Thursday, June 4, 2026

गाउँमै पशु स्वास्थ्य शिविर , १६५ ले लिए सेवा

0

चैत २०,२०७९ गुल्मीः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मालिकामा सम्पन्न गरेको छ ।

 

कार्यालयले मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा आयोजना गरेको शिबिबाट १६५ घरका पशुहरुको स्वास्थ्य जाँच ,परामर्श तथा निशुल्क औषधि वितरण गरिएको कार्यालयका प्रमुख भरत काफलेले जानकारी दिनुभयो ।

 

गाउँमै शिविरको आयोजना गरेर सेवा पुर्याउने उद्येश्यका साथ आफूहरु लागेको कार्यालयले जनाएको छ ।

कार्यालयले आफूहरुको सीमित स्रोत , साधन र कम जनशक्तिका बिच पनि सेवा प्रर्वाह गर्दै आएको बताएको छ ।

घट्यो इन्धनको भाउ‚ अब पेट्रोल को १७५ रूपैयाँ

0

चैत २०,२०७९काठमाडौं : नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको भाउ घटाएको छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।

भारतीय आयल कर्पोरेशन आइओसीले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको केही दिनपछि निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो।

निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ प्रतिलिटर १० रूपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ३ रूपैयाँले घटाउने निर्णय गरेको हो।

भाउ घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ कायम भएको छ।

लुम्बिनी प्रदेशसभाका सांसदहरुलाई आफ्नै निर्वाचन क्षेत्रको चिन्ता

0

दिवाकर पोख्रेल
चैत २० ,२०७९ :लुम्बिनीप्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठकमा प्रदेशसभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रको चिन्ताव्यक्त गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमाबोल्दै प्रदेशसभा सदस्यहरुले आफुहरुको निर्वाचन क्षेत्रमा संघ र प्रदेश सरकारका योजनाकार्यान्वयनहुननसकेको गुनासो गर्दै जनजीवीकाका र आधारभुत सेवाउपलव्ध गराउन सभामुखमार्फत प्रदेश सरकाको ध्यानकर्षण गर्नुभएको हो ।

सोमबाको बैठकमा प्रदेशसभा सदस्यले हेमा बेल्वासेले राजनीतिकअस्थिरताकाकारण स्थानीय स्तरका योजना समेत प्रभावितभएको बताउनुभयो । उहाँले सरकार बनाउनगिराउने खेलले योजना परिवर्तन गर्ने होडवाजी हुने तर कार्यान्वयननहुने चिन्ताव्यक्तगर्नुभयो । यमुना रोकातामाङले रोल्पाजिल्लामालामो समय देखि विमानस्थलनिर्माणको कामअलपत्रबनेको,लघुवित्त तथा सहकारीको चर्को ब्याजदरले जनतामर्कामा परेको स्मरण गराउनुभयो ।

 

यस्तै सरुल पुनले रुकुमपूर्वमापूर्व राजाविरेन्द्र शाहाको पालामाआरक्षण क्षेत्र घोषण गरिएको वन क्षेत्रमा सर्वसाधरणले उपयोग गर्न नपाएको गुनासो गर्नुभयो । नीमागिरीले प्रदेशसभाको पाँचबर्षे कार्यकालमादिगो योजनााका साथकामगर्नुपर्ने बताउनुभयो ।

भण्डारीलाल अहिरले आफ्नो निर्वाचन क्षेत्रमानिर्माण कम्पनीले विकास निर्माणका योजनाअलपत्रपारेकोले कामनगर्ने निर्माण कम्पनीलाई कामै गर्न नदिनआग्रहगर्नुभयो । यस्तै चन्द्रशेक गुप्ताले दलका नेता, मन्त्रीले आश्वासनदिने कामनगर्ने गरेकाकारण आफ्नो निर्वाचन क्षेत्रमाआफुहरुले पनि जनताबाट सम्मानपाउन छाड्ेको बताउनुभयो ।

विशेष समयमाप्रदेशसभा सदस्यहरु मिनाश्रेष्ठ,राजकुमार चौधरी,भगवतीअधिकारी,बैजनाथकलवार,यमवहादुर नेपाली,सन्तोष कुमार पाण्डे,भुवनेश्र चौधरी,गिरधारी लालन्यौपाने,तारा थापा,रत्नवहादुर खत्री,जानकीनौपाने,प्रचण्ड विक्रमन्यौपाने लगायतले शम्बोधनगर्नुभएको थियो । लामो समयपछि आहन गरेको बैठकमा केहि प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मतदिएका दलहरुबाट नै समर्थन फिर्ता लिएकाले सभामापुनःविश्वासको मतलिएर आफ्नो समर्थनको परीक्षाल्याउनआग्रह समेत गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यले विशेष समयमा उठाएका विषयको जवाफ एक हप्ताभित्र सम्बन्धीतमन्त्रालयकामन्त्रीले सभामुखमार्फत प्रदेशसभामाजानकारी गराउने व्यवस्था गरेको स्मरण सभामुखतुलाराम घर्तिले स्मरण गराउनुभएको थियो ।

बैठकमा लुम्बिनीप्रदेशकामुख्यमन्त्रीलिलागिरीको तर्फबाट स्वास्थ्यमन्त्री विष्णु प्रसादपन्थीले लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धीविधेयक’ सभामा पेशगर्नुभएको छ । प्रदेशसभाको आँठौ बैठक चैत २१ गते मंगलाबार बस्नेछ ।

 

अहिले लुम्बिनीप्रदेशमाएमाले र राप्रपाको सरकार छ।सरकारमारहेकोे माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी बाहिरिएपछी सरकार अल्पमतमा छ।केन्द्रमा फेरिएको राजनीतिक समीकरणको आधारमा आठ राजनीतिकदलका ५४ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमाकांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तीको मागगर्दै प्रदेश प्रमुख समक्षदावी पेश गरिएको छ।

रामपुरमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

0

सुशीला रेग्मी

चैत २०,२०७९ पाल्पाः ६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा मनाइएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका छन् ।

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । नगर प्रमुख थापाले सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनुहुदै नगरपालिकाले सहकारीको हकहितमा सहयोग गर्ने बताउनुभएको छ । बजार क्षेत्रका केही सहकारीको गतिबिधिले सहकारीमाथी प्रश्न उठाएपछि ग्रामीण क्षेत्रमा संचालन भएका सहकारीले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारीहरुले नाम अनुसारको काम गर्नुपर्ने, वचत र ऋणको मात्रै कारोबार मात्रै नभई सेयर सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीले गुणस्तरीय काम गर्नुपर्ने बताउनुहुदै सेयर सदस्यको रकमको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेकपा समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर सचिव रामप्रसाद गैरे, जिल्ला सहकारी संघका सदस्यहरु कृष्णकुमार अर्याल, ईश्वरी खनाल, सुर्याेदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रम सुरु हुनुअघि रामपुर बेझाड नहर अफिसबाट सहकारी सम्बन्धी लेखिएका प्लेकार्ड सहित कार्यक्रमस्थल होटल न्यु श्रीनगरसम्म विभिन्न सहकारीको ¥याली निकालिएको कार्यक्रमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघ केन्द्रिय कार्यालय (नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले गर्नुभएको हो ।

उज्यालो वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रामपुर वचत तथा ऋण सहकारी संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हो । हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु सारुले दिनुभएको थियो ।

नयाँ गाउँमा रैथाने विउपल प्रदर्शनि तथा साटासाट कार्यक्रम

0

चैत १९,२०७९  गुल्मी: जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।

प्रर्दशनीमा ७९ प्रजातिका रैथाने विउपल राखिएको थियो । त्यहाँ पुग्ने किसानले आवश्यक पर्ने विउ लैजाने र आफुसँग भएको विउ प्रदर्शनीमा राख्ने गरेका थिए । प्रदर्शनीमा लट्टे, सेतो सिलम, कालो सिलम, मेथी, काल जिरा, कालो तिल, चनसुर, फापर, फिलेङ्गे, कौडे मकै, स्थानीय सेतो, तोराया, तोरा, चिचिण्डो, घिरौंला, लौका, झुसे करेला, कवेली, बर्खे सोस्ता, मुले सिमी, सिमी असारे, हिउँदे सिमी, घिउ सिमी, बकुले सिमी, सानो सेतो केराउ, सरसिम, धनिया, चिप्ले भिण्डी, मास, झलिंगे, गहत, अरहर, खैरो भट्टमास, कवेली, जौ, स्थानीय ठूलो गहुँ, सानो टुडे गहुँ, धान, हाँसा गहुँ, कोदो, तरुल, गिठा, स्थानीय अदुवा ,स्थानीय बेसार, भुई स्याउ लगायतका स्थानीय विउपल राखिएको थियो ।

 

कार्यक्रममा रासायनिक मल र विषादीको प्रतिस्थापनका लागि सहभागीहरुलाई जिवा अमृत र विजा अमृतको महत्व तथा फाईदाको बारेमा समेत जानकारी गराइएको थियो । कृषि प्राविधिक भावना महत र मदन जिसीले जिवा अमृत र विजा अमृतका बारेमा जानकारी गराउनुको साथै बनाउने अभ्यास पनि गराएका थिए ।

 

कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषकहरुलाई रैथाने विउको प्रयोग गर्न आग्रह गरे । उनले हाईव्रिड विउपलको प्रयोग भन्दा पनि रैथाने विउपलको प्रयोग गर्नु अहिलेको आवश्यकता र राम्रो हुने बताए । प्रमुख भण्डारीले भने ‘रैथाने विउपलको प्रतिस्थापन गर्दे गर्दा उत्पादनमा ह्रास आई श्रीलंकामा जस्तै नेपालमा पनि भोकमरीको अवस्था सिर्जना हुन सक्छ, त्यसतर्फ सबैले ध्यान दिऊ ।’ रैथाने विउपलको संरक्षण गर्नुको साथै उन्नत जातका विउपलको प्रयोग गरी उत्पादन बढाउन उनले कृषकलाई आग्रह गरे । उनले भने ‘खेतमा जस्तो फल्छ, पेटमा त्यस्तै जाने हो,त्यसकारण विषादी रहित उत्पादन गरौं ।’

कार्यक्रममा वडा अध्यक्ष चेतमान कुंवर,कार्यपालिका सदस्य विमला पाध्यवति सुनार, वडा सदस्य चन्द्र सुनार, सामाजिक जागरण तथा विकास अभियान (साडेक) नेपालका कार्यकारी निर्देशक विष्णु प्रसाद भण्डारी लगायतले रैथाने विउको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

KZE Misereor Germany को आर्थिक सहयोग कारितास नेपालको सञ्चालन र सामाजिक जारण तथा विकास अभियान (साडेक) नेपाल गुल्मीको साझेदारीमा सञ्चालित सामाजिक कल्याण र दिगो कृषिका लागि महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत Asian pasific / Apex को आर्थिक सहयोग र नयाँ गाउँ झल्याकोट कृषि तथा पशुविकास महिला सहकारी संस्थाको आयोजनामा विउपल प्रदर्शनी कार्यक्रम गरिएको हो । सहकारीका अध्यक्ष गोमादेवी पोखरेलको अध्यक्षता, सदस्य राधा पोखरेलको स्वागत, साडेक नेपालका लेखापाल वसन्त खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम

0

सुशीला रेग्मी
चैत १८,२०७९ पाल्पाः महिला कानुनी अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम रामपुर पाल्पामा भएको छ । रामपुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका महिला जनप्रतिनिधि, अगुवा महिला, एकल महिलालाई लक्षित गरी सामाजिक विकास समिति संयोजक सिमादेवी रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हाम्रा नीति, कानुन कार्यान्वयनको पुर्ण पालना भएमा समाज सम्पन्न हुने बताउनुहुदै घरेलु हिंसा, महिला हिंसा कम हुने बताउनुभएको छ । आफ्नो हकहित र अधिकारका लागि आफैलाई जानकारी नहुदा समाज, घरपरिवारमा पिल्सिएर शोषित भएर बस्नु परेको हुदा अब यसरी दबिएर बस्ने होइन कानुनी प्रावधान र अधिकार, समानता र समताका बारेमा सचेत हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभएको छ ।

कार्यक्रमको सहजिकरण सहजकर्ता लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ अनिल खनालले गर्नुभएको हो । सहजकर्ता खनालले महिला कानुनी अधिकार, घरेलुु हिंसा, सम्बन्धविच्छेद, बाल अधिकार, बालविवाह, यौन हिंसा लगायतका विषयमा सहजिकरण गर्नुभएको छ ।

कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको हो । कार्यक्रममा ५२ जनाको सहभागीता रहेको थियोे ।

रामपुरमा पहिलो पटक एकै ठाउँमा कक्षा ८ को वार्षिक उत्तरपुस्तिका परिक्षण

0

सुशीला रेग्मी
चैत १८,२०७९ पाल्पाः रामपुरमा पहिलो पटक कक्षा ८ को वार्षिक परिक्षाको उत्तरपुस्तिका एकै ठाउँमा बसेर परिक्षण कार्य भइरहेको छ ।

रामपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को नगरस्तरिय वार्षिक परिक्षाको उत्तरपुस्तिका नगरपालिकाको सभाहलमा एकै ठाउँमा बसेर परिक्षण गर्ने कार्य चलिरहेको छ । गत चैत १३ गते देखि उत्तरपुस्तिका परिक्षण कार्य सुरु गरिएको हो । विषयगत शिक्षकलाई नगरपालिका कार्यालयमा दैनिक बोलाएर उत्तरपुस्तिका परिक्षण भइरहेको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो ।

“एकै ठाउँमा बसेर उत्तरपुस्तिका परिक्षण गर्ने कार्यको नयाँ अभ्यासको थालनी गरिएको छ” उहाँले भन्नुभयो,–“उत्तरपुस्तिकामा शिक्षा शाखाका कर्मचारीले मात्रै बुझ्ने गरी सङ्केत (कोड नम्बर) राखिएको छ, शिक्षा शाखाबाट विषयगत शिक्षकलाई खटाएर फरक–फरक विद्यालयको उत्तरपुस्तिका परिक्षण गर्न लगाइएको छ” ।

उत्तरपुस्तिका परिक्षण कार्य सम्पन्न गर्न अझै एक हप्ताको समय लाग्ने शिक्षा शाखाका कर्मचारी अनिता कुँवरले जानकारी दिनुभएको छ । परिक्षालाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न नगरपालिका कार्यालयमा सामुदायिक तथा संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को वार्षिक परिक्षाको उत्तरपुस्तिका सङ्कलन गरेर परिक्षण कार्यको नयाँ थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने बताउनुहुन्छ ।

“एकै ठाउँमा बसेर उत्तरपुस्तिका जाँच गरिरहदा आफुलाई कुन विद्यालय, विद्यार्थीको परिक्षण गरे भन्ने जानकारी नहुदा अङ्क दिने क्रममा व्यक्तिगत प्रभाव नहुने र माथिल्ला कक्षाहरु जस्तैः माध्यमिक शिक्षा परिक्षा (एसईई), उच्च शिक्षा तहका परिक्षामा विद्यार्थीमा परिक्षाको भय, डर र त्रास कम हुनेछ” प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख तथा शिक्षा समिति संयोजक रमणबहादुर थापाले यस्तो अभ्यासले विद्यार्थीहरुको वास्तविक नतिजा विश्लेषण गर्न सहज हुने र कमजोर विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान गरी माध्यमिक तहका परिक्षाहरुमा उत्कृष्ट बनाउन सघाउ पुग्ने बताउनुभएको छ ।

विहान ७ वजेदेखि साँझ ७ वजेसम्म विषयगत शिक्षकबाट परिक्षण कार्य भइरहेको छ । यसवर्षको वार्षिक परिक्षामा सामुदायिक तथा संस्थागततर्फ कक्षा ८ मा ८१५ विद्यार्थी परिक्षामा सम्मिलित रहेको बुझिएको छ ।

 

ब्यवसाय मैत्री वातावरण नभएको व्यवसायीको गुनासो

0

दिवाकर पोख्रेल
देउखुरी, चैत १८ गते : लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीका व्यवसायीले ब्यपार तहसनहस भएको भन्दै नेपाली अर्थतन्त्रलाई तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।

उत्पादन क्षेत्र देखि उपभोगसम्म आाँदा हरेक क्षेत्रमा ब्यपारमा सन्तोष गर्ने ठाउँ नरहेकोले तीनतहकै सरकारले यस्लाई गम्भिर रुपमा लिनुपर्ने सुझाव व्यवसायीको छ । देउखुरी क्षेत्रको भारतीय बजारसंग जोडिएको खुला सिमानाको प्रभावले स्थानीय व्यपारमा नकरात्मक असर परेको ब्यपारीहरु बताउँछन ।

दाङको लमही नगपालिका लमहीमा कपडा व्यवसाय गर्दै आउनु भएका व्यवसायी शिवशंकर गुप्ताले सरकारले भन्सार नियन्त्रणमा सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय बजारमा जाने उपभोक्ताले चिनिीको मुल्यमा केन्द्रित हुनुहुन्छ,अन्य सामान खरिद गर्दा ठगिनुहुन्छ,यस्ले उपभोक्ता र व्यवसायी दुबैलाई बेफाइदा भएको छ ।’

लमही नगरपालिका वडा नम्बर ३ का किसान लेलिन बन्जाडेले किसानको उत्पादन गर्नको लागि लगानी बढेको भएपनि बजार नपाउने समस्या रहेको बताउनुभयो । अर्का कृर्षी व्यवसायी वसन्तराज शर्मा आत्म निर्भरतालाई जोड दिएर सबै उत्पादनको क्षेत्रमा जोडिनुपर्ने धारणा राख्नुभयो । लमही नगरपालिका पूर्व नगर प्रम्ुख कुलवहादुर केसीले उत्पादन क्षेत्रमा अव्यवस्थित बसोवास बढाएर मासिदै गएको प्रति चिन्त व्यक्त गर्नुभयो । यूवा व्यवसायी रविन केसीले सरकारले अनुदानको सट्टा सिप र क्षमता बढाउने तर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।

स्थानइि सरकारले वजनप्रतिनिधीले मूलुकमा देखिएको अर्थतन्त्रको खस्कदो अवस्थाको लाई हल गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ओम प्रसाद सुवेदीले केहि समयको लागि विदेश भ्रमण जाने कार्यक्रमलाई स्थगित गरेर स्थानीय स्तरकै पर्यटकिय स्थलको प्रचारमुखी काममा सघाउन आग्रह गर्नुभयो । लमही नगरपालिकाका नगर प्रमुख जोगरज चौधरीले जनतामा जनप्रतिनिधी नकरातमक धारणा पलाएको भन्दै शुसासन,अम्बल आर्थिक नीति अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भष्ट्राचर हुनै नदिनेगरी काम गरौ सकरात्मक सोँचका साथ काम गरौ अवस्थामा सुधार हुन्ज्छ ।’

देउखुरी उद्योग बाणिज्य संघले आयोजना गरेको आर्थिक क्षेत्रमा देखिएको तरलता समाधानको सुझाव संकलन कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवासाय थला परेको भएपनि नीजी क्षेत्र देशमा देखिएको आर्थिक संकट समाधानको लागि लागि परेको दाबी गर्नुभयो ।

अब आर्थिक क्षेत्रमा देखिएका समस्या हल गर्नका स्थानीय स्तरमा बहस आवश्यक रहेको प्रत्येक स्थानीय सरकारले आफ्नो तर्फबाट सकरात्मक पहल थाल्नुपर्ने आग्रह उहाँले गर्नुभयो । राजनीतिक अस्थिरताका कारण व्यवसायमा नकरात्मक असर देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब स्थानीय व्यवसायी मर्कामा परे भनेर स्थानीय सरकारले अपनत्व लिएर सबै सरोकारवाला विच छलफल चलाउन आवश्यक छ,यस्को लागि नजी क्षेत्रले सहयोग गर्छ ।’ देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्र खनालले व्यवसायीलाई लगानी मैत्री बाताबरण सिर्जना गरेर,भारतीय बजारबाट अबैध आअर्यात रोक्न पहल थाल्नुपर्ने बताउनुभयो ।

जानकी साहित्य पुरस्कार आख्यानकार भण्डारीलाई

0

चैत १८,२०७९ गुल्मीः गुल्मीको किरण पुस्तकालय तम्घासद्धारा प्रदान गरिने जानकी साहित्य पुरस्कार २०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका बस्तु गुल्मीमा जन्मेर (हाल तिलोत्तमा–८ दीपनगर, रुपन्देही) आख्यानकार भण्डारीलाई प्रदान गर्ने निर्णय भएको किरण पुस्ताकालयका साहित्यकार दीन पन्थीले बताए ।

उक्त पुरस्कार चैतको राम न्वामीको अबसरमा घोषणा गर्ने र मोती जयन्तीको अबसर पारेर प्रदान गर्ने गरिन्छ । पुरस्कृत आख्यानकार भण्डारीका चिराग (लघुकथा संग्रह) – २०४७, अस्वीकृत कथाहरू (कथा संग्रह)– २०५८, अविरल यात्रा (लघुकथा संग्रह) – २०६३, चरीका रमाइला कथा (बालकथा संग्रह) २०६७ रहेका छन् । त्यस्तै काला सर्पको खोजी (लघुकथा संग्रह) – २०६७, कुनमिनको सेरोफेरो (नियात्रा)–२०६९ मनको आँखा (बालकथा संग्रह ) – २०६९ रहेको छ । गोनू झा र चोरहरू (बालचित्र कथा) –२०७०, धनञ्जय गोत्रीय भणडारीहरूको वंशावली– २०७०, सुनको झ्याल (बाल उपन्यास) – २०७४ का साथै विभिन्न पत्रपत्रिकामा कथाहरू प्रकाशित छन् ।

पुरस्कार साहित्यमा रुचि राख्ने स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवार र पुस्तकालयको सम्झौताअनुसार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई प्रदान गरिन्छ । हालसम्म २०७३ सालमा स्थापना भएको उक्त पुरस्कार यसभन्दा अगाडि सूर्यबहादुर सेन वलीले २०७५ सालमा भागीरथी श्रेष्ठले २०७६ सालमा, रामप्रसाद पन्तले २०७७ सालमा र नारद गौतमले २०७८ सालमा र रुद्र ज्ञवालीले २०७१ सालमा प्राप्त गरिसकेका छन् ।

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् ।

प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताए ।

लोकतन्त्रको १७ वर्ष – संक्रमणकालीन न्याय अलपत्र सम्बन्धि गुल्मीमा अन्तरक्रिया

0

चैत १८,२०७९ गुल्मीः गुल्मीमा लोकतन्त्रको १७ वर्ष – संक्रमणकालीन न्याय अलपत्र सम्बन्धि गुल्मीमा अन्तरक्रिया गरिएको छ । मानवअधिकार तथा शान्ति समाज गुल्मीको आयोजनामा यस सम्बन्धि छलफल गरिएको हो ।

सशस्त्र युद्धको समयमा राज्य पक्षबाट र बिद्रोही पक्षबाट पीडित भएका कैंयौं अझै पनि न्यायको खोजीमा छन् । यो समयमा पीडितलाई न्याय दिन मेलमिलाप केन्द्रले उजुरीको माग गरेपछि ६४ हजार उजुरी पनि परेका थिए । तर, ती उजुरीको हालसम्म केही सुनुवाइ भएको छैन् । तत्कालीन सशस्त्र युद्धपछि स्थापना भएको भनिएको लोकतन्त्र १७ वर्ष भएपनि संक्रमणकालीन न्याय भने अलपत्र अवस्थामा छ । तसर्थ मानअधिकार, शान्ति, अहिंसा र न्याय प्रदान गर्ने सम्बन्त्रि काम गरिरहेको मानवअधिकार तथा शान्ति समाज नेपालले ‘लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र’ भनेर अवधारणा प्रस्तुत गरेको छ । मानवअधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले यस सम्बन्धिको अवधारण प्रस्तुत गरेका छन् ।

यस सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया गर्दै मानवअधिकार तथा शान्ति समाज गुल्मीले रायसुझाव लिएको छ । यस सम्बन्धमा वडाध्यक्षको तर्फबाट रेसुङ्गा नगरपालिका–९ का कृष्णप्रसाद पाण्डेले युद्धमा मानवअधिकार उल्लंघन भएको र पक्ष विपक्षबाट भएका घाइतेले न्याय नपाएको बताए ।

रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्वप्रमुख चन्द्रकान्त पन्थीले माओवादी र राज्य दुवै पक्षका घटना सम्बन्धिका पीडितले न्याय पाउनुपर्ने बताए । नेपालको संविधान २०७२ भन्दा पहिले समस्या समाधान हुनपर्ने उनको भनाइ छ ।

समाजले विस्तृत शान्ति सम्झौता, संक्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप आयोगको सन्दर्भ, कार्यपालिकाको आपत्तिजनक निर्णयको सिलसिला, व्यवस्थापिका विवेकलाई बन्दी बनाउने सिलसिला, न्यायपालिका माथि नियोजित प्रहारको सिलसिला, संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन प्रमुख दलको अनिच्छा, बालसैन्य प्रयोगको सन्दर्भ, अनमिनको प्रमाणिकरण र माओवादीद्वारा बाल सैन्य प्रयोगको पुष्टि र दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानमा ब्याख्यात्मक अवधारणा प्रस्तुत गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक लगायतले यससम्बन्धि धारण राख्नुभएको थियो ।