Friday, June 5, 2026

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे

0

अनिल खत्री,  गुल्मी कार्तिक ५।
गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् ।
तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम सम्पन्न भएको हो । गुल्मी सदरमुकाम तम्घास जोडिने सडकपछि सदरमुकाम बाहिर ग्रामीण भेगमा पुग्ने सडकमध्ये तम्घासदेखि सिमलटारीसम्म पुरै सडक कालोपत्रे सकिएको छ । तम्घासबाट सिमलटारीसम्म ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य अगाडी बढेको थियो ।
केही भाग बाहेक सबै छल्दी खोलाबाट सवारी साधानहरु आवतजावत गर्ने गर्दथे । तर सडक सुचाररु भएको झण्डै ३० वर्ष पछि भने कालोपत्रे भएको छ । सडक पक्की भएसँगै यस भेगमा यात्रा गर्ने सवारी साधन र स्थानीय ढुक्कसँग यात्रा गर्ने गर्छन् । तम्घासबाट सिमलटारी पुग्नका लागि पहिले ढाइ घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ । बाटो पक्की पछि यसभेगका स्थानीय खुसी छन् । ठूलो सडक त्यसमाथी कालोपत्रेमा यात्रा गर्न पाउदा यसभेगका स्थानीय सुखको अनुभूति गरेका छन् ।

सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका, इस्मागाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित भएका छन् । बाटो पक्की भएपछि सवारी साधनको भाडा पनि घटेको छ । भाडा घटेसँगै पक्कीबाटोमा यात्रा गर्दा यसभेगमा चल्ने सवारी साधान र यात्रु स्थानीयलाई सहज भएको बताउछन् । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो ।

सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको हो । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिीनियर सुनित केसी बताए । ८७ करोड ९१ लाखको लागत रहेको सकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको इन्जिीनियर केसी बताए । तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदनभण्डारी राजमार्गले जनाएको छ ।

राजमार्गको अन्य सडक चिन्ह्, किलोमिटर लगायतका संकेतहरु राख्नको निम्त काम भइरहेको आयोजनाले जनाएको छ । सोहि राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ । सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने कार्य अगाडी बढेको छ ।

गुल्मीका सिडीयो यदुनाथ पौडेलका १६ महिनामा १६ जनमैत्री काम

0

अनिल खत्री, गुल्मी कार्तिक ५ ।
कुशल प्रशासक जसले आफनो कार्यालकालाई जनमैत्री बनाउने प्रयास गरे । सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेका छन् ।
गुल्मी जिल्लामा ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले चाहे परिर्वतन गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) पौडेलेको गुल्मी बसाईको १६ महिना १६ वटा भन्दा वढि जनमैत्री कामहरु भए ।

प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा भएका जुन कार्यले नागरि र समाजमा सुशासनमा महत्पूर्ण टेवा थपेको छ । धेरै कामहरु भए तर त्यसमध्ये सस्तो लोकप्रिय कमाउने भन्दा पनि नागरिकलाई प्रत्यक्ष रुपमा त्यसले फाइदा पार्ने खालका कामहरु भएका छन् । जसले नागरिकमा प्रत्यक्ष प्रभाव पर्ने गरि कार्य गरे । अन्य कार्यालयको समेत अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केहि गर्न सकिन्छ भन्ने सन्देश दिनेगरि कामको सुरुवात गरे ।

पहिलो काम : नागरिक सहायता कक्षा स्थापना

सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अत्य गर्ने काम गरे । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कुनैपनि काम गर्न जाँदा कसैलाई लगेर काम गराउनु पर्ने बाध्यतालाई अत्य गर्ने काम गरे । प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो । यसले नागरिकहरुमा काममा निकै सहज बनाएको छ । प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बनाए प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण प्रमुख जिल्ला अधिकारीले बनाए ।

दोस्रो काम : बिचौलीयाको ढोका बन्द

नागरिता सायता कक्ष स्थापनाले नागरिकलाई सहज मात्रै भएन । जसले सेवाग्रहीको ठूलो आर्थिक रकम बचत गरिदियो । सहायता कक्ष स्थापनको अबधीमा झण्डै १० हजार सेवाग्रहीका बिभिन्न निबेदन लेखियो । जसबाट बिचौलिहाबाट सेवाग्रही ठगिनबाट बन्चीत भए । यसबाट झण्डै १ करोड बचत भयो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलले परेको निकै महत्वपूर्ण र जनमैत्री काम हो । यो कार्यले जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन पुग्ने सहज र सरल बनेको छ ।

तेस्रो काम : २४० प्रतिशत भाडा घटाइयो

निकै चुनौतीपूर्ण रहेर जिल्लाका सडकहरु स्तर उन्नती हुँदा समेत सवारी साधनको भाडा समायोजन नहुदा यातायात व्यवसायीबाट ठगिएका गुल्मेलीहरुलाई भाडा समायोज गरियो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलको तेस्रो महत्वपूर्ण काम हो। गुल्मीका यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडक स्तर उन्नती भएपछि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भयो । जिल्लामा ०७३ सालमा कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो ।

जिल्लाका बिभिन्न स्थानका सडकहरु स्तर उन्नती र केहि सडकहरु कालोपत्रे समेत हुदा सार्वजनिक यातायातका पुरानै भाडा कायम थियो । नयाँ भाडा दर अनुसार पहिले तिर्ने गरेको भाडामा २ सय ४० प्रतिशत कम भाडा दर कामय भएको छ । यसले धेरै नागरिकलाई सहज मात्रै होइन धेरै आर्थिक रकम बचत भएको छ। अहिले कायम गरिएको नयाँ भाडा दर अनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । अहिले कायम भएको भाडाअनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो ।

त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ । त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैयाँ कायम गरिएको छ । बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको छ । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् । यो काम प्रमुख जिल्ला अधिकारी पौडेलको सक्रियतामा गरियो ।

चौथो काम : कार्यालयमा डिजीटल वडापत्र

प्रशासनमा डिजिटल वडापत्र राख्ने काम पनि भयो । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । यसले पनि सेवाग्रहीलाई काम गर्न सहज भएको छ । कार्यालयको गेटमै पुग्ने सेवाग्रहीले सजिलैसँग टिभीमा कुन शाखामा कुन कर्मचारीले के सेवा दिन्छ भन्ने पाउन सक्छन् । कुनैपनि सेवा लिन जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुग्ने अल्मलिनु पर्ने बाध्यता डिजिटल नागरिक वडापत्रले गरिदिएको छ । यो कार्म प्रमुख जिल्ला अधिकारी पौडेललेको नागरिक मैत्री चौथो काम हो ।

पाँचौ काम : नशिुल्क इन्टरनेट

अहिलेको युग प्रबिधिीको युग हो । यो युगमा धेरै कामहरु इन्टरनेटको मात्तयमबाट गर्न सकिन्छ । त्यसलाई मध्यजनर राखेर सेवाग्रहीलाई काम गर्न सहज प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट पनि राखिएको छ । यसले कुनै पनि जानकारी लिन पठाउनको लागि सहज बनाइने काम भएको छ । प्रशासनमा बसेर कुनैपनि डकुमेन्ट पठाउन र पाउनको निम्ति इन्टरनेटले सहज बनाएको छ । यसले धेरै सेवाग्रहीको काममा सहजता ल्याएको छ । यो नागरिकमैत्रीको पाँचौ नम्बरको काम हो ।

छैठौं काम : निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था

जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्ता हटेको छ । यो सेवा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्रही बाहिर चर्को मुल्य तिर्ने गरेको पाएपछि कार्यालयमै निशुल्क पठाउने र पाउने व्यवस्था मिलाएका हुन् । यसले नागरिककको समयको बचतसँगै धेरै आर्थिक रकम बचत गरेको छ । यो कार्य नागरिक मैत्रीको अर्को महत्पूर्ण कार्य हो ।

सातौं काम : कार्यालयमै सिसीटिभी

प्रशासनको काम र सेवाग्रहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ जस्ता सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्ने गरि व्यवस्था मिलाइएको छ । यसले पनि जिल्ला प्रशासनको काममा पारदर्शिता ल्याएको छ । कुनैपनि कर्मचारीले सेवा प्रवाहमा ढिला सुस्ती गरे सिधै प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्नाले कर्मचारीहरु पनि काम प्रति जिम्मेवार भइ कार्य गर्नाले सेवाग्रहीलाई सहज बनाएको छ ।

आठौं काम : राहदानी फारममा एउटै मुल्य कायम

प्रत्यक्ष रुपमा सेवा ग्रहीको हितको निम्ति बफदार प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई धेरै सुधारका काम भएका छन् । सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरियो । यसले कुनैपनि बाहनामा चर्को मुल्य लिन नपाउने गरि नर्णिय गरियो । यो कार्यले मनोमानी रुपमा राहदानीको फोटो र फारक भदा ल्याउने मुल्यमा एक रुपता ल्याउने काम भयो । यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ ।

नबौं काम : कार्यालयमै हुलाक टिकट

सुन्दा हेर्दा सानो काम लाग्न सक्छ । तर सानो साने काम धेरैले सेवालिदा ठूलो संख्या हुन्छ । यसले नागरिकमा प्रभाव पार्दछ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरेका छन् ।यसले नागरिकको बढि मुल्य तिर्नबाट बञ्चीत गराएको छ । यो काम नागरिक मैत्री अर्को महत्पपूर्ण काम हो ।

दशौं काम : बिचल्ली वालवालिकाको उद्धार

श्रीमानले श्रीमतीको हत्य गरि बिचल्लीमा परेका जिल्लाको मदाने गाउँपालिका पुर्कोटका वालवालिकाको उद्धार गरियो । श्रीमतीको हत्यपछि श्रीमान कारगार गएपछि ३ जना वालबालिका सरक्षण र रेखदेखको अभावमा बिचल्लीमा परेका थिए । त्यस्ता बालवालिकाको प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा काठमाडौं एसोएस वालग्राम काठमाडौंमा लालन पालन गर्ने गरि पठाइयो । यो कार्यले ति बालवालिकाहरुको शिक्षा र खानपान लगायतबाट सुबिधा पाए । यो कार्य प्रजिअ पौडेलको अर्को मुख्य काम हो ।
एघारौं काम : सडक बालवालिकाको उद्धार

तम्घासका सडकमा बेवारिसे अबस्थामा मागेर खाने बालवालिकाको उद्धार गरियो । यो कार्यमा प्रमख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा बजारमा रहेका बालवालिका जम्मा गरेर उनिहरुका अभिभावक पत्ता लगाई लालन पालन गरि शिक्ष दिक्षा दिने सहमती गराई जिम्मा लगाईयो । यो कार्यले पढनबाट बञ्चीत र सडकमा बसेर मागेर भेटाए चोरेर खाने बालवालिकाको अत्य गर्ने काम भयो ।

बाह्रौं काम : १५ मिनेटमै सेवा

प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि सयम कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको छ । कुनैपनि काम छिटो गराउन कसैलाई लिएर जानुपर्ने बाध्यतालाई अत्य पनि गरिएको छ । कसैले छिटो काम गराउने बाहनामा कसैलाई लैजाने गरे । यसको काम झनै पछि गर्ने गरि सबै सेवाग्रहीलाई समान व्यावहार दिने सुरुवात यिनै प्रमुख जिल्ला अधिकारी पौडेलले गरेका छन् ।

तेहरौं काम : गाउँमै सेवा

जिल्लाका ग्रामीण बस्तीबाट सदरमुकाम सेवा लिन आउन नसक्नेहरुको लागि बिभिन्न सेवा सहित घुम्ती शिबिर राखियो । यो कार्यमा प्रमुख जिलला अधिकारी पौडेलले नेतृत्व गरे ।उनले जिल्लाका सबै ठाउँमा राखिएका घुम्ती शिबिरमा आफै पुगेर सेवा प्रवाहलाई सहजता ल्याउने काम गरे । सयले प्रशासनले सेवाग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर राखियो । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट २ हजार वढिले बिभिन्न सेवा लिए । गाउँमै सेवा पुग्दा जन्मेदेखि बृद्धा अबस्थामा पुगेर नागरिता नपाएका कतिपयले पहिलो पटक नागरिता पाए । यो कार्य असाय अशक्क्तहरुको लागि निकैप्रभावकारी बन्यो । सेवाले गाउँमै सेवासँगै गाउँमै पुगेको सेवाले सेवाग्रहीराई सेवा प्रबाहमा सहज हुनुका साथै समय आर्थिक बचत पनि गराएको छ ।

चौधौं काम : तम्घास बजारमै सिसीटिभी

अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार क्षेत्रमा सरकारी र गैर सरकारी क्षेत्रको सहयोगमा बजार भरि नै सिसीटिभी राख्ने काम भइरहेको छ । यसले बजार क्षेत्रमा चोरी डकौटी लगायत अपराधजन्य क्रियाकलापमा नियन्त्रण गर्न महत्पूर्ण भूमिका खेल्ने आशा गरिएको छ । बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्थाले व्यवसायीहरुलाई पनि ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने अनुभूति दिलाएको छ । यो कार्य प्रजिअ पौडेलको नेतृत्वमा गरिएको अर्को महत्वपूर्ण काम हो ।

पन्धौं काम : मदिरा जन्य बस्तु नियन्त्रणमा कढाई

समाजमा बढ्दो अपराधजन्य क्रियाकलापको मुख्य जडको रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा प्रशासनले खेलेको महत्वपूर्ण भूमिकाले जिल्लामा पछिल्लो समय यता घरेलु हिंसामा कमी आएको छ । यो कार्यमा प्रजिअ पौडेलले देखाएको महत्वपूर्ण भूमिकाले घरेलुहिंसामा कमी आउदा महरिाबाट उठने झै–झगडामा कमी आएसँगै प्रहरीकहाँ आउने उजुरीमा पनि कमी ल्याएको छ । हाल जिल्ला भर स्थानीय तहले मदिरा नियन्त्रणमा एकदमै कढाई र नियम नै बनाएर बिक्री गर्ने समय तालिका बनाएका छन् । पछिल्लो समय यता यस कार्यले हरेक क्षेत्रमा शान्ति सुरक्षा कमी आउनुका साथै धेरै घटना एबम् उजुरीहरुमा पनि कर्मी आएको हो ।

शोह्रौं काम : शुसान कायम गर्न मुख्य जोड

जिल्ला प्रशासनले गरेका सुधारका कार्यले अरु कार्यालयहरुले पनि अनुसरण गरेका पनि छन् । कामलाई पादर्शीता बनाई कुनै पनि व्यक्ति आफैले आफनो काम गर्न सिधैं कार्यालय प्रमुख या आफनो काम गर्ने सम्बन्धीत कर्मचारीसँग पुग्न सक्नु पनि शुसासनको एउटा महत्पूर्ण काम हो । जिल्लामा धेरै ठगीजन्य घटनाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भयो ।

जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भयो । यो कार्यको थालनी प्रशासनबाट सुरुवात भएको छ । यी १६ वटा मुख्य कामहरु बारे जानकारी गराइएपनि सयौं कामहरु छुटेका छन् । त्यस्ता कामहरु जनताले काम र सेवा लिने बेलामा अनुभूति गरे । यस्ता परिर्वतन प्रत्यक्ष सेवाग्रही एबम् आम नागरिकले गरेका अनुभूतिमा निर्भर रहेका छन् ।

जुन मुल्याङन नागरिक तबरबाट भयो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्यायो यस कार्यको नागरिक र जिल्ला वासीले उहाँको आगामी यात्रा उज्जवल को कामना गरेका छन् ।

जुवा खालबाट महिलासहित पाँचजना पक्राउ

0

कात्तिक ५, २०७६ पर्वत , पर्वतको सदरमुकाम समेत रहेको कुस्मा नगरपालिका–४ जिरो किलोमिटरबाट जुवा खेल्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय चालिसे होटेलबाट दुई महिला र तीनजना पुरुष पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ हजार ३५२ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कुस्मा नगरपालिका–४ की ३४ वर्षीया सन्तु क्षेत्री, ५० वर्षीया लीला पुन, ४७ वर्षीय होम पुन, ४० वर्षीय हरि क्षेत्री र २८ वर्षीय सुनिल गिरी रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तिहारमा लुकिछिपी जुवा खेल्नेहरू धेरै हुने भएकाले प्रहरीको निगरानी तीव्र पारिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

बालिका अपहरणको अभियोगमा सन्यासी पक्राउ

0

कात्तिक ५, २०७६ बागलुङ : बालिकालाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक नक्कली सन्यासीले निसीखोला गाउँपालिकामा बालिका अपहरण गरेको स्थानीयले बताए। उनले निसीखोला २ का लोकबहादुर कुँवरकी १० वर्षीया छोरी मिनाक्षीलाई प्रलोभनमा पारेर बुर्तिवाङ लैजादै गरेको भेटिएको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए। गाउँलेले भेटेर उनलाई प्रहरीमा बुझाएका छन्। बाबुआमा नभएको मौकामा सोमबार उनले ती बालिकालाई कपडा किनिदिने भन्दै बुर्तिवाङतर्फ लगेको बुझिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ। तर ती बालिका र सन्यासीको नातेदार पनि हुन सक्ने भन्दै अपहरण हो वा होइन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी उपरिक्षक नवराज भट्टले बताए।

दूई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

0

तिलाचन पाण्डे
कात्तिक ३ , २०७६ गुल्मी ः स्याङजा र गुल्मी दूई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।
२०५२ सालमा कालीगण्डकी जलबिधुत परियोजना ए निर्माणको क्रममा रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको दुई जिल्ला जोडने पुल जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी नदिले पुलको पिल्लरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय जीबन रानाले बताए । बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

यता गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ठानीश्वर पाण्डेले पुललाइृ अल्पकालीन रुपमा र दीर्घकालिन रुपमा हेरी समस्याको समाधान गरिनु पर्नेमा जोड दिएका छन् ।
दूई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको ध्यान गएको कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा मगरले बताए । दूई बर्ष अगाडी देखिनै आफूले सो पुलका लागि बिभिन्न पहल गर्दै आएको दाबी गर्दै यस बर्ष सडक डिभिजन बाट टेन्डर गर्ने प्रक्रियामा गएकाले केही बर्ष मै समस्याको समाधान हुने भन्दै स्थानीय सरकारले जनताका काम गरेरै छाड्ने बताए ।

गुल्मीको रेसुङ्गामा रिसोर्ट बन्ने

0

३ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गामा रिसोर्ट बन्ने भएको छ ।

तम्घासको शिखरमा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा रिसोर्ट बनाउन रेसुङ्गा नगरपालिकाले पौवा होटेल प्रालिलाई अनुमति दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नगरपालिकाको तर्फबाट नगर प्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले आइतबार रेसुङ्गामा रिसोर्ट बनाउनेबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यटकीय क्षेत्र रेसुङ्गामा १० करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालन हुने भएपछि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा नगरपालिकाले गरेको छ । ०७६ साल कात्तिकबाट २१०१ असोज मसान्तसम्म २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न दिने सम्झौता भएको नगर प्रमुख भुसालले बताए । पौवा होटल प्रालिलाई विश्वास गरेर यो काम सुम्पेको र यसले समयमै काम सम्पन्न गरी सञ्चालन गर्नमा नगरपालिका विश्वस्त रहेको भुसालले बताए ।

पौवा होटल प्रालिले रेसुङ्गामा नगरपालिका कै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा समेत तीन तलाको भवन निर्माण गर्ने सहमति भएको भुसालले बताए । सम्झौतासँगै प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गा उपभोग गर्न पाउने भएको छ ।

पौवा होटल प्रालिका प्रवन्ध निर्देशक ज्ञवालीले सम्झौतासँगै आफ्नो जन्मथलो गुल्मीको पर्यटन विकासमा केही गर्ने अवसर मिलेको प्रतिक्रिया दिए ।

रेसुङ्गाको शिखरको रुपमा रहेको यो स्थान धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण मानिन्छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु पनि लाग्ने गर्दछन् ।

रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धौलागिरीदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाका रमणीय स्थलहरु हेर्न सकिने भ्यू टावर रहेको छ । रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

रघुफेँदी प्रतिमाननिमा माविमा विराट ज्ञानमहायज्ञ संचालन हुँदै

0

चक्र चन्द, गुल्मी कार्तिक २ ।
रघुफेदी प्रतिमान निमा माध्यामिक बिद्यालय मदाने गाउँपालिका गुल्मीमा धार्मिक महायज्ञ गरीने भएको छ । विद्यालयमा श्रीमद्भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ २०७६ आयोजना गर्न लागिएको हो । यहि कार्तिक २२ गते देखी २८ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

अग्लुङ्गको परिचय

गुल्मी जिल्लाको पश्चिम भेग प्रशिद्ध मदाने संरक्षित क्षेत्र र प्रशिद्ध पर्यटकीय स्थल गौमुखीको काखमा अग्लुङ्गफेदी उपत्यकाको रुपमा देखिन्छ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको झिम्रुक अग्लुङ्गको दोभान कृषि र धार्मिक पर्यटनको प्रचुर संभावना बोकेको छ त्यस क्षेत्रले चौतर्फि हरियाली, शितल हावा हावापानी र भौगोलिक विविधताले अग्लुङ्ग भरिपूर्ण छ ।

त्यहाँका दर्शनिय स्थलहरुमा उत्तरमा प्यूठानको प्रशिद्ध तिर्थस्थल गौमुखी, उत्तर पश्चिममा स्र्वद्धारी अग्लुङ्गफेदी कै सिरानमा प्रशिद्ध संरक्षित क्षेत्र मदानेको लेक र अग्लुङ्गफेदी उपत्यकामा शिव र दुर्गा मन्दिरहरु स्थापना गरिएको छ ।

चारैतिर बनजङ्गगलले हरितपूर्ण त्यस क्षेत्रमा परापूर्वकालमा लेक भन्दा कही औअल अथजा ‘‘औल’’ भएकाले यही शब्द अपभ्रंस हुँदै औलुङ्ग हुँदै अग्लुङ्ग भन्ने नाम रहन गएको हो । त्यही अग्लुङ्गको फेँद वा जरामा रहेको वस्ती वा उपत्यकालाई ‘‘अग्लुङ्गफेदी ’’ नामाकरण गरिएको ऐतिहासिक किबंदन्ती रहेको पाइन्छ ।

विद्यालयको परिचय

गुल्मीको पश्चिम क्षेत्र अन्र्तगत अत्यन्तै दुर्गम मानिने मदाने गाउँपालिकामा पर्ने अग्लुङ्ग गुल्मी र प्यूठानको संगम स्थल हो । ग्रामिण भेग त्यसमा पनि विकट रहेको वडा नं – १ अग्लुङ्गमा १ बालशिक्षा तथा ६ वटा बिद्यालय रहेका छन् ।

त्यस मध्ये रघुफेदी प्रतिमान् निमा माध्यामिक बिद्यालय पनि एक हो । क्षेत्रि, र दलित समुदायको बाहुल्यता रहेको त्यहाँ छिमेकी जिल्ला प्यूठानको गौमुखी गाउँपालिकाका केही वडा बाट पनि त्यस बिद्यालयमा अध्ययनका लागि पुग्ने गर्दछन् ।

दुई खोलीको काखमा भिम्रुक नदीको तिरमा सम्मो अण्डाकार फाँटमा वि.सं २०३१ सालमा रघुफेदी प्रतिमान् निमा माध्यामिक बिद्यालयको स्थापना भएको हो ।

महायज्ञ किन गरिदैँ छ ?

अहिले विद्यालयलाई दश जोड दुई कक्षा सञ्चालनका लागि विद्यालय लागी परेको छ । त्यसलाई सफल बनाउनका लागि विद्यालयले यहि कार्तिक २२ गते देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । विद्यालयलाई समयसापेक्ष अघि बढाउन १० जोड दुई सम्मको विद्यालय शिक्षा बनाउने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको छ ।

त्यस सँगैँ प्राचिन कला, संस्कृतीको संरक्षण तथा संवद्र्धन गर्न, कुशल, सुयोग्य, नैतिकवान् नागरीक उत्पादन गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउने विद्यालयले उद्देश्य अघि सारेको छ ।

के – के हुँदै छन् महायज्ञमा ?

११ सय ११ शालिगा्रम दर्शन, संगीतमय श्रीमद्भागवत तथा प्रवचन, तुलादान्, धनधान्यान्चल महायज्ञ, जेष्ठ नागरीक सम्मान्, कलश यात्रा, चौराशी पुजाँ, सामृहिक व्रतवन्ध,ग्रहशान्ति, राष्ट्रिय कलाकार द्धारा संगीतमय भजनर्कितन तथा सामुहिक कन्या पुजन गरीने आयोजकले जानकारी दिएको छ ।

बिद्यालयमा सञ्चालन हुने श्रीमद्भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट महायज्ञ २०७६ को प्रमुख कथा वाचक बालव्यास श्री नारायण न्यौपाने (कृष्णाचरणामृत ) रहनुभएको छ ।

महायज्ञको व्यवस्थापन कसरी मिलाईएको छ ?

महायज्ञलाई सफल बनाउन स्थानीय केशव चन्द बोहोरा संयोजक रहेको २ सय ५१ सदस्य मूल आयोजक समितिको गठन गरिएको छ । त्यसमा ५८ वटा उप–समिति गठन गरिएको छ । बिद्यालयको शैक्षिक विकासका लागि सञ्चालन गर्न लागिएको महायज्ञमा स्थानीयको निकै उत्साह थपिएको संयोजक बोहोराले बताए ।

त्यस बिद्यालयका अध्यक्ष बालनरसिंह चन्दका अनुसार बिद्यालयमा आर्थिक अवस्था नाजुक रहेको छ । ‘बिद्यालयमा ८ जना भन्दा बढी शिक्षकहरुलाई निजि स्रोतबाट तलब भक्ता खुवाउँदै आएका छौँ ।’ चन्दले महायज्ञबाट बिद्यालयको आर्थिक विकास हुने अपेक्षा सहित बिद्यालय महायज्ञमा लागी परेको बताए ।

वडाअध्यक्ष प्रेमचन्द बोहोराले वडाको तर्फबाट बिद्यालयका लागि हुन सक्ने सहयोगप्रति आफू प्रतिवद्ध रहेको बताए । शैक्षिक विकास नै पहिलो प्राथमिकता भएकाले वडाले त्यस तर्फ बिशेष ध्याँन पुर्याएको चन्दले उल्लेख गरे । महायज्ञका प्रचार–प्रसार संयोजक विजय चन्द बोहोराले आफूहरु महायज्ञलाई भव्य बनाउनेतर्फ लागी परेको बताए ।

महायज्ञका महासचिव अग्निधर भन्द बोहोराले बिद्यालयमा अहिले ४ जना मात्र सरकारी स्रोतका शिक्षकहरु भए पनि अन्य शिक्षकहरु निजि स्रोतले धाँन्नु पर्ने बाँध्यता रहेको बताए ।

धुर्कोटमा प्लाष्टिक माला प्रतिवन्ध,स्थानीय सरकारको गतिलो अभ्यास

0
गंगा खड्का

गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिकाले यसपालीको तिहारमा बजारको माला प्रतिवन्ध गर्ने निर्णय गरेको छ । फूलको मालालाइ प्रवद्र्धन गर्ने उद्देश्यले बजारका रेडिमेट प्लाष्टिकका मालालाइ प्रयोगमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रवार सार्वजनिक सूचना नै जारी गरी गाउँबासीलाइ साथ दिन आग्रह गरेको छ ।

फूलकै माला प्रयोग गर्न धुर्कोट गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचना ।

पछिल्लो समय सयपत्री, थुंगे लगाएतका गाउँमै पाइने मालाको प्रयोगमा कमी हुँदै गएको बताउँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले यसवर्षदेखि बजारको मालामा रोक गरिएको बताए । ‘फूलका माला वातावरणमैत्री हुन्छन्’,उनले भने,‘यसको प्रयोगमा सवैले साथ दिनुपर्छ ।’ गाउँबासीलाइ तिहार आउनु पूर्व नै यसबारे सचेत गराइएको उनले बताए ।

दाजुभाइलाइ टिका लगाइदिन गाउँपालिकादेखि बाहिर रहेका दिदिवहिनीलाइ समेत फूलका माला पहिराउन उनले आग्रह समेत गरे । गाउँपालिका क्षेत्रमा रहेका पसलहरुमा बजारको माला प्रयोग भए नभएको बारे अनुगमन गर्ने र भेटिएमा जफत गर्ने उनले जानकारी गराए । गत साउन महिनामै स्थानीय आमा समूह र महिला समूहलाइ पुष्पखेती गर्न लगाइएकाले फूलको अभाव नहुने समेत पोखरेलको भनाइ छ । गाउँमा पुष्पखेती गर्नेहरु समेत विगत वर्षदेखि बढ्दै गएको उनले बताए ।

परम्परागत रुपमा फूलका माला लगाउने धार्मिक संस्कार रहँदै आएपनि बजारका रेडिमेट प्याष्टिकका मालाले वातावरणलाइ समेत असर गर्दै आएको छ । गाउँपालिकाले यसवर्षदेखि व्यवसायिक पुष्पखेती गर्ने किसानहरुलाइ प्रोत्साहन गर्दै जाने पोखरेलले जानकारी गराए । किसानको आय आर्जनमा यसले टेवा पु¥याउने उनको विश्वास छ । ‘गरे के संभव हुँदैन’,पोखरेलले भने,‘गाउँबासीले साथ दिएपछि यसैवर्षदेखि नै बजारका माला पूर्ण रुपमा प्रतिवन्ध हुन्छ ।’ स्थानीय सरकारले स्थानीय उत्पादनलाइ नै प्रवद्र्धन गर्ने नीति अघि सारेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले समेत फूलको मालालाई प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने पोखरेलको आग्रह छ । जिल्लाभर नै यस्ता कामको थालनी एकैसाथ हुनसके जिल्लाको अर्थतन्त्रमा समेत टुवा पुग्न सक्दछ ।

१० जना दरबन्दी रहेको गुल्मी कारागारमा दुई कर्मचारी

0

कात्तिक २, २०७६ गुल्मी : गुल्मी कारागारको दरबन्दी १० जना भए पनि दुई जना मात्रै कर्मचारी कार्यरत छन्।  कारागारमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, एक खरिदार, एक सह–लेखापाल, एक अहेब, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ। तर, अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लिकले जानकारी दिए। चार जना करारका कार्यालय सहयोगी रहेका छन्। कारागारका कैदीबन्दीलाई सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पताल लानुपर्ने बाध्यता रहेको छ। कारागारको अहेब पद वर्षौदेखि रित्तो छ। दैनिक एक जना कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि अस्पताल धाउनुपर्ने कारागार प्रमुख अर्जुनध्वज थापाले बताए। मुटु र दमलगायतका रोगको लामो समय औषधि सेवन गर्ने र छिटो–छिटो उपचार गराउनुपर्ने पनि पाँच जना कैदीबन्दी छन्।  कर्मचारीको अभावले कैदीबन्दीको खानपान र अन्य व्यवस्थापनमा समस्या भएको प्रमुख थापा बताउँछन्। अहिले कारागारमा नायब सुब्बाको पत्र आएको छ। तर, कर्मचारी आइनपुगेको थापाको भनाइ छ।  ‘दुई जना मात्रै कार्यालयमा छौँ। बैठक, तालिम तथा बिरामी परे सहयोगी मात्रै हुने अवस्था छ,’ प्रमुख थापाले भने, ‘पत्र आउँछ कर्मचारी आउँदैनन्।’

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

0
u}/cfjf;L g]kfnL ;ª3sf] r'gfjL rxnkxn sf7df8f}F, #) c;f]h -/f;;_M u}/cfjf;Lo g]kfnL ;ª3sf] laxLaf/ sf7df8f}Fdf ePsf] dxflwj]zgdf cWoIf kbsf pDd]bjf/ s'df/ kGt dtbftf;Fu dt dfUb} . tl:a/M /f]zg ;fksf]6f

कात्तिक १, २०७६ काठमाडौं ,
गैर आवासीय नेपाली संघ ९एनआरएनए०को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ। निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ। एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ। पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन। कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ। सचिवमा पनि पन्त समूह नै विजयी भएको छ। अध्यक्षमा निर्वाचित भएका पन्तले मतपरिणाम केहिबेरमा सार्वजनिक हुने भन्दै सबै जनालाई उपस्थित हुन भनेका छन्। सचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्। निर्वाचन परिणाम भने केहिबेरमा सार्वजनिक गरिने जनाइएको छ।
थाहाबाट