साढे सात लाख भारतीय नोटसहित एक पक्राउ 

0
497

असोज १८, २०७६ कपिलवस्तु ः भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो। सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारततर्फ सो रकम लैजादै गर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने तयारी गरिएको सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए।

SHARE