काँग्रेसले बसालेको संविधानको जग नेकपाले भत्काउन लाग्यो : नेता थापा

0
467

गुल्मी, असोज १४ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले नेपाली काँग्रेसले संविधानको जग बसालेको हो तर वर्तमान नेपाल कम्युनिष्टको सरकारले भत्काउन लागेको बताए । सोमबार नेपाली काँग्रेस धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेले आयोजना गरेको भव्य आमसभालाई सम्बोधन गर्दै नेता थापाले धेरै लामो समय लगाएर नेपाली जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले जनताको हितमा हुने खालको संविधानको जग नेपाली काँग्रेसले बसालेको थियो जगको तला थप्ने जिम्मा नेपाली नागरिकले वर्तमान नेपाल कम्युनिष्ट पार्टीलाई दिएका थिए ।

तर आज नेपाल कम्युनिष्ट पार्टीको सरकारले दुई वर्ष बितिसक्दा ठिक उल्टो काम गरि संविधानको जग भत्काउन लागेको नेपाली जनताले महसुस गरेको बताए । उनले देशको ढिकुटी रित्ताएर भिख माग्दा पनि नपत्यौने अवस्थामा पुगेको मात्र हैन अन्तराष्ट्रिय नजरमा सरकार गिरीसकेको आरोप समेत लगाउनु भयो । आज देशमा अत्याधिक गरिबीको भार बोक्न नसकी बाहिर खाडी मूलुकहरुमा पसेका युवाहरुको रगत पसिनाको रेमिटान्समा उफ्रेको कम्युनिष्ट सरकारले देशलाई टाट पल्टाउने दिशातर्फ उन्मुख भएको बताए । त्यस्तै अरुको कुरा नसुन्ने तानासाह अधिनायकवाद तिर उन्मुख भएको पार्टी कुनै बिचार नभएको नेकपाको सरकारसँग देश र जनताले अब संवृद्धिको आशा गर्नु बेकार भएको भन्दै नेता थापाले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार यदि बरालियो भने त्यसलाई सहि ट्रयाकमा ल्याउन र खबरदारी गर्नका लागि नेपाली जनताले काँग्रेसलाई शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मा दिएको बताए । उनले गुल्मी जिल्लाले दुई ठुला र शक्तीशाली मन्त्री पाएता पनि जिल्लामा विकासले कुनै पनि गति नलिएको र मन्त्रीहरु प्राय केन्द्रीय शक्तीसँगै रमाएको भन्दै दुःख व्यक्त गर्दै उनले भने–“जनता अन्याय पर्दा पनि सही न्याय दिन नसकेको न्यायलयको कुराले दुःख लागेको छ ।” पार्टी भित्रको आन्तरिक समस्या भन्दा पनि राष्ट्रिय समस्यालाई सर्वोपरि मान्दै सानातिना कुरालाई बिर्सेर अघि बढ्न सम्पूर्ण लोकतन्त्र प्रेमी लाई आग्रह पनि गरे । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, अर्घाखाँचीका विष्णु मुस्कान, महासमिति सदस्य छन्द बहादुर पहराई, नेपाली काँग्रेस गुल्मीका आमन्त्रीत जिल्ला सदस्य पदम बिस्ट, दलित संघ अर्घाखाँचीका जिल्ला सदस्य कृष्ण बहादुर परियारले मन्तव्य राखेका थिए ।

१०० जना भन्दा बढी विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सम्पूर्ण पदाधीकारी, नेपाली काँग्रेस अर्घाखाँचीका पदाधीकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।

SHARE