असोज १५, २०७६ ः १३औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघले २० खेलाडी छनोट गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको छनोट प्रतियोगितामा समान १० पुरुष र १० महिला अन्तिम चरणको प्रतियोगिताका लागि स्थान बनाउन सफल रहे। संघका सचिव नवीनविक्रम शाहले आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएको र सोही मध्येबाट अन्तिम चरणका लागि १०(१० जना खेलाडी छनोट गरिएको जानकारी दिए। सोमबारबाट सुरु भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, विष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन्। यस्तै, महिला तर्फ नङ्गशल तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सिमा राजवंशी, पूजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सीता राई, नीता लम्साल र शोभा गौचन रहेका छन्। खेलाडीहरूलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिइने छ। १३औँ सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रंशालास्थित बहुउद्घेशीय कभर्डहलमा हुने कार्यक्रम रहेको छ।
थाहाबाट
सागका लागि २० ब्याडमिन्टन खेलाडी छनोट
नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने
असोज १५, २०७६ काठमाडौं ः
नेपाली सेना पहिलोपटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ। नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो। अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ। सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारि दिए। खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेल प्रदर्शन हुनेछन्। जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडी सहभागी हुने पनि महासेनानी रायमाझीले बताए। प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ। प्रतियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ।
थाहाबाट
१६ तोला सुनसहित चावहिलबाट दुई जना पक्राउ
असोज १५, २०७६ काठमाडौं ःनेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने। पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ। उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ।
पाँच किलो अफिमसहित युवक पक्राउ
असोज १५, २०७६ रुकुम , रुकुम पश्चिममा करिब पाँच किलो अफिमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका–५ गोलचौरका ३२ वर्षीय रन्जित खत्री रहेका छन्। भाग्न खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीले बताएको छ। बाँफीकोट गाउँपालिकाको मग्मा, नदुवा लगायत विभिन्न वडामा अवैध लागूऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले गर्दा खत्री नदुवाबाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरु पनि बरामत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। खत्रीलाई प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
काँग्रेसले बसालेको संविधानको जग नेकपाले भत्काउन लाग्यो : नेता थापा
गुल्मी, असोज १४ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले नेपाली काँग्रेसले संविधानको जग बसालेको हो तर वर्तमान नेपाल कम्युनिष्टको सरकारले भत्काउन लागेको बताए । सोमबार नेपाली काँग्रेस धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेले आयोजना गरेको भव्य आमसभालाई सम्बोधन गर्दै नेता थापाले धेरै लामो समय लगाएर नेपाली जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले जनताको हितमा हुने खालको संविधानको जग नेपाली काँग्रेसले बसालेको थियो जगको तला थप्ने जिम्मा नेपाली नागरिकले वर्तमान नेपाल कम्युनिष्ट पार्टीलाई दिएका थिए ।
तर आज नेपाल कम्युनिष्ट पार्टीको सरकारले दुई वर्ष बितिसक्दा ठिक उल्टो काम गरि संविधानको जग भत्काउन लागेको नेपाली जनताले महसुस गरेको बताए । उनले देशको ढिकुटी रित्ताएर भिख माग्दा पनि नपत्यौने अवस्थामा पुगेको मात्र हैन अन्तराष्ट्रिय नजरमा सरकार गिरीसकेको आरोप समेत लगाउनु भयो । आज देशमा अत्याधिक गरिबीको भार बोक्न नसकी बाहिर खाडी मूलुकहरुमा पसेका युवाहरुको रगत पसिनाको रेमिटान्समा उफ्रेको कम्युनिष्ट सरकारले देशलाई टाट पल्टाउने दिशातर्फ उन्मुख भएको बताए । त्यस्तै अरुको कुरा नसुन्ने तानासाह अधिनायकवाद तिर उन्मुख भएको पार्टी कुनै बिचार नभएको नेकपाको सरकारसँग देश र जनताले अब संवृद्धिको आशा गर्नु बेकार भएको भन्दै नेता थापाले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार यदि बरालियो भने त्यसलाई सहि ट्रयाकमा ल्याउन र खबरदारी गर्नका लागि नेपाली जनताले काँग्रेसलाई शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मा दिएको बताए । उनले गुल्मी जिल्लाले दुई ठुला र शक्तीशाली मन्त्री पाएता पनि जिल्लामा विकासले कुनै पनि गति नलिएको र मन्त्रीहरु प्राय केन्द्रीय शक्तीसँगै रमाएको भन्दै दुःख व्यक्त गर्दै उनले भने–“जनता अन्याय पर्दा पनि सही न्याय दिन नसकेको न्यायलयको कुराले दुःख लागेको छ ।” पार्टी भित्रको आन्तरिक समस्या भन्दा पनि राष्ट्रिय समस्यालाई सर्वोपरि मान्दै सानातिना कुरालाई बिर्सेर अघि बढ्न सम्पूर्ण लोकतन्त्र प्रेमी लाई आग्रह पनि गरे । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, अर्घाखाँचीका विष्णु मुस्कान, महासमिति सदस्य छन्द बहादुर पहराई, नेपाली काँग्रेस गुल्मीका आमन्त्रीत जिल्ला सदस्य पदम बिस्ट, दलित संघ अर्घाखाँचीका जिल्ला सदस्य कृष्ण बहादुर परियारले मन्तव्य राखेका थिए ।
१०० जना भन्दा बढी विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सम्पूर्ण पदाधीकारी, नेपाली काँग्रेस अर्घाखाँचीका पदाधीकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।
महराले दिए पदबाट राजीनामा
असोज १४, २०७६ काठमाडौं , प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्।
पाल्पामा बेपत्ता युवकको शव फेला
असोज १४, २०७६ पाल्पा ः चार दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ। रिब्दीकोट गाउँपालिका–३ चकल्दीका ३५ वर्षीय विष्णु थापाको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। सोही गाउँपालिकाको वडा नम्बर ७ पालुङमैनादीको जलुकेस्थित कच्ची सडकभन्दा करिब २५० मिटर तल जंगलमा शव फेला परेको हो। यही असोज १० देखि उनी बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा शव फेला परेका हुन्। शव पोष्टमार्टमको लागि तानसेनस्थित जिल्ला अस्पताल पाल्पामा ल्याइको छ। थापा सोही बाटो हुँदै गहतेरमा बस्ने आफन्तको घरमा गएको बुझिएको छ।
राष्ट्रिय निकुञ्जका जनावरको लागि राजमार्गमा पुल निर्माण
असोज १३, २०७६ बाँके ः
जंगली जनावरको सुरक्षाका लागि बाँके राष्ट्रिय निकुञ्जले पूर्व(पश्चिम राजमार्ग र रत्न राजमार्गमा क्यानोपी व्रीज ९पुल० संचालनमा ल्याएको छ। जंगली जनावरलाई सडकमा ओहरदोहर गर्न सजिलो बनाउने हेतुले क्यानोपी व्रिज निर्माण गरि संचालनमा ल्याएको निकुञ्ज प्रशासनले जनाएको छ। सडकको दाया(बाया रुखमा डोरी टाँगेर बनाएको पुललाई क्यानोपी व्रीज भनिन्छ। जंगली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गमा ६ वटा क्यानोपी ब्रीज निर्माण गरी संचालनमा ल्याएको सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए। उनले पूर्व(पश्चिम राजमार्गको ओभरी(अगैयाकोबीचमा तीन वटा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई वटा व्रीज निर्माण भई संचालनमा ल्याइएको बताए। रुखमा चढ्ने जंगली जनावर बाँदर, लोखर्के, मुसा लगायत रुखको हाँगामा बस्ने प्रजातीहरु ओहोर दोहोर गर्न पुल निर्माण गरिएको बताए। रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातीहरु पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनिकरण हुने र जंगली जनावर सुरक्षित हुुने आशा गरिएको बताए। उक्त पुलमा क्यामरा जडान गरिएको छ। यसरी निर्माण भएको ब्रिजमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका ९ थान क्यामरा ट्रयाप राखिएको छ। क्यामरा ट्रयाप ६ महिनासम्म राखेर नियमित रुपमा अनुगमन गरिने थपलियाले बताए। जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर व्रिज निर्माण गरिएको छ।
थाहाबाट
बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्न गुल्मी
असोज १३ , २०७६ गुल्मी ः दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।
दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि व्यापारीहरु तम्घासमा आउन थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन् ।
वडादशैंको चहलपहल बढन थालेसँगै बजारमा बिभिन्न स्थानबाट किनमेल गर्न आउने भएकाले लक्षित गरेर भेडा च्याङग्रा बिक्री ल्याउनेहरुको सुरु भएको छ । यस वर्षको वडादशैंका लागि पनि छिमेकी जिल्लाबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएको बाग्लुङ निसी खोला गाउँपालिका वडा नम्बर ४ का चुरामणी भट्टराइले बताए ।

२२ वर्ष यता भेडा च्याङग्रा पाल्दै आएका उनले पछिल्लो ५ वर्ष यता छिमेकी जिल्लाहरुमा बिक्री गर्न ल्याउन थालेको बताए । हाल उनीसंग झण्डै ६ सय वढि भेडा च्याङग्रा रहेका बताएका छन् ।
एउटा भेडाको १८ हजारसम्म पर्ने र प्रति केजी १ हजार पर्ने गरेको हेरिकन बिक्री गर्ने गरेका छन् । भट्टराईले हाल बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर बिक्री गर्ने गरेको बताए । वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उनको भनाई छ ।
सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि बढाउदै लगेको बताए । वर्षिक ४ सय भन्दा वढि भेडा बिक्री गर्दै आएका भट्टराइले वर्षिक ४ लाख वढि कमाइ हुने गरेको बताए ।
पहिलो चरण झण्डै १ सय वटा भेडा च्याङग्रा बिक्री गर्न ल्याएका भट्टराइले धेरै संख्यामा लिएर हिडन समस्या पर्ने भएकाले थोरै थोरै लिएर हिड्ने गरेको भनाई छ । बिक्री गरेर सकेर पुन अर्को लटमा ल्याएर बिक्री गर्ने गरेको भेडा च्याङग्रा व्यवसायी बताउछन् ।

बिक्री गर्न लिएर हिडदा प्रशासनले समस्या पार्ने गरेको व्यबसायीहरु बताउछन् । सरकारी क्षेत्रबाट व्यवसाय गर्न सहयोग पनि नपाएको र बिक्री गर्न लिएर हिड्दा भेटेनरीको कागज खोज्ने गरेर दुःख दिने गरेको बताउछन् ।
गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ । गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो ।
कुसुमको मुलको पानी भित्र जवानी बजारमा
१३ असोज, गुल्मी । दशैं पर्वको मुखैमा गायिक कल्पना कुसुमको मुलको पानी भित्र जवानी पोखिएको छ । यो जवनाी वास्ताबिकता नभइ सर्बजनिक भएको गीतमा हो ।गीत संगीतको क्षेत्रमा अब्बल गायिका कल्पना कुसुमको ‘मुलको पानी’ सार्बजनिक भएको छ । यस्तै एउटा यथार्थ कथा बस्तु हालै सार्बजनिक गरिएको कल्पनाको ‘मुलको पानी’ बोलको गीतमा भेटाउन सकिन्छ । गायिक कल्पना र बालकृष्ण पाण्डेको सुमधुर स्वर रहेको गीत राजकुमार बगरको लय शब्द रहेको छ ।युवा पिढिहरुको मनो भावलाई टपक्कै टिपेर तयार गरिएको गीतमा माया लगाउन मन भएको कथा खोलिएको छ । गीतको सुरुमै भनिएको मुलको पानी बगेर जाने, फूलको वास्ना हावामै हराउने जवानी यसले एउटा समयको गीतमा माया प्रेमका शब्द भाव समेटिएको छ । गीतमा माया प्रेम लगाउन मन भएको कथा बस्तु समेटिएको छ । जुगजाने माया लगाउन मन भएको मनोभाव व्यक्त गरिएको कथा बस्तुमा गीत सर्बजनिक भएको गायिक कल्पना कुसुमले बताइन् ।माया लगाउन मन भएको र मन मराउनेको प्रतिक्षामा रहेको कथा बस्तु गीतमा उल्लेख छ ।
मन भित्रको साथी कहाँ होला कस्तो होला भन्ने कौतुहलता भएको कथा बस्तु पनि गीत रहेको गायिका कुसुमले बताइन् ।माया प्रेममा आधारित कथा बस्तुमा तयार गरिएको गीत धेरै दर्शक श्रोताले मन पराउने कुसुमको भनाई छ । गीत कल्पना कुसुम नामको आफ्नै यूट्युव च्यानबाट सार्बजनिक गीतमा पल शाहा र स्मारिका कुँवर अभियनय रहेको छ । गीत बि स्टार फिलिल्सले बजार व्यवस्थापन गरेको हो ।


















