बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्न गुल्मी

0
864

असोज १३ , २०७६ गुल्मी ः दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।
दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि व्यापारीहरु तम्घासमा आउन थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन् ।
वडादशैंको चहलपहल बढन थालेसँगै बजारमा बिभिन्न स्थानबाट किनमेल गर्न आउने भएकाले लक्षित गरेर भेडा च्याङग्रा बिक्री ल्याउनेहरुको सुरु भएको छ । यस वर्षको वडादशैंका लागि पनि छिमेकी जिल्लाबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएको बाग्लुङ निसी खोला गाउँपालिका वडा नम्बर ४ का चुरामणी भट्टराइले बताए ।


२२ वर्ष यता भेडा च्याङग्रा पाल्दै आएका उनले पछिल्लो ५ वर्ष यता छिमेकी जिल्लाहरुमा बिक्री गर्न ल्याउन थालेको बताए । हाल उनीसंग झण्डै ६ सय वढि भेडा च्याङग्रा रहेका बताएका छन् ।
एउटा भेडाको १८ हजारसम्म पर्ने र प्रति केजी १ हजार पर्ने गरेको हेरिकन बिक्री गर्ने गरेका छन् । भट्टराईले हाल बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर बिक्री गर्ने गरेको बताए । वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उनको भनाई छ ।
सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि बढाउदै लगेको बताए । वर्षिक ४ सय भन्दा वढि भेडा बिक्री गर्दै आएका भट्टराइले वर्षिक ४ लाख वढि कमाइ हुने गरेको बताए ।
पहिलो चरण झण्डै १ सय वटा भेडा च्याङग्रा बिक्री गर्न ल्याएका भट्टराइले धेरै संख्यामा लिएर हिडन समस्या पर्ने भएकाले थोरै थोरै लिएर हिड्ने गरेको भनाई छ । बिक्री गरेर सकेर पुन अर्को लटमा ल्याएर बिक्री गर्ने गरेको भेडा च्याङग्रा व्यवसायी बताउछन् ।


बिक्री गर्न लिएर हिडदा प्रशासनले समस्या पार्ने गरेको व्यबसायीहरु बताउछन् । सरकारी क्षेत्रबाट व्यवसाय गर्न सहयोग पनि नपाएको र बिक्री गर्न लिएर हिड्दा भेटेनरीको कागज खोज्ने गरेर दुःख दिने गरेको बताउछन् ।
गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ । गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो ।

SHARE