दूई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

0
619

तिलाचन पाण्डे
कात्तिक ३ , २०७६ गुल्मी ः स्याङजा र गुल्मी दूई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।
२०५२ सालमा कालीगण्डकी जलबिधुत परियोजना ए निर्माणको क्रममा रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको दुई जिल्ला जोडने पुल जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी नदिले पुलको पिल्लरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय जीबन रानाले बताए । बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

यता गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ठानीश्वर पाण्डेले पुललाइृ अल्पकालीन रुपमा र दीर्घकालिन रुपमा हेरी समस्याको समाधान गरिनु पर्नेमा जोड दिएका छन् ।
दूई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको ध्यान गएको कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा मगरले बताए । दूई बर्ष अगाडी देखिनै आफूले सो पुलका लागि बिभिन्न पहल गर्दै आएको दाबी गर्दै यस बर्ष सडक डिभिजन बाट टेन्डर गर्ने प्रक्रियामा गएकाले केही बर्ष मै समस्याको समाधान हुने भन्दै स्थानीय सरकारले जनताका काम गरेरै छाड्ने बताए ।

SHARE