लागुऔषधसहित कपिलवस्तुबाट दुईजना पक्राउ

0
430

असोज १६, २०७६ कपिलवस्तु: कपिलवस्तुमा लागुऔषधसहित दुईजना पर्काउ परेका छन्। जिल्लाको वाणगंगा नगरपालिका-५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका-११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रहमान रहेका छन्। उनीहरूको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागुऔषध, नगद १३ हजार नेपाली र भारतीय नगद १ हजार पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनीहरूले लागुऔषध भारतबाट खरिद गरी कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा बिक्री-बितरण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
थाहाबाट

SHARE