पर्यटकको गनतव्यमा उनाएचौरको ट्रीहाउस

0
801

अनिल खत्री, गुल्मी भदौ ३०।
गुल्मीमा पर्यटकीय गनतव्य बनाउनको निम्ति ट्रीहाउस निर्माण गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनयचौरमा सल्लाको रुखमा ट्रीहाउस निर्माण भएको छ ।

प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्रीहाउससँगै पर्यटकीय पार्क बनाइएको हो । नगरपालिकाले पार्क र पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्रीहाउस बनाएको छ । सञ्चालनमा आएको १ महिनाको अबधीमा ट्रिहाउसले जिल्लामा र जिल्ला बाहिर चर्चामा रहेको छ । सल्लाको रुपमा बनाइएको ट्रीहाउस हेर्नको निम्ति झण्डै एक महिनाको अबधीमा १५ हजारले अबलोकन गरेको समितिले बनाएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केहि धार्मिक मन्दीरहरु मात्रै रहेका थिए । खाली चौरमा मन्दीरहरुसँगै धार्मिक स्थलको रुपमा नगरले उत्कृष्ट पटकीय गनतव्यको रुपमा बिस्तार गर्न पार्क र ट्रिहाउस निर्माण गर्न जोड दिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का सदस्य रघुनाथ पन्थीले बताउनु भयो ।सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिन्छ । रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नौलो खालको घर रहेको छ ।

उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ ।बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्रिहाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्रीहाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिएको छ ।

उनाएचौरमा नगरकै खेल मैदानसँगै पार्क र ट्रीहाउस निर्माण भएसँगै अबलोकनका लागि बिभिन्न स्थानबाट पर्यटकहरु जान थालेका छन् । केहि दिन अघिबाट निर्माण सम्पन्न भएको ट्रिहाउसमा शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताउताउनु भयो । हाल दैनिक १ सय जनासम्म ट्रीहाउस अबलोकन गर्नको निम्ति पुग्ने गरेका छन् ।

ट्रिहाउस अबलोकनको निम्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ ।
बृद्धहरुको निम्ति निशुल्क र बिद्यार्थीहरुको निम्ति छुटमा १० रुपैयाँ लिने गरेर अबलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । निर्माण भएको ट्रिहाउसको उल्लेख्या नभएपनि हेर्नको निम्ति बिभिन्न स्थानबाट पर्यटकहरु आउन थालेको स्थानीय तेजबहादुर पुनको भनाई छ ।यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मानेको अबलोकन गर्न पुगेकाहरु बताउछन् । ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् ।

यसक्षेत्रमा रमाइलो दृश्य सहित निर्माण गरिएको ट्रिहाउससँगै अरु बिकासको पनि कमी रहेको पर्यटकहरुको जोड रहेको छ । धार्मिक मन्दीरहरुसँगै नगरकै उत्कृष्ट पर्यटकीय पार्क ट्रिहाउस र खेल मैदान बनाउनको निम्ति धेरै काम पुरा हुदै गएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले बताउनु भयो ।

नगरले वालक देखि बृद्धसम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गनतव्य बनाउन गुरु योजना बनाएर अगाडी बढाइने वडा अध्यक्ष पाण्डेयको भनाई छ । केहि रुपमा संरचना पुरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट घुम्न लाएक स्थल बनाउनको निम्ति काम अगाडी बढि रहेको वडा अध्यक्षले पाण्डेले बताउनु भयो ।

SHARE