गुल्मीका सिडीयो यदुनाथ पौडेलका १६ महिनामा १६ जनमैत्री काम

0
427

अनिल खत्री, गुल्मी कार्तिक ५ ।
कुशल प्रशासक जसले आफनो कार्यालकालाई जनमैत्री बनाउने प्रयास गरे । सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेका छन् ।
गुल्मी जिल्लामा ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले चाहे परिर्वतन गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) पौडेलेको गुल्मी बसाईको १६ महिना १६ वटा भन्दा वढि जनमैत्री कामहरु भए ।

प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा भएका जुन कार्यले नागरि र समाजमा सुशासनमा महत्पूर्ण टेवा थपेको छ । धेरै कामहरु भए तर त्यसमध्ये सस्तो लोकप्रिय कमाउने भन्दा पनि नागरिकलाई प्रत्यक्ष रुपमा त्यसले फाइदा पार्ने खालका कामहरु भएका छन् । जसले नागरिकमा प्रत्यक्ष प्रभाव पर्ने गरि कार्य गरे । अन्य कार्यालयको समेत अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केहि गर्न सकिन्छ भन्ने सन्देश दिनेगरि कामको सुरुवात गरे ।

पहिलो काम : नागरिक सहायता कक्षा स्थापना

सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अत्य गर्ने काम गरे । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कुनैपनि काम गर्न जाँदा कसैलाई लगेर काम गराउनु पर्ने बाध्यतालाई अत्य गर्ने काम गरे । प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो । यसले नागरिकहरुमा काममा निकै सहज बनाएको छ । प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बनाए प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण प्रमुख जिल्ला अधिकारीले बनाए ।

दोस्रो काम : बिचौलीयाको ढोका बन्द

नागरिता सायता कक्ष स्थापनाले नागरिकलाई सहज मात्रै भएन । जसले सेवाग्रहीको ठूलो आर्थिक रकम बचत गरिदियो । सहायता कक्ष स्थापनको अबधीमा झण्डै १० हजार सेवाग्रहीका बिभिन्न निबेदन लेखियो । जसबाट बिचौलिहाबाट सेवाग्रही ठगिनबाट बन्चीत भए । यसबाट झण्डै १ करोड बचत भयो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलले परेको निकै महत्वपूर्ण र जनमैत्री काम हो । यो कार्यले जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन पुग्ने सहज र सरल बनेको छ ।

तेस्रो काम : २४० प्रतिशत भाडा घटाइयो

निकै चुनौतीपूर्ण रहेर जिल्लाका सडकहरु स्तर उन्नती हुँदा समेत सवारी साधनको भाडा समायोजन नहुदा यातायात व्यवसायीबाट ठगिएका गुल्मेलीहरुलाई भाडा समायोज गरियो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलको तेस्रो महत्वपूर्ण काम हो। गुल्मीका यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडक स्तर उन्नती भएपछि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भयो । जिल्लामा ०७३ सालमा कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो ।

जिल्लाका बिभिन्न स्थानका सडकहरु स्तर उन्नती र केहि सडकहरु कालोपत्रे समेत हुदा सार्वजनिक यातायातका पुरानै भाडा कायम थियो । नयाँ भाडा दर अनुसार पहिले तिर्ने गरेको भाडामा २ सय ४० प्रतिशत कम भाडा दर कामय भएको छ । यसले धेरै नागरिकलाई सहज मात्रै होइन धेरै आर्थिक रकम बचत भएको छ। अहिले कायम गरिएको नयाँ भाडा दर अनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । अहिले कायम भएको भाडाअनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो ।

त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ । त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैयाँ कायम गरिएको छ । बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको छ । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् । यो काम प्रमुख जिल्ला अधिकारी पौडेलको सक्रियतामा गरियो ।

चौथो काम : कार्यालयमा डिजीटल वडापत्र

प्रशासनमा डिजिटल वडापत्र राख्ने काम पनि भयो । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । यसले पनि सेवाग्रहीलाई काम गर्न सहज भएको छ । कार्यालयको गेटमै पुग्ने सेवाग्रहीले सजिलैसँग टिभीमा कुन शाखामा कुन कर्मचारीले के सेवा दिन्छ भन्ने पाउन सक्छन् । कुनैपनि सेवा लिन जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुग्ने अल्मलिनु पर्ने बाध्यता डिजिटल नागरिक वडापत्रले गरिदिएको छ । यो कार्म प्रमुख जिल्ला अधिकारी पौडेललेको नागरिक मैत्री चौथो काम हो ।

पाँचौ काम : नशिुल्क इन्टरनेट

अहिलेको युग प्रबिधिीको युग हो । यो युगमा धेरै कामहरु इन्टरनेटको मात्तयमबाट गर्न सकिन्छ । त्यसलाई मध्यजनर राखेर सेवाग्रहीलाई काम गर्न सहज प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट पनि राखिएको छ । यसले कुनै पनि जानकारी लिन पठाउनको लागि सहज बनाइने काम भएको छ । प्रशासनमा बसेर कुनैपनि डकुमेन्ट पठाउन र पाउनको निम्ति इन्टरनेटले सहज बनाएको छ । यसले धेरै सेवाग्रहीको काममा सहजता ल्याएको छ । यो नागरिकमैत्रीको पाँचौ नम्बरको काम हो ।

छैठौं काम : निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था

जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्ता हटेको छ । यो सेवा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्रही बाहिर चर्को मुल्य तिर्ने गरेको पाएपछि कार्यालयमै निशुल्क पठाउने र पाउने व्यवस्था मिलाएका हुन् । यसले नागरिककको समयको बचतसँगै धेरै आर्थिक रकम बचत गरेको छ । यो कार्य नागरिक मैत्रीको अर्को महत्पूर्ण कार्य हो ।

सातौं काम : कार्यालयमै सिसीटिभी

प्रशासनको काम र सेवाग्रहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ जस्ता सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्ने गरि व्यवस्था मिलाइएको छ । यसले पनि जिल्ला प्रशासनको काममा पारदर्शिता ल्याएको छ । कुनैपनि कर्मचारीले सेवा प्रवाहमा ढिला सुस्ती गरे सिधै प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्नाले कर्मचारीहरु पनि काम प्रति जिम्मेवार भइ कार्य गर्नाले सेवाग्रहीलाई सहज बनाएको छ ।

आठौं काम : राहदानी फारममा एउटै मुल्य कायम

प्रत्यक्ष रुपमा सेवा ग्रहीको हितको निम्ति बफदार प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई धेरै सुधारका काम भएका छन् । सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरियो । यसले कुनैपनि बाहनामा चर्को मुल्य लिन नपाउने गरि नर्णिय गरियो । यो कार्यले मनोमानी रुपमा राहदानीको फोटो र फारक भदा ल्याउने मुल्यमा एक रुपता ल्याउने काम भयो । यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ ।

नबौं काम : कार्यालयमै हुलाक टिकट

सुन्दा हेर्दा सानो काम लाग्न सक्छ । तर सानो साने काम धेरैले सेवालिदा ठूलो संख्या हुन्छ । यसले नागरिकमा प्रभाव पार्दछ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरेका छन् ।यसले नागरिकको बढि मुल्य तिर्नबाट बञ्चीत गराएको छ । यो काम नागरिक मैत्री अर्को महत्पपूर्ण काम हो ।

दशौं काम : बिचल्ली वालवालिकाको उद्धार

श्रीमानले श्रीमतीको हत्य गरि बिचल्लीमा परेका जिल्लाको मदाने गाउँपालिका पुर्कोटका वालवालिकाको उद्धार गरियो । श्रीमतीको हत्यपछि श्रीमान कारगार गएपछि ३ जना वालबालिका सरक्षण र रेखदेखको अभावमा बिचल्लीमा परेका थिए । त्यस्ता बालवालिकाको प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा काठमाडौं एसोएस वालग्राम काठमाडौंमा लालन पालन गर्ने गरि पठाइयो । यो कार्यले ति बालवालिकाहरुको शिक्षा र खानपान लगायतबाट सुबिधा पाए । यो कार्य प्रजिअ पौडेलको अर्को मुख्य काम हो ।
एघारौं काम : सडक बालवालिकाको उद्धार

तम्घासका सडकमा बेवारिसे अबस्थामा मागेर खाने बालवालिकाको उद्धार गरियो । यो कार्यमा प्रमख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा बजारमा रहेका बालवालिका जम्मा गरेर उनिहरुका अभिभावक पत्ता लगाई लालन पालन गरि शिक्ष दिक्षा दिने सहमती गराई जिम्मा लगाईयो । यो कार्यले पढनबाट बञ्चीत र सडकमा बसेर मागेर भेटाए चोरेर खाने बालवालिकाको अत्य गर्ने काम भयो ।

बाह्रौं काम : १५ मिनेटमै सेवा

प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि सयम कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको छ । कुनैपनि काम छिटो गराउन कसैलाई लिएर जानुपर्ने बाध्यतालाई अत्य पनि गरिएको छ । कसैले छिटो काम गराउने बाहनामा कसैलाई लैजाने गरे । यसको काम झनै पछि गर्ने गरि सबै सेवाग्रहीलाई समान व्यावहार दिने सुरुवात यिनै प्रमुख जिल्ला अधिकारी पौडेलले गरेका छन् ।

तेहरौं काम : गाउँमै सेवा

जिल्लाका ग्रामीण बस्तीबाट सदरमुकाम सेवा लिन आउन नसक्नेहरुको लागि बिभिन्न सेवा सहित घुम्ती शिबिर राखियो । यो कार्यमा प्रमुख जिलला अधिकारी पौडेलले नेतृत्व गरे ।उनले जिल्लाका सबै ठाउँमा राखिएका घुम्ती शिबिरमा आफै पुगेर सेवा प्रवाहलाई सहजता ल्याउने काम गरे । सयले प्रशासनले सेवाग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर राखियो । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट २ हजार वढिले बिभिन्न सेवा लिए । गाउँमै सेवा पुग्दा जन्मेदेखि बृद्धा अबस्थामा पुगेर नागरिता नपाएका कतिपयले पहिलो पटक नागरिता पाए । यो कार्य असाय अशक्क्तहरुको लागि निकैप्रभावकारी बन्यो । सेवाले गाउँमै सेवासँगै गाउँमै पुगेको सेवाले सेवाग्रहीराई सेवा प्रबाहमा सहज हुनुका साथै समय आर्थिक बचत पनि गराएको छ ।

चौधौं काम : तम्घास बजारमै सिसीटिभी

अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार क्षेत्रमा सरकारी र गैर सरकारी क्षेत्रको सहयोगमा बजार भरि नै सिसीटिभी राख्ने काम भइरहेको छ । यसले बजार क्षेत्रमा चोरी डकौटी लगायत अपराधजन्य क्रियाकलापमा नियन्त्रण गर्न महत्पूर्ण भूमिका खेल्ने आशा गरिएको छ । बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्थाले व्यवसायीहरुलाई पनि ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने अनुभूति दिलाएको छ । यो कार्य प्रजिअ पौडेलको नेतृत्वमा गरिएको अर्को महत्वपूर्ण काम हो ।

पन्धौं काम : मदिरा जन्य बस्तु नियन्त्रणमा कढाई

समाजमा बढ्दो अपराधजन्य क्रियाकलापको मुख्य जडको रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा प्रशासनले खेलेको महत्वपूर्ण भूमिकाले जिल्लामा पछिल्लो समय यता घरेलु हिंसामा कमी आएको छ । यो कार्यमा प्रजिअ पौडेलले देखाएको महत्वपूर्ण भूमिकाले घरेलुहिंसामा कमी आउदा महरिाबाट उठने झै–झगडामा कमी आएसँगै प्रहरीकहाँ आउने उजुरीमा पनि कमी ल्याएको छ । हाल जिल्ला भर स्थानीय तहले मदिरा नियन्त्रणमा एकदमै कढाई र नियम नै बनाएर बिक्री गर्ने समय तालिका बनाएका छन् । पछिल्लो समय यता यस कार्यले हरेक क्षेत्रमा शान्ति सुरक्षा कमी आउनुका साथै धेरै घटना एबम् उजुरीहरुमा पनि कर्मी आएको हो ।

शोह्रौं काम : शुसान कायम गर्न मुख्य जोड

जिल्ला प्रशासनले गरेका सुधारका कार्यले अरु कार्यालयहरुले पनि अनुसरण गरेका पनि छन् । कामलाई पादर्शीता बनाई कुनै पनि व्यक्ति आफैले आफनो काम गर्न सिधैं कार्यालय प्रमुख या आफनो काम गर्ने सम्बन्धीत कर्मचारीसँग पुग्न सक्नु पनि शुसासनको एउटा महत्पूर्ण काम हो । जिल्लामा धेरै ठगीजन्य घटनाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भयो ।

जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भयो । यो कार्यको थालनी प्रशासनबाट सुरुवात भएको छ । यी १६ वटा मुख्य कामहरु बारे जानकारी गराइएपनि सयौं कामहरु छुटेका छन् । त्यस्ता कामहरु जनताले काम र सेवा लिने बेलामा अनुभूति गरे । यस्ता परिर्वतन प्रत्यक्ष सेवाग्रही एबम् आम नागरिकले गरेका अनुभूतिमा निर्भर रहेका छन् ।

जुन मुल्याङन नागरिक तबरबाट भयो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्यायो यस कार्यको नागरिक र जिल्ला वासीले उहाँको आगामी यात्रा उज्जवल को कामना गरेका छन् ।

SHARE