नगरपालिकाको कार्यलयमा काग्रेसद्धारा तालाबन्दी

0
440

 

 

 

 

तिलाचन पाण्डे
भदौ १८ , २०७६ गुल्मी ः
रेसुंगा नगरपालिका गुल्मकिो प्रमुख डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा काग्रेसका जनप्रतिनिधिहरुले ताला लगाइदिएका छन् ।
सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यापक नियुक्तिको बिषयमा बिधालय ब्यबस्थापन समितिको निर्णयलाई नगरपालिकाले खारेज गरिदिएको भन्दै उनीहरुले तालाबन्दी गरिदिएको बताएका छन् । बिधालय ब्यबस्थापन समितिले गरेको निर्णयलाई नगरपालिकाको कार्यपालिकाको बैठक नबसी मेयर र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी निर्णय गरि ब्यबस्थापन समितिको निर्णयलाई खारेज गरिदिएको वडा नं १ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले आरोप लगाएका छन् ।
गत साउन ९ गते महेन्द्र माध्यमिक बिधालयमा ततकालिन प्रधानाध्यपक केशर बहादुर थापा बिदामा भएको समयमा बिधालय ब्यबस्थापन समितिको बैठक बसी युवराज ज्ञवालीलाई प्रधानाध्यपकमा नियुक्ति दिएको थियो । त्यस लगत्तै रेसुंगा नगरपालिका गुल्मीमा उजुरी परेपश्चात नगरपालिकाले बिधालय ब्यबस्थापन समितिको निर्णयलाई खारेज गरी केशर बहादुर थापालाई नै प्रधानाध्यपकको कामकाज गर्न भनी पत्र दिएको थियो ।
नमुना बिधालयको प्रधानाध्यपक नियुक्ति गर्दा दुबै जनाले ७० प्रतिशत अकं प्राप्त गर्नुपर्ने प्रावधान रहेकोमा दुबै जनाको ७० प्रतिशत अकं नल्याएको र दुबै जना मध्ये युवराज ज्ञवालीको धेरै नंम्बर ल्याएकाले नियुक्ति गरिएको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुरामणी पन्थीले दाबी गरे ।
यसरी बिधालयमा २ जना प्रधानाध्यपक भएपछि एक अर्कामा आरोप प्रत्यारोप लाग्ने गरेको पाइएको छ ।

नगरपालिकाको प्रअ होस भन्दै छुटटै कोठामा बस्न भन्छन् ः केशर थापा

नगरपालिकाले केशर बहादुर थापालाई प्रधानाध्यपक रुपमा काम काज गर्नु भनेर पत्र दिएपछि अन्य शिक्षकहरु अर्थात काग्रेस निकटका शिक्षकहरुले नगरपालिकाको प्रधानाध्यपक होस भन्दै छुट्टै कोठामा बस्न भन्ने गरेको केशर बहादुर थापाले दुखेसो गरे । मलाई अहिले दुःख लाग्छ १२ बर्ष जति प्रधानाध्यपक काम गरे तर अहिले यसरी अपमानित हुन पर्दा दुःख लागेको बताएका छन् ।

 

ताला लगाउदैमा समस्याको समाधान हुदैनः प्रशासकिय अधिकृत

यता आफनो कार्यकक्षमा ताला लगाएपछि रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले ताला लगाएर समस्याको समाधान नहुने बताएका छन् । उनका अनुसार कार्यकक्षमा तालालगाउनु दुःखद बिषय भएको भन्दै ताला लगाउदैमा समस्याको समाधान नहुने भन्दै यस बिषयलाई बार्ता र छलफलको माध्यमबाट सुल्झाउने प्रयास गर्नुपर्नेमा ताला लगाएर काग्रेस निकट जनप्रतिनिधिहरुले उग्र रुप देखाएको बताए ।
यता काग्रेस सभापति भुबन प्रसाद श्रेष्ठले बिधालयमा युवराज ज्ञवालीलाई प्रधानाध्यपक नियुक्तिको बिषय नियम संगत भएको भन्दै नगरपालिकाले अनावश्यक रुपमा बिबाद निकालेको आरोप लगाए । उनले बिधालय ब्यबस्थापन समितको निर्णय अनुसारनै ज्ञवालीलाई प्रअमा नियुक्ति गरिएको दाबी गरे ।

 

बिधालयमा राजनीति नगर्न नेकपाको आग्रह
नेपाली काग्रेस गुल्मीलाई नेकपा गुल्मीले बिधालयमा राजनीति नगर्न आग्रह आग्रह गरेको छ ।
बिधालय जस्तो शान्ती क्षेत्रमा नेपाली काग्रेसले राजनीति गरेको भन्दै बिधालयमा राजनीति नर्गन नेकपाका नेता हिरा एसीले आग्रह गरेका छन् । एसीले केशर बहादुर थापा बिदामा रहेको बेलामा र आमा बिरामी परी उपचारको क्रममा गएको समय पारी थापालाई हुत्याउनै पर्ने अबस्था नरहेको सन्र्दभमा यसरी बिधालयमा राजनीति गर्नु पर्ने अबस्था नरहेको बताए ।
उनले बिधालय ब्यबस्थापन समितिको निर्णय गर्दा बहुमत हुनुपर्ने प्रबधान रहे पनि ९ जना समितिको बैठकमा ५ जनाको बैठकले निर्णय गरेको र त्यसमा पनि एक जना स्वयम शिक्षक युवराज ज्ञवाली पनि रहेकाले नियम संगत नभएको बताए । चित्त नबुझे कानुनी उपचारहरु हुँदा हुँदै पनि काग्रेसले ताला नै लगाउनुपर्ने अबस्था नभएकाले कानुनी उपचारलाई नहेरी यसरी ताला लगाउनु गलत भएको बताए ।

SHARE