Thursday, June 4, 2026

गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रुरुधाम रिडीमा शुरु भएको महायज्ञ जारी !

0

गुल्मी २०७६ भाद्र ३०  

चारधामध्यकै एक धाम मानिने गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रुरुधाम रिडीमा शुरु भएको महायज्ञ जारी रहेको छ । गुल्मी, पाल्पा र स्याङजाको संगमस्थलमा पर्ने रुरुक्षेत्रधामको पहिचानलाई विश्वसामु पु–र्याउने तथा त्यस क्षेत्रको विकासका लागि नेपालमै पहिलोपटक ऐतिहासिक महायज्ञ सञ्चालन भएको हो ।  ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय लीलामय श्रीमदभागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ–२०७६ यहि भाद्र २८ गते नेपाल सरकारका परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र नं –१ का सांसद प्रदिप ज्ञवालीले उदघाटन गर्नुभएको थियो ।

महायज्ञ सञ्चालन भएसँगै त्यस क्षेत्र अहिले महायज्ञमय भएको छ र हजारौँ श्रद्धालुको आवतजावत तथा आगमनले रुरु क्षेत्र निकै उल्लासमय भएको छ ।
महायज्ञको प्रमुख वाचक विश्वविख्यात श्रीमदभागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज श्री रहनुभएको छ ।  हजारौँ भक्तजन तथा दैनिकजसो देशका प्रमुख बिशिष्ट व्यक्तित्वहरुको सहभागीतामा महायज्ञ सञ्चालन भईरहेको छ ।

महायज्ञका संयोजक गुरुप्रसाद ज्ञवाली भन्नुहुन्छ ‘‘रुरुधामले अब मुहार फेर्दै छ ’’

महायज्ञको तेश्रो दिन आज पनि हजारौँ भक्तजनहरुको सहभागीता रहेको थियो । महायज्ञका संयोजक गुरु प्रसाद ज्ञवालीले महायज्ञ निकै उत्साहपूर्ण रुपमा सञ्चालन भईरहेको बताउनुभएको छ ।

असोज १७ गते सम्म चल्ने महायज्ञको सोमबार तेश्रो दिनसम्म आई पुग्दा दानवीरहरले खुलेरै सहयोग प्रदान गरेका छन् । ज्ञवालीका अनुसार तेश्रो दिनसम्म आई पुग्दा करिब १७ लाख भन्दा बढी आर्थिक सङकलन भएको बताउनुभयो ।

महायज्ञको व्यवस्थापन र भारतको वनारसबाट पण्डितहरु आएर दैनिक पूजाँ भईरहेको छ । बिशेष महत्व बोकेको रुरुधामलाई  महायज्ञले विश्वसामु परिचित बनाउनेमा आफूहरु ढुक्क रहेको संयोजक ज्ञवालीको विश्वास छ ।

यतिबेला सबै मिलेर महायज्ञलाई सफल बनाउने समय भएकाले महायज्ञलाई सहयोगका लागि पनि आग्रह गर्नुभयो । स्थानीयहरुको पनि उत्साहपूर्ण सहयोग र सहभागीता रहेको बताउँदै उहाँले रुरु क्षेत्रको विकास हुन सके जिल्लाले नै मुहार फेर्नेमा कुनै शङ्का नरहेको बताउनुभयो  ।

महायज्ञ अवधिभर २१ करोड दिपप्रज्वलन,एक करोड पार्थिव शिवलिङ्ग पुजन 

महायज्ञ अवधिभर २१ करोड दिपप्रज्वलन, एक करोड पार्थिव शिवलिङ्ग पुजन, ५१ हजार व्यक्तिहरुको तुलादान, लगायतका कार्यक्रमहरु गरीने छ ।  ‘कुनै पनि शुभकर्म गर्नका लागि संसारको तिर्थ भुमिका रुपमा रुरुक्षेत्रलाई लिइन्छ ।’

यसको व्यवस्थापन र भौतिक संरचनाको अत्यन्तै अभाव र कमी भएको हुनाले यसको विकासका लागि महायज्ञ कोशेढुङ्गा सावित हुने महायज्ञका मूल सङकल्पकर्ता बाल  योगेश्वर महाराज श्रीले बताउनुभयो ।

‘अन्य तिनवटा धामहरु मुक्तिक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्रमा हजारौँ यात्रुहरुको भिड लाग्छ । तर रुरुक्षेत्रधाममा भने सुनसान सन्नाटा छाए जस्तो हुन्छ ।’ त्यस क्षेत्रलाई आध्यात्मिक केन्द्रको रुपमा विकास गरी लाखौ पर्यटकहरुलाई भित्र्याउन महायज्ञले ठु्लो सहयोग पु¥याउने महाराज श्रीले  उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘प्रयाग,कुरुक्षेत्र जस्ता तिर्थस्थलहरुमा सयौँ पटक स्नान गरेर प्राप्त हुने पुण्य कालिगण्डकी क्षेत्रमा एकपटक स्नान गरे प्राप्त हुन्छ,भनेर विभिन्न धार्मिक शास्त्र हरुमा पाइन्छ ।’ यो पवित्र स्थलको संरक्षण तथा विकासका लागि महायज्ञको आयोजना गरिएको  महाराज श्रीले बताउनुभयो ।

महायज्ञमा पुग्ने भक्तजनलाई निःशुल्क बस सेवा 

ऐतिहासिक महायज्ञमा पुग्नका लागि महायज्ञ मूल अयोजक समितिले विभिन्न स्थानबाट बस सेवाको व्यवस्था समेत मिलाएको छ ।
जसअनुसार खज्र्याङ्ग, चोरकाटे, तम्घास, रानीबास थोर्गा हुँदै रिडीका लागि बिहान ९ः०० बजे निःशुल्क बससेवा उपलब्ध गराएको छ । यस्तै छिमेकी जिल्ला पाल्पाबाट पनि बिहान ९ः०० बजे बस छुट्छ ।

 

भाडा घटेसी च्याँखी थाप्दै व्यावसायीे विकल्प खोज्दै प्रशासन

0
????????????????????????????????????

टोपलाल अर्याल,गुल्मी भदौ ३०।
गुल्मीमा नयाँ भाडादर कार्यान्वयनमा व्यावसायीले च्याँखी थाप्दै आएका छन् । गत १० भदौबाट नयाँ भाडा कार्यान्वयन हुनुपर्ने । ५ भदौमा व्यावसायीहरुलेनै गरेको सहमति कार्यान्वयन भएन ।
२५ भदौमा पुन सर्वपक्षिय बैठक बसेर २६ भदौबाट भाडा कार्यान्वयनको सहमति जिल्ला प्रशासन कार्यालयमा भएको हो । गुल्मी यातयात भाडा कार्यान्वयनको विपक्षमा देखिएको छ । सो यातयातका जीप तथा बस आइतबार धुर्कोट, मदाने, इस्मा र मुसिकोट लगायतका स्थानमा छुटेनन् ।

चालकको गुनासो :भाडासंगै तलब घट्यो

आइतबार गुल्मी यातयातका चालकले पश्चिम जाने गाडी रोके । कारण भाडादर घटेसंगै गाडी मालिकले उनीहरुको तलव पनि घटाइदिए । न्यून तलबमा काम गर्न नसकिने भन्दै चालकले गाडी चलाएनन् । समायोजन पहिले तम्घास–अग्लुङ्गको जीपको भाडा छ सय ६५ हो । अहिले चार सय १५ भएको छ । तलव घटेर गुजरामा समस्या आएकाले गाडी नचलाएको चालक लेक कुमार नगरकोटीले बताए ।

‘एकाएक भाडा घटेसी गाडीको पर्ता आएन मालिकले तलव घटाए,’उनले भने,‘आधा पैसामा गाडी चलाएर कसरी ज्यान पाल्ने ? त्यसैले रोकेका हौ ।’ अरुण जिसीले तम्घास–हाडहाडे जीप चलाउँछन् । पहिले मासिक १८ हजार पाएकोमा अहिले मालिकले आठ हजार दिने भनेपछि गाडी नचलाएको गुनासो गरे । सवारी धनी मिन बहादुर कुँवरले प्रशासनले आफुहरु मर्कामा पर्नेगरी भाडा समायोजन गरेको आरोप लगाए । चालक र मर्मत खर्च तथा पाठपुर्जाको मुल्य दिनप्रतिदिन बढ्दै गएकाले समायोजन गरिएको भाडाले व्यावसाय नचल्ने उनको तर्क छ ।

रोकेका छैनौ, चालकले चलाएनन् : समिति

गुल्मी यातायात प्रालीका महासचिव हिमाल कुँवरले समायोजन भएको भाडा कार्यान्वयन गर्न निर्देशन दिएको बताए । समितिले निर्देशन गरेपनि सवारी धनीले अटेर गरी सवारी ठप्प पारेको कुवंरले बताए । उनले समितिले यातयात क्षेत्रलाई व्यवस्थित रुपले संचालन गर्ने भएकाले कसैलाई कारवाही गर्ने अधिकार आफुहरुसंग नभएको गैरजिम्मेवार भनाई व्यक्त गरे । रातो नम्बर प्लेटका जीपले मनपरी यात्रु बोकेपनि त्यसको भने कतैबाट अनुगमन नभएको आरोप व्यावसायीको छ । उनीहरुले अहिलेकै भाडादर कायम पूर्ण कार्यान्व्यन गर्न खोजे सवारी ठप्प पार्नेबाहेक केहि विकल्प नभएको बताए ।

बिकल्प सोचेका छौ : प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनताको पक्षमा अन्य विकल्प धेरै रहेको बताए । उनले अव प्रशासन कुनै विकल्पको अगाडी भाडा कार्यान्वयनबाट पछि नहट्नेमा जोड दिए । यातयात व्यावसायी र गाडी धनी वा चालकले नागरिकलाई दुख दिएर सर्वपक्षिय निर्णय अटेर गरे अहिलेसम्म दोब्बर भाडा लिएर फस्टाएको व्यावसायको नागरिकबिच सार्वजनिक गर्ने बताए । पौडेलले प्राइभेट गाडी, अन्य समितिका बस र क्षेत्रमा समेत सम्पर्क भएकाले एउटा पक्षको बिरोधले नागरिकले सास्ती पाउने स्थिती नआउने बताए ।

छिमेकी जिल्लामा कच्ची र ग्राभेलको प्रतिकिलो मिटर पाँच रुपैयाँ ७५ पैसा हुँदा गुल्मीमा सात रुपैयाँ २५ पैसा हुनु सुखद पक्ष भएकाले व्यावसायमा कुनै समस्या नहुने पौडेलको तर्क छ । उनले पहिलेकै अवस्था दशै तिहारसम्म अड्काउने मनस्थितीमा व्यावसायी भएकाले त्यसको मुल्याङकन नागरिक समाज र नागरिकले गरिरहेको बताए ।

पर्यटकको गनतव्यमा उनाएचौरको ट्रीहाउस

0

अनिल खत्री, गुल्मी भदौ ३०।
गुल्मीमा पर्यटकीय गनतव्य बनाउनको निम्ति ट्रीहाउस निर्माण गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनयचौरमा सल्लाको रुखमा ट्रीहाउस निर्माण भएको छ ।

प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्रीहाउससँगै पर्यटकीय पार्क बनाइएको हो । नगरपालिकाले पार्क र पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्रीहाउस बनाएको छ । सञ्चालनमा आएको १ महिनाको अबधीमा ट्रिहाउसले जिल्लामा र जिल्ला बाहिर चर्चामा रहेको छ । सल्लाको रुपमा बनाइएको ट्रीहाउस हेर्नको निम्ति झण्डै एक महिनाको अबधीमा १५ हजारले अबलोकन गरेको समितिले बनाएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केहि धार्मिक मन्दीरहरु मात्रै रहेका थिए । खाली चौरमा मन्दीरहरुसँगै धार्मिक स्थलको रुपमा नगरले उत्कृष्ट पटकीय गनतव्यको रुपमा बिस्तार गर्न पार्क र ट्रिहाउस निर्माण गर्न जोड दिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का सदस्य रघुनाथ पन्थीले बताउनु भयो ।सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिन्छ । रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नौलो खालको घर रहेको छ ।

उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ ।बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्रिहाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्रीहाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिएको छ ।

उनाएचौरमा नगरकै खेल मैदानसँगै पार्क र ट्रीहाउस निर्माण भएसँगै अबलोकनका लागि बिभिन्न स्थानबाट पर्यटकहरु जान थालेका छन् । केहि दिन अघिबाट निर्माण सम्पन्न भएको ट्रिहाउसमा शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताउताउनु भयो । हाल दैनिक १ सय जनासम्म ट्रीहाउस अबलोकन गर्नको निम्ति पुग्ने गरेका छन् ।

ट्रिहाउस अबलोकनको निम्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ ।
बृद्धहरुको निम्ति निशुल्क र बिद्यार्थीहरुको निम्ति छुटमा १० रुपैयाँ लिने गरेर अबलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । निर्माण भएको ट्रिहाउसको उल्लेख्या नभएपनि हेर्नको निम्ति बिभिन्न स्थानबाट पर्यटकहरु आउन थालेको स्थानीय तेजबहादुर पुनको भनाई छ ।यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मानेको अबलोकन गर्न पुगेकाहरु बताउछन् । ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् ।

यसक्षेत्रमा रमाइलो दृश्य सहित निर्माण गरिएको ट्रिहाउससँगै अरु बिकासको पनि कमी रहेको पर्यटकहरुको जोड रहेको छ । धार्मिक मन्दीरहरुसँगै नगरकै उत्कृष्ट पर्यटकीय पार्क ट्रिहाउस र खेल मैदान बनाउनको निम्ति धेरै काम पुरा हुदै गएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले बताउनु भयो ।

नगरले वालक देखि बृद्धसम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गनतव्य बनाउन गुरु योजना बनाएर अगाडी बढाइने वडा अध्यक्ष पाण्डेयको भनाई छ । केहि रुपमा संरचना पुरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट घुम्न लाएक स्थल बनाउनको निम्ति काम अगाडी बढि रहेको वडा अध्यक्षले पाण्डेले बताउनु भयो ।

‘छ माया छपक्कै’ दुर्गेशको गीतमा दिपक र केकीको गज्जब लुक्स

0

काठमाडौँ- दशैँमा रिलिज हुने तयारीमा रहेको चलचित्र छ माया छपक्कैको चर्चा यतिबेला उत्कर्षमा रहेको छ । चलचित्रको पहिलो गित जुनको जुनेली बाट राम्रो प्रतिक्रिया पाए संगै अहिले दोश्रो गितको तयारी गरिरहेको यूनिटका लागी चर्चित लोक दोहोरी गायक तथा मोडल दुर्गेश थापाले एउटा रकपप गित तयार गरेका छन् ।हालै बाहिरिएको एक तस्बिरमा दिपकराज गिरि र केकी अधिकारीलाइ रकपप गित गाउदै गर्दाको शट देखिन्छ र भिडियोको नेचर हेर्दा दुर्गेश थापाका गितहरु कै फिल दिने किसिमको रहेको अनुमान लगाउयन सकिन्छ ।यस विषयमा भने चलचित्रको टिमले सर्प्राईज कै रुपमा राख्न खोजेका छन् । छक्का पञ्जाका दिपक दिपाको टिम र रोहित अधिकारीको सहकार्यमा निर्मित चलचित्र छ माया छपक्कैको निर्देशन भने चर्चित रंग पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका छन् । लामाले यस अघि चलचित्र गोपी निर्देशन गरेर वाहवाही पाएका थिए ।

५ लाख लुट्नकै लागि कुर्मीको हत्या

0

राम प्रसाद भण्डारी / बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसतिया वडा न ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। कुर्मी बैंकबाट रकम निकालेर लु ९ प ८२३५ आफ्नै मोटार्साइकल नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए।

उनको बायां कुममा गोली लागेको छ। गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको ५ लाख रकम पनि लुटेको स्थानीयले बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको बताएको । घटनास्थल तनाब ग्रस्त बनेको छ भने ठुलो संख्यामा स्थानिय सर्वसाधारणको घुइचो लागेको छ।

रेडियो पुष्पाञ्जलीले आफ्नै भवन बनायो, प्रशारण पनि निजि भवनबाटै सुरु

0
??

अनिश शर्मा गैरे, गुल्मी भदौ २९ ।
सामुदायिक रेडियो पुष्पाञ्जलीले आफ्नो भवन निर्माण कार्य सम्पन्न गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी बसपार्कमा रहेको भाडाको घरबाट सोही वडाकै पल्टारमा रेडियोले आफ्नै भवन निर्माणकार्य सम्पन्न गर्दै आफ्नै निजि भवनबाट प्रशारण पनि सुरु गरेको छ ।

रेडियोको लागि भवन निर्माण गर्न रेडियोकै सञ्चालक समिति सदस्य अर्जुन सापकोटा तथा बुवा गोबिन्द सापकोटाले जग्गा प्रदान गर्नुभएको थियो । सोही जग्गामा रेडियोले भवन निर्माण गरेको हो । सो भवन निर्माणको शिलन्यास मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले गर्नुभएको थियो । भने भवन निर्माणको जिम्मा गन बहादुर श्रीस र राम बहादुर गोतामेलाइ प्रदान गरिएको थियो ।

रेडियोले आफ्नै व्यवस्थित टावर पनि बनाएको छ । हालसम्म सामान्य फलामे पाइपमा उपकरण जडान गरि सञ्चालीत रेडियोले हाल व्यवस्थित टावर बनाएको हो । सो टावर बनाउने जिम्मा स्थानीय कमल थापाले लिनुभएको थियो ।

भवन निर्माणकोे लागि मुसिकोट नगरपालिकाले एक लाख रुपैया सहयोग गरेको थियो । भने अन्य श्रोत रेडियो आफैले जुटाएको हो । आयव्याय विवरण केही समयमा सार्वजनिक गरिने रेडियोका अध्यक्ष सुदर्शन शाक्यले बताउनुभयो । केही दिन पछि भवनको उद्घाटन पनि गरिने उहाँले बताउनुभयो ।

सर्यनारायण सञ्चार अभियान द्धारा सञ्चालित सामुदायिक रेडियो पुष्पाञ्जली गुल्मीको ग्रामिण भेगबाट २०७० साल जेठ २८ गते परिक्षण प्रशारण सुरु गरी सोही बर्षकै भदौ १ गतेबाट नियमित प्रशारण सुरु गरेको थियो ।

‘सुचना, सञ्चार, कृषि, पर्यटन विकास र समुन्नत समाज निर्माणको लागि’ सामुदायिक रेडियो पुष्पाञ्जली भन्ने नारा सहित स्थापित रेडियो नया भवनमा सरेसँगै यसको प्रशारण क्षेत्र पनि बढेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका सहित, चन्द्रकोट गाँउपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, रेसुङ्गा नगरपालिका सहित बाग्लुङ्गको बडिगाड गाँउपालिका, ढोरपाटन नगरापालिका तथा गल्कोट नगरपालिका सहितका अधिकांश क्षेत्रमा स्पष्ट सुनिएको हाम्रा श्रोताहरुले जानकारी दिएका छन् ।

रेडियोे अव नया व्यवस्थापनका साथ नया कार्यक्रमहरु उत्पादन गर्दै अघि बढ्ने छ ।यसैबिच आफ्नै भवनबाट रेडियोले नियमित प्रशारण पनि सुरु गरेको छ ।

बुहविवाह मुद्धामा गाँउपालिका अध्यक्षबिरुद्ध प्रमाण पुगेन

0

प्यार अलि खाँन,प्यूठान भाद्र २९ ।

गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बिरुद्धको बहुविवाह मुद्धामा प्रमाण नजुट्टदा गिरी आईतबार हिरासतबाट मुक्त भएका छन् ।जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्धाका लागि प्रयाप्त प्रमाण नपुगेको भन्दै जिल्ला अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको निमित्त जिल्ला न्याधिवक्ता शिवप्रसाद आचार्यले बताए । “मुद्धा यहाँ चलाएका छ्रैनौँ ।” आचार्यले भने, “मुद्धाको अन्तिम किनारा लागेको होईन । उच्च सरकारी वकिल कार्यालयमा मुद्धा पठाउँछौँ ।”सरकारी वलिक कार्यालयको निर्णय सदर नहुँदासम्म प्रहरीको संम्पर्कमै रहने गरि गाँउपालिका अध्यक्ष गिरी संगै आरोपीत महिलालाई हिरासतमुक्त गरिएको प्यूठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले साझा नेटवर्कलाई जानकारी दिए ।

गत भाद्र १० गते श्रीमती सीता केसीले बहुविवाह गरेको भन्दै पति गिरी बिरुद्ध हुलाक मार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन् । फेसबुक च्याट र कुराकानीका आधारमा केसीले उजुरी दिएकी हुन् । बहुविवाह नगरेको दाबी सहित गाँउपालिका अध्यक्ष गिरी प्रहरीको अनुसन्धानलाई सघाउने भन्दै भाद्र १५ मा प्रहरी समक्ष उपस्थित भएका थिए । अनुसन्धानकै शिलशिलामा प्यूठान प्रहरीले म्याद थप गरि अध्यक्ष गिरी सहित आरोपीत महिलालाई हिरासतमा राखी अनुसन्धान गर्दै आएको थियो ।

अध्यक्ष गिरी नेपाली कांग्रेसका जिल्ला सचिव समेत हुन् । गिरी २०७४ सालको स्थानीय तहको निर्वाचान्मा गाँउपालिकाका अध्यक्ष पदमा निर्वाचित् भएका थिए । बहुविवाहको मुद्धा झुठो बताउँदै अध्यक्ष गिरीले व्यक्तिगत जिवनमा असफल भएपनि सामाजिक जिवनमा भने सदैव निष्ठा र इमान्दारीताका साथ लाग्ने प्रतिक्रिया दिएका छन् । साथै गिरीले १० वर्षे लामो घरायसी समस्याबारे मसिनो गरि लेखाजोखा गरिदिन समेत आग्रह गरेका छन् ।

एसईई परिक्षामा रेसुङ्गा मावि देशभरमै दोस्रो, र्‍यालीसहित मनायो खुसि

0

हुमाकान्त पोखरेल, गुल्मी भदौ २९।
जिल्लाको रेसुङ्गा नगरपालिका २ स्थित रेसुङ्गा माध्यमिक विद्यालय शैक्षिक सत्र २०७५ मा संचालित एसईई परिक्षामा देशभरबाट दोस्रो स्थानमा आएको छ । परिक्षा दिएका कुल विद्यार्थी सङ्ख्याको उत्तिर्ण दर र ग्रेडको आधारमा विद्यालय दोस्रो स्थानमा छनोट भएको हो ।

यसरी विद्यालय देशभरमै दोस्रो स्थानमा आएपछि विद्यालयसँग सम्बन्धित सबैमा हर्ष छाएको छ । विद्यालयको यो सफलतालाई आइतबार बजारमा ¥यार्ली गर्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरुले खुसि साटासाट गरेका छन् ।

०७५ सालमा विद्यालयबाट एस्.ई.ई. दिएका कुल ३४ जना विद्यार्थीमध्ये एक जनाले ४ जि.पि.ए. ल्याएका छन् भने बाँकि ३३ जनाले ३.६ जि.पि.ए. भन्दा बढी अङ्क हाँसिल गरेका शिक्षक किसन पाण्डेले जानकारी दिए ।

यो नजिता आएपछि विद्यालय राष्ट्रिय शिल्ड, राष्ट्रिय ध्वजा र नगद दुई लाख सहित सम्मानित भएको छ । यहि भदौ २२ गते काठमाडौमा भएको औपचारिक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र शिक्षामन्त्री गिरीराजमणी पोखरेलले उक्त पुरस्कार विद्यालयका प्रध्यानाध्यापक प्रेमनारायण भण्डारीलाई प्रदान गरेका थिए ।

अभिभावकमा खुसि

अभिभावक विनिता पोखरेलले विद्यलयले प्राप्त गरेको यो उपलब्धिसँगै सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढ्दै गएको बताइन् । ‘राज्यको स्रोत र साधन सामुदायिक विद्यालयमा धेरै खर्च भएपनि तुलनात्मक रुपमा भने राम्रो नजिता आउन सकेको छैन ।

उनले भनिन, विद्यालयको नतिजाबाट सामुदायिक विद्यालयप्रति आशा पलाएको छ । उनले अब यस नतिजालाई विद्यालयले टिकाइरहनुपर्ने बताइन् । प्रध्यानाध्यापक प्रेम नारायण भण्डारीले शिक्षक, विद्यार्थी तथा समुदायको अथक प्रयासपछि विद्यालयले यो सफलता प्राप्त गरेको बताए ।

त्यससँगै विद्यालयले प्राप्त गरेको सफलताबाट आगामी दिनमा अझ धेरै राम्रो नतिजा ल्याउन हौषला मिलेको बताए । विद्यालयमा २०७३ सालबाट सुरु भएको इन्जिनियरिङ्ग तर्फको प्राविधिक शिक्षा पनि संचालनमा छ ।

अहिले प्रदान गरिदैँ आएको शिक्षा र त्यसबाट प्राप्त उपलब्धिलाई जोगाइरहन पनि आफुहरु प्रतिवद्ध रहेको प्रध्यानाध्यापक भण्डारीको भनाई छ ।

बसाइँसराइले रित्तिँदै गाउँ

0

भदौ २८, २०७६ गुल्मी : पहाडबाट तराई र दुर्गमबाट सुगमता खोज्दै मानिसहरु बसाइँ सर्दा गाउँ पातलिँदै जान थालेको छ। दुर्गममा शिक्षा, स्वास्थ्य र यातायातको राम्रो व्यवस्था नभएका कारण मानिहरु सुगम स्थानमा बसाइँ सर्दै छन्। यस्तै, अवसरको खोजीमा बसाइँ सर्ने क्रम तीव्र भएको छ। बसाइँसराइका कारण गुल्मीका विभिन्न गाउँका जग्गा बाँझिँदै गएको छ। गाउँका धेरै ठाउँका घरहरु ताल्चा मारेर बन्द गरिएका छन्। संघीयता कार्यन्वयनसँगै सिंहदरवारको अधिकार गाउँमा आएको भनिए पनि मानिसहरुको सहर बसाइँसराइको क्रम रोकिएका छैन। जिल्लामा पनि यो क्रम दिनानु दिन बढ्दै गएको छ ।  रेसुङ्गा नगरपालिका–१० को सिमीचौर मोहराई टोलबाट धेरै संख्यामा बसाइँ सरेका छन्। कुँवरहरुको बसोवास गर्ने मोहराईका ८४ घरमध्ये २५ घरपरिवार बसाइँ सरेका छन्। सानो टोलबाट नै यति धेरै संख्यामा बसाइँ सर्दै गए जाने हो भने गाउँ नै रित्तिँदै जाने चिन्ता भएको स्थानीय लालबहादुर कुँवरले बताए। गाउँमा विवाह, पूजा वा कुनै काम भए काम गर्ने मान्छे नै नहुने गरेको कुँवर बताउँछन्। ‘युवाहरु कमाइका लागि विदेश छन्,’ उनले भने, ‘घरहरुमा बृद्ध आमा बुबाहरु मात्रै छन्। झन् बसाइँसराइले त खेतबारी बाँझो भएको छ।’ उनका अनुसार उक्त गाउँमा १०० रोपनीभन्दा बढी खेत बाँझो रहेको छ। गाउँमा बसेर गुजारा पनि चल्न धौधौ र लगाएको खेतीपाती बाँदरले सखाप पारिदिने, खानेपानीको समस्या आदि कारणले बसाइसराइँ बढ्दै गएको स्थानीय बिनोद कुँवरले बताउँछन्। कमाउन थालेपछि गाउँमा लगानीअनुसार प्रतिफल नआउने गर्नाले पनि बसाइँ सर्ने क्रम बढ्दै गएको उनको बुझाइ छ। यस्तो बढ्दो बसाइँसराइ रोक्न राज्यले पनि ध्यान दिनु पर्ने कुँवरको भनाइ छ आर्थिक रुपमा सम्पन्न मानिस थप सुविधाका लागि र विपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइँ सर्ने गरेको पाइएको छ। कृषि क्षेत्रमा लगानीअनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइँ सर्ने गरेका छन्। यस्तै, छोरो कमाउन परदेश लागेपछि बुहारी छोराछोरी पढाउन शहर पस्नाले गाउँमा बृद्धबुद्धा मात्रै भेटिन्छन्। हरेक स्थानीय तहबाट बर्सेनि १५ देखि १०० परिवार बसाइँ सर्ने गरेका छन्। धुर्कोट गाउँपालिकाबाट गत बैशाखदेखि चैत मसान्तसम्म ८४ परिवार बसाइँ सरेका छन्। मालिका गाउँपालिकाबाट ५८ घर परिवार जिल्लाबाहिर बसाइँ सरेको तथ्यांक छ। रुरु गाउँपालिकाबाट ६४ परिवार, छत्रकोटबाट ७८ परिवार बसाइँ सरेको तथ्यांक छ। यस्तै, रेसुङ्गा नगरपालिकाबाट ५४, इस्मा गाउँपालिकाबाट ५९ र गुल्मीदरवार गाउँपालिकाबाट गत बर्ष ६५ घर परिवार बसाइँ सरेका छन्। स्थानीय सरकारका विभिन्न खाले योजना निर्माण गरेका छन्। तर, बसाइँसराइको क्रम रोक्न योजना निर्माणमा गम्भीर नभएको सरोकारवालाहरुको बताउँछन्। तर, स्थानीय तहहरुले भने बसाइँसराइ रोक्नका लागि विभिन्न योजनाहरु तयार गर्न लागेको बताएका छन्। धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बसाइँसराइको दर कम गर्न स्थानीय स्तरमा सडकहरुलाई गुणस्तर बनाउन, शिक्षामा व्यापक सुधार सँगै प्राबिधिक शिक्षाको व्यवस्था, खानेपानी र स्वास्थ्यको राम्रो व्यवस्था गर्ने क्रम जारी बताए। यस्तै, गाउँमै उत्पादनलाई जोडेर स्वरोजगारको व्यवस्था समेत गर्दै गएको दाबी गरे।

पहिरोले अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सुचारु

0

बुटवल, २८ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै ढुङ्गे पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।



बिहान ९:१५ बजेबाट अवरुद्ध सडक एकतर्फी संचालनमा आएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पोखरा लगायतका स्थानतर्फ जाने र विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सवारी साधन र यात्रु अलपत्र परेका थिए।

सडक सुचारु भएसँगै यात्रुहरु आफ्नो गन्तव्यमा जान हिँडेका छन् । यो सडक खण्डमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडक पूर्ण रुपमा संचालनको लागी काम भइरहेको प्रहरीले जनाएको छ ।