नगरपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम काग्रेसका जनप्रतिनिधिहरुद्धारा बहिष्कार

0
410

तिलाचन पाण्डे
असोज १६ , २०७६ गुल्मी ः बिगत दूई महिना अगाडी देखी नगरपालिकाले कार्यपालिकाको बैठक नबोलाएको भन्दै जनप्रतिनिधिहरुले शुभकामना आदान प्रदान कार्यक्रम नै बहिष्कार गरेका छन् ।
बिहीबार रेसुंगा नगरपालिका गुल्मीले तम्घासको बालमन्दिरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काग्रेसका जनप्रतिनिधहरुले कार्यक्रमनै बहिष्कार गरेका हुन् ।
रेसुंगा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष खुम बहादुर खत्रीका अनुसार नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई कार्यपालिकाको बैठक बोलाउनका लागि आग्रह गरेता पनि मेयरले आनाकानी गरेको भन्दै बैठक संचालन नभए सम्म नगरपालिकाका औपचारिक कार्यक्रमहरुमा सहभागीता नजनाउने निर्णय भएको उनले बताए ।
पटक पटक मेयर साप र प्रमूख प्रशासकीय अधिकृतलाई कार्यपालिकाको बैठक बोलाउनका लागि आग्रह गरेको दाबी गर्दै यस समयमा चाडपर्ब र कर्मचारीहरुका बारेमा धेरै छलफल गर्नु पर्ने समयमा कार्यपालिकाको बैठक नबोलाएकाले काग्रेस निकट जनप्रतितिनिधिहरुले औपचारिक कार्यक्रमहरुमा सहभागिता नजनाउने खत्रीले दाबी गरे ।
यता रेसुंगा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले काग्रेसका जनप्रतिनिधिले हामीहरुको आन्तरिक छलफलहरु बाँकी भएकाले कार्यपालिकाको बैठक नबोलाउन आग्रह गरेकाले नै बैठक नबोलाएको दाबी गरे । उनले वडा नं तीनका वडा अध्यक्ष थम्मन बाहादुर केशीले आफूसंग आएर आग्रह गरेका कारण कार्यपालिकाको बैठक नबोलाएको बताए ।
यता वडा नं तीनका वडा अध्यक्ष केशीले भने आन्तरिक रुपमा केही बिषयहरु रहेकाले छलफलको लागी समय मागेको दाबी गरे । उनले आन्तरिक बिषयहरु भएकाले अहिले केही बोल्न नचाहेको बताए ।

SHARE