गुल्मीका ९२ वटा उजुरी अख्तियारमा

0
443

तिलाचन पाण्डे
असोज १७ , २०७६ गुल्मी ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ९२ वटा उजुरीहरु परेको कार्यलयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार संघ अन्र्तगत शिक्षासंग संबन्धीत १ , भौतिक पुर्वाधार अन्र्तगत ७ , भूमि सहकारी गरीबी निवारण अन्र्तगत ३ , गृह अन्र्तगत १ , कृर्षि अन्र्तगत १ , जलस्रोत अन्र्तगत ५ , खानेपानी अन्र्तगत १ , अर्थ मन्त्रालय संग संबन्धीत २ वटा उजुरी परेको जानकारी दिए ।
यस्तै प्रदेश संग संबन्धित उजुरीहरु मध्ये भौतिक पूर्वाधार अन्र्तगत ४ , पर्यटन तथा बन बाताबरण अन्र्तगत २ , कृर्षि पशुपालन अन्र्तगत २ वटा , सामाजिक बिकास मन्त्रालय अन्र्तगत १ , सिंचाई तर्फ ४ र पर्यटन उधोग अन्र्तगत २ वटा उजुरी परेको कार्यलयले जनाएको छ ।
यस्तै स्थानीय तह अन्र्तगत शिक्षामा २३ वटा र संघिय मामीला तथा भबनहरु निर्माण संगै कर्मचारी नियुक्तिको बिषयमा उजुरीहरु परेको भुसालले जानकारी दिए । ९२ वटा उजुरीहरु मध्ये बिहीबार सम्म ५७ वटा मुद्धाहरुको छिनोफानो भइसकेको भुसालले जानकारी दिए ।
अख्तियारको कार्यलय बुटवलमा हालसम्म एक हजार ३२० उजुरीहरु परेकोमा ८३६ वटा मुद्धाहरुको किनारा लागिसकेको कार्यलयको दाबी छ । हालसम्म १४ वटा रंगेहात प्रक्राउ गरिएको जसबाट ४२ लाख ३२ हजार पाचँसय रुपैयाँ जफत गरिएको छ । यस्तै १७ मुद्धाहरु दर्ता गरिएको र १ करोण ७४ लाख ३२ हजार १२७ रुपैया असुल उपर गरिएको कार्यलयले जनाएको छ ।

SHARE