तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे

0
1041

अनिल खत्री,  गुल्मी कार्तिक ५।
गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् ।
तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम सम्पन्न भएको हो । गुल्मी सदरमुकाम तम्घास जोडिने सडकपछि सदरमुकाम बाहिर ग्रामीण भेगमा पुग्ने सडकमध्ये तम्घासदेखि सिमलटारीसम्म पुरै सडक कालोपत्रे सकिएको छ । तम्घासबाट सिमलटारीसम्म ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य अगाडी बढेको थियो ।
केही भाग बाहेक सबै छल्दी खोलाबाट सवारी साधानहरु आवतजावत गर्ने गर्दथे । तर सडक सुचाररु भएको झण्डै ३० वर्ष पछि भने कालोपत्रे भएको छ । सडक पक्की भएसँगै यस भेगमा यात्रा गर्ने सवारी साधन र स्थानीय ढुक्कसँग यात्रा गर्ने गर्छन् । तम्घासबाट सिमलटारी पुग्नका लागि पहिले ढाइ घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ । बाटो पक्की पछि यसभेगका स्थानीय खुसी छन् । ठूलो सडक त्यसमाथी कालोपत्रेमा यात्रा गर्न पाउदा यसभेगका स्थानीय सुखको अनुभूति गरेका छन् ।

सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका, इस्मागाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित भएका छन् । बाटो पक्की भएपछि सवारी साधनको भाडा पनि घटेको छ । भाडा घटेसँगै पक्कीबाटोमा यात्रा गर्दा यसभेगमा चल्ने सवारी साधान र यात्रु स्थानीयलाई सहज भएको बताउछन् । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो ।

सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको हो । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिीनियर सुनित केसी बताए । ८७ करोड ९१ लाखको लागत रहेको सकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको इन्जिीनियर केसी बताए । तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदनभण्डारी राजमार्गले जनाएको छ ।

राजमार्गको अन्य सडक चिन्ह्, किलोमिटर लगायतका संकेतहरु राख्नको निम्त काम भइरहेको आयोजनाले जनाएको छ । सोहि राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ । सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने कार्य अगाडी बढेको छ ।

SHARE