कात्तिक ८, २०७६ काठमाडौं , कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ शनिबार परेको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। तिथिको घटबढका कारण यस्तो भएको गौतमले बताए। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए। कात्तिक १० आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए। गाई, गोरु र आत्म ९म्ह० पूजा कात्तिक ११ सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म ९म्ह० पूजा यसै दिन गर्नुपर्नेहुन्छ। कात्तिक १२ मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ। बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए। यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ मा नै गरिन्छ। कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ मा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ। झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक साताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दासमेत मन आनन्दित हुन्छ।
थाहाखबरबाट





तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ ।गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु बिक्ने गर्दछन् ।देख्दा पनि झपक्क देखिने र टिका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन् । तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकता थपिएको छ ।अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ । गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो,पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो । तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ । देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिदा परम्परा हराउदै जान थालेको छ ।
संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रहि आएको छ ।













