सागका लागि २० ब्याडमिन्टन खेलाडी छनोट

0
354

असोज १५, २०७६ ः १३औं दक्षिण एशियाली खेलकुदका लागि नेपाल ब्याडमिन्टन संघले २० खेलाडी छनोट गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको छनोट प्रतियोगितामा समान १० पुरुष र १० महिला अन्तिम चरणको प्रतियोगिताका लागि स्थान बनाउन सफल रहे। संघका सचिव नवीनविक्रम शाहले आठौं राष्ट्रिय खेलकुदबाट पहिलो चरणमा छनोट भएका १७ पुरुष र १७ महिला खेलाडीलाई बन्द शिविरमा राखी प्रशिक्षण दिँदै आएको र सोही मध्येबाट अन्तिम चरणका लागि १०(१० जना खेलाडी छनोट गरिएको जानकारी दिए। सोमबारबाट सुरु भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, विष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छनोट भएका छन्। यस्तै, महिला तर्फ नङ्गशल तामाङ, रशिला महर्जन, जेशिका गुरुङ, सिमा राजवंशी, पूजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सीता राई, नीता लम्साल र शोभा गौचन रहेका छन्। खेलाडीहरूलाई साग प्रतियोगिताको तयारीका क्रममा बाँकी समय पोखरामा बन्द प्रशिक्षण दिइने छ। १३औँ सागमा ब्याडमिन्टनको प्रतिस्पर्धा पोखरा रंशालास्थित बहुउद्घेशीय कभर्डहलमा हुने कार्यक्रम रहेको छ।
थाहाबाट

SHARE