प्रहरीले भोलिदेखि टीकाका दिनसम्म निःशुल्क बस सञ्चालन गर्ने

0
552

असोज १८, २०७६ काठमाडौं , नेपाल प्रहरीले महाअष्टमीदेखि टीकाका दिनसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रूटमा बस सञ्चालन गर्न लागेको हो। बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन्। यस्तै, रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन्। प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

SHARE