिरोधमा गुल्मीमा प्रर्दशन भएको छ । दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर गाइहरु मारेको बिरोधमा बुधवार बिश्व हिन्दु महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको हो ।
बाँके र नेपालगन्ज लगिएका गाईहरु दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर दर्जनौं गाईहरु मारिएको भन्दै जिल्ला सदरमुकाम तम्घासमा निकालिएको प्रर्दशनमा गौ हत्याका हत्यारालाई कारवाही गर , गौ हाम्रा माता हुन भन्ने प्ले कार्डहरु सहित बजार परिक्रमा गरेका थिए ।
गौ हत्या गर्ने अपराधीलाई सरकारले अविलम्ब कठोर कारवाही गर्न माग गरेका छन् । सुनियोजित रुपमा गौंहत्या भएको भन्दै जनताको अस्था र धर्ममाथी प्रहार भएको भन्दै बिश्व हिन्दु् महासंघ गुल्मीले प्रर्दशन गरेको अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । गौ हत्या गर्ने अपराधारीहरुलाई पत्ता लगाई हदै सम्मको कारवाही गर्न माग समेत गरेको छ । प्रर्दशन पश्चात गौंहत्यारालाई कारावाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र समेत पठाइएका छन् । हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुज्ने गरिन्छ ।
गाईसँगै पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गौ मुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । ज्ञापन पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले ज्ञापन पत्रलाई जस्ताको तस्तै आजै सम्बन्धित ठाउँमा पठाउने बताए ।