Thursday, June 4, 2026

दशैंको शुभकामनामार्फत उपनिर्वाचनमा भाग लिन आगोगको आग्रह

0

असोज १८, २०७६ काठमाडौं , निर्वाचन आयोगले बडादशैं, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिन आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा शनिबार जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ। पर्वहरूले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ।

प्रहरीले भोलिदेखि टीकाका दिनसम्म निःशुल्क बस सञ्चालन गर्ने

0

असोज १८, २०७६ काठमाडौं , नेपाल प्रहरीले महाअष्टमीदेखि टीकाका दिनसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रूटमा बस सञ्चालन गर्न लागेको हो। बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन्। यस्तै, रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन्। प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सिन्धुलीमा बस दुर्घटना ३ को मृत्यु, १७ घाइते, ५ जनाको अवस्था गम्भीर

0

असोज १८, २०७६ ः सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

साढे सात लाख भारतीय नोटसहित एक पक्राउ 

0

असोज १८, २०७६ कपिलवस्तु ः भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो। सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारततर्फ सो रकम लैजादै गर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने तयारी गरिएको सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए।

बसपार्कमै पाचँ करोडको काउन्टर भवन अलपत्र

0

हुमाकान्त पोखरेल

असोज , १८,२०७६ गुल्मी ः गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधिन टिकट काउन्टर भवन अलपत्र परेको छ । २०६८ सालबाट निर्माण कार्य सुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिदाँ बर्षौदेखि अलपत्र परेको हो । भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुन सकेको छैन । बर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ । जसले गर्दा यातायात व्यवसायी तथा स्थानीयले हैरानी खेप्दै आएका छन् । बसपार्कको आधार निर्माण गरेकै करिव दुई दशक भए । तर अझै व्यवस्थित हुन सकेको छैन् ।

बसपार्क व्यवस्थित बन्ने आशमा स्थानीय ओम बहादुर थापा, प्रेम थापा, महाशर्मा भण्डारी लगायतले चार रोपनी जग्गा दिए । तर बर्षौ बिते आशा पुरा भएन् । बरु हिलो र धुलोसंगैको दुर्गन्धले पीडित बन्नु परेको छ । ‘राम्रो र व्यवस्थित बसपार्क बनाउने भन्दै जग्गा मागे, हामिले दियौँ ।’ जग्गादाता ओम बहादुर थापाले भने, ‘अहिले आशा निराशामा परिणत भएको छ ।’ त्यसका साथै उनले बसपार्कमा बन्न सुरु गरेको भवन अझै पुरा नहुनु, २० बर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको बताए । बसपार्कको आधा भाग नै भवनले ओगटेको छ । त्यसलाई स्थानीय र व्यावसायीहरुले गलत डिजाइन भन्दै आएका छन् । जथाभावी पार्किङ्ग, ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदुषित बन्दै गएको स्थानीय महेश्वर घिमिरेले बताए ।

घरमै गाडी ल्याउदा तिनुपर्छ पैसा

बसपार्क व्यवस्थित नहुँदा बर्षैदेखिको समस्या यथावत छ । तर बसपार्क व्यवस्थापन गर्नुको सट्टा रेसुङ्गा नगरपालिकाले ठेक्का लगाएर पार्किङ्ग शुल्क लिइरहेको छ । तर नागरिक र व्यावसायीहरुले पार्किङ्ग शुल्क लिए जस्तो सुविधा नभएको गुनासो गर्छन् । स्थानीयले बसपार्क व्यवस्थित गर्न नगरपालिकासँग पटक–पटक माग गरेका छन् । नगरपालिकाले भने केहिबेर थुमथुम्याउने काम मात्रै गरिरहेको बसपार्कमै मोटरपार्टसको व्यावसाय गर्दै आएका बिरेन्द्र श्रेष्टले बताए । स्थानीयले बसपार्क व्यवस्थित गरी कालोपत्रे गर्नुपर्ने माग गरेपनि पुरा भएको छैन् । कुनै पनि बसपार्कमा पार्किङ शुल्क लिनु नियमसंगत छ । तर गाडी फर्काउनकै लागि लैजानु वा कुनै व्यक्तिगत प्रयोजनका लागि गाडी पु¥र्याएर पार्किङ शुल्क लिनु कति उचित ? बसपार्कमा यस्तै अनावश्यक पार्किङ शुल्कले पनि स्थानीय आजित भएका छन् । ‘आफ्नै घरमा गाडी ल्याएको पार्किङ शुल्क तिर्नुपर्छ ।’ बसपार्कका एक जग्गादाता महाशर्मा भण्डारीले भने, ‘विकासप्रेमी भएर निशुल्क जग्गा प्रदान गर्नेहरुले नै अहिले उल्टै घर आउँदा पार्किङ्ग शुल्क तिर्नुपरेको छ ।’

ट्राफिक व्यवस्थापनमा चुनौति

पछिल्लो समय बसपार्कमा भन्दा सडकमै धेरै सवारी साधन रोकिन्छन् । अहिलेकै अवस्थामा ३० प्रतिशत बस, मिनिबस र जीपहरु मात्रै बसपार्क हुन्छन् । ७० प्रतिशत सवारीहरुको पार्किङ्ग सडक छेउनै हो । जसका कारण दशैतिहारलाई केन्द्रित गरेर कुनै पनि सवारी साधनलाई दिउँसोमा समान लोड अनलोड गर्न नपाइने, होटलहरुबाट यात्रु राख्ने र झार्न नपाइने नियम बनाइएको छ । तर त्यो नियम कार्यान्यनमा समस्या देखिएको छ । साँघुरो सडकमा सवारी साधन बढि र पार्किङ्गको लागि बसपार्कको राम्रो व्यावस्था नभएकाले निकै मुस्किल परेको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्यले बताए ।

दुर्घटनाको जोखिम बढ्दै

बसपार्क व्यवस्थित नभएको र निर्माणाधिन भवन अलपत्र परेको कारण उदिनढुङ्गा चोकको ओरालोमा काउन्टर छन् । नागरिकको दैनिक भीड हुन्छ । ओरालो चोकको कारण दुर्घटनाको संभावना समेत त्यतिकै रहेको छ । गुल्मी यातयात व्यावसायी समितिका कार्यालय प्रमुख डोल बहादुर कुवरले काउन्टरको लागि जग्गा प्राप्त भए पनि काम नहुँदा बाटोमै भाडामा काउन्टर लिएर गाडी छुट्याइरहेको गुनासो गरे ।

बिनासम्झौता पार्किङ शुल्क उठाइयो
पार्किङ शुल्क उठाउनको लागि रेसुगां नगरपालिकाले टेन्डर आह्वान ग¥र्यो । सुयोशा कन्ट्रन्सनले टेन्टर पायो पनि । यसरी टेन्डर प्राप्त गरिसकेपछि सम्झौता गरिसकेपछि मात्र काम संचालन गर्नुपर्ने कानुनी मान्यता छ । उदिनढुङ्गा बसपार्कमा कन्ट्रक्सनले बिना सम्झौता पार्किङ शुल्क उठाइरहेको छ । यस सम्बन्धमा रेसुगां नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले निर्माण व्यवसायीले एकैपटक अपुरो रकम बुझाउन खोजेकोले सम्झौता नगरिएको प्रतिक्रिया दिए । पार्किङ शुल्क उठाउनको लागि कन्ट्रक्सनले तीन लाख ५० हजार दुई सयमा ठेक्का लिएको छ ।

तीन करोड ६० लाख फ्रिज

पहिले शहरी विकास तथा भवन डिविजन कार्यालय कार्यालय पाल्पा मातहतमा रहेको भवन अहिले शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मातहतमा छ । निर्माणाधिन भवनमा शैचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको छ । २०६८ सालबाट निर्माण कार्य सुरु भएको भवनको चार करोड ९१ लाखको इस्टिमेट छ । तर अहिलेसम्म ६० लाखको मात्र काम भएको छ । जसमध्ये भ्याट बाहेक ५० लाख ३३ हजार भुक्तानी भएको शहरी विकास तथा भवन डिविजन कार्यालय, पाल्पाका प्रमुख हरीभत्त श्रेष्ठले जानकारी दिए । त्यसपछि ०७४ को वैशाखमा तीन करोडको टेन्डर आह्वान भयो । तर शहरी विकासले मूल्याकंन गरिदिएन । जसले गर्दा विनियोजित रकम पनि कार्यान्वयन हुन सकेन । अहिले ०७६ को वैशाखमा ६० लाख विनियोजन भयो । तर टेन्डर गर्ने समय पुगेन । भने वसपार्क व्यवस्थापन समितिले काम नगर्दा त्यो पनि फ्रिज भयो । भवनको लागि हालसम्म विनियोजित तीन करोड ६० लाख फ्रिज भएको छ । पटक–पटक विनियोजन गरेको बजेटबाट काम नभएपछि यो बर्ष सरकारले पाचँ लाख विनियोजन गरेको छ ।

पाल्पा कार्यालयको लाहपरवाहिले समस्या
कार्यालयको स्वामित्व ग्रहण गरेको संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीका कार्यालय प्रमुख राजेन्द्र पाण्डेले शहरी विकास तथा भवन डिविजन कार्यालय पाल्पाले लाहपरवाही गरेको कारण भवन समयमै निर्माण हुन नसकेको आरोप लगाए । आर्थिक बर्ष ०७४ मा विनियोजित तीन करोडबाट टेन्डर भइसकेपछि मूल्याकंन गरी सम्झौता गरेको भए भवन पहिल्लै नि बनिसक्ने उनले दाबी गरे । तर अब थप रकम केन्द्रमा माग गरिएको र रकम पठाएपछि काम सुरु गरिने उनले बताए ।
पार्किङ शुल्कको सम्बन्धमा रेसुगां नगरपालिकाका मेयर डिल्लिराज भुसालले निर्माण व्यवसायीले आफुखुसि पार्किङ शुल्क लिएको आरोप लगाए । त्यसका साथै नियमलाई अटेर गरी नियमबिपरित पार्किङ शुल्क लिने निर्माण व्यवसायीलाई कारवाहि गर्ने समेत उनले जानकारी दिए ।

गुल्मीका ९२ वटा उजुरी अख्तियारमा

0

तिलाचन पाण्डे
असोज १७ , २०७६ गुल्मी ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ९२ वटा उजुरीहरु परेको कार्यलयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार संघ अन्र्तगत शिक्षासंग संबन्धीत १ , भौतिक पुर्वाधार अन्र्तगत ७ , भूमि सहकारी गरीबी निवारण अन्र्तगत ३ , गृह अन्र्तगत १ , कृर्षि अन्र्तगत १ , जलस्रोत अन्र्तगत ५ , खानेपानी अन्र्तगत १ , अर्थ मन्त्रालय संग संबन्धीत २ वटा उजुरी परेको जानकारी दिए ।
यस्तै प्रदेश संग संबन्धित उजुरीहरु मध्ये भौतिक पूर्वाधार अन्र्तगत ४ , पर्यटन तथा बन बाताबरण अन्र्तगत २ , कृर्षि पशुपालन अन्र्तगत २ वटा , सामाजिक बिकास मन्त्रालय अन्र्तगत १ , सिंचाई तर्फ ४ र पर्यटन उधोग अन्र्तगत २ वटा उजुरी परेको कार्यलयले जनाएको छ ।
यस्तै स्थानीय तह अन्र्तगत शिक्षामा २३ वटा र संघिय मामीला तथा भबनहरु निर्माण संगै कर्मचारी नियुक्तिको बिषयमा उजुरीहरु परेको भुसालले जानकारी दिए । ९२ वटा उजुरीहरु मध्ये बिहीबार सम्म ५७ वटा मुद्धाहरुको छिनोफानो भइसकेको भुसालले जानकारी दिए ।
अख्तियारको कार्यलय बुटवलमा हालसम्म एक हजार ३२० उजुरीहरु परेकोमा ८३६ वटा मुद्धाहरुको किनारा लागिसकेको कार्यलयको दाबी छ । हालसम्म १४ वटा रंगेहात प्रक्राउ गरिएको जसबाट ४२ लाख ३२ हजार पाचँसय रुपैयाँ जफत गरिएको छ । यस्तै १७ मुद्धाहरु दर्ता गरिएको र १ करोण ७४ लाख ३२ हजार १२७ रुपैया असुल उपर गरिएको कार्यलयले जनाएको छ ।

नगरपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम काग्रेसका जनप्रतिनिधिहरुद्धारा बहिष्कार

0

तिलाचन पाण्डे
असोज १६ , २०७६ गुल्मी ः बिगत दूई महिना अगाडी देखी नगरपालिकाले कार्यपालिकाको बैठक नबोलाएको भन्दै जनप्रतिनिधिहरुले शुभकामना आदान प्रदान कार्यक्रम नै बहिष्कार गरेका छन् ।
बिहीबार रेसुंगा नगरपालिका गुल्मीले तम्घासको बालमन्दिरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काग्रेसका जनप्रतिनिधहरुले कार्यक्रमनै बहिष्कार गरेका हुन् ।
रेसुंगा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष खुम बहादुर खत्रीका अनुसार नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई कार्यपालिकाको बैठक बोलाउनका लागि आग्रह गरेता पनि मेयरले आनाकानी गरेको भन्दै बैठक संचालन नभए सम्म नगरपालिकाका औपचारिक कार्यक्रमहरुमा सहभागीता नजनाउने निर्णय भएको उनले बताए ।
पटक पटक मेयर साप र प्रमूख प्रशासकीय अधिकृतलाई कार्यपालिकाको बैठक बोलाउनका लागि आग्रह गरेको दाबी गर्दै यस समयमा चाडपर्ब र कर्मचारीहरुका बारेमा धेरै छलफल गर्नु पर्ने समयमा कार्यपालिकाको बैठक नबोलाएकाले काग्रेस निकट जनप्रतितिनिधिहरुले औपचारिक कार्यक्रमहरुमा सहभागिता नजनाउने खत्रीले दाबी गरे ।
यता रेसुंगा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले काग्रेसका जनप्रतिनिधिले हामीहरुको आन्तरिक छलफलहरु बाँकी भएकाले कार्यपालिकाको बैठक नबोलाउन आग्रह गरेकाले नै बैठक नबोलाएको दाबी गरे । उनले वडा नं तीनका वडा अध्यक्ष थम्मन बाहादुर केशीले आफूसंग आएर आग्रह गरेका कारण कार्यपालिकाको बैठक नबोलाएको बताए ।
यता वडा नं तीनका वडा अध्यक्ष केशीले भने आन्तरिक रुपमा केही बिषयहरु रहेकाले छलफलको लागी समय मागेको दाबी गरे । उनले आन्तरिक बिषयहरु भएकाले अहिले केही बोल्न नचाहेको बताए ।

लागुऔषधसहित कपिलवस्तुबाट दुईजना पक्राउ

0

असोज १६, २०७६ कपिलवस्तु: कपिलवस्तुमा लागुऔषधसहित दुईजना पर्काउ परेका छन्। जिल्लाको वाणगंगा नगरपालिका-५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका-११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रहमान रहेका छन्। उनीहरूको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागुऔषध, नगद १३ हजार नेपाली र भारतीय नगद १ हजार पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनीहरूले लागुऔषध भारतबाट खरिद गरी कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा बिक्री-बितरण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
थाहाबाट

विकासको अभियानमा मिलेर अगाडि बढौँ ः महासचिव पौडेल

0

असोज १६, २०७६ रुपन्देहीस् पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको बिहीबार उद्घाटन गर्दै उनले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे। उनले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने बताए। महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाए। उनले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्‍न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताए। ुयो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ।ु उनले भने। आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उनको भनाइ थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताउए। उनले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुने बताए।

दशैंको पाँचौ दिन स्कन्द माताको पूजा

0

असोज १६ , २०७६  , नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ। दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा बिहीबार पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ। राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन्। उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
थाहाबाट