रिडिमा शंख बजाउने देखि २ जिल्लाका जेष्ठ नागरिक सम्मानित हुने

0
590

पाल्पा, ६ कात्तिक । रुरु धार्मिक सेवा सञ्चार प्रा. लिले यस वर्ष पनि पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भएको छ । आउदो मंसिर १५ गते विवाहा पन्चमीको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा विगतका बर्षहरुमा जस्तै एस बर्ष पनि दोहोरो शंख बजाउने प्रतियोगिता , दिप प्रजलन, जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कट कृषक सम्मान दान वीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । भजन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १० हजार र प्रमाणपत्र, दितिय पुरस्कार नगद रु ५ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर नगद रु ३ हजार र प्रमाण पत्र, शान्त्वना पुरस्कार नगद रु २ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्ष सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने भएको छ ।

शन्ख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार नगद रु १५०० र प्रमाणपत्र,द्धितिय पुरस्कर नगद रु १ हजार र प्रमाणपत्र , तृतिय पुरस्कार नगद रु ७ सय र प्रमाणपत्र,शान्त्वना पुरस्कार २ जनालाई नगद रु ५÷५ सयका दरले प्रदान गरिने छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १ र २ का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्य बति गाउँपालिका अस्लेवा१ का जेष्ठ नगरिक संमान गरिने छ । सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइएको प्रालिका अध्यक्ष चुरामणी तिमिल्सिनाले जानकारी दिए  ।

रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजन्हरुलाइ भण्डाराको समेत ब्याबस्था मिलाईएको छ । यसै दिन सम्पुर्ण पितृहरुको सम्झना गर्दै श्रीमत भागबत पाठपारायण बेद पाठ चन्डी पाठ हबन शिवजीको पुजा ग्रहशान्ती समेत गरिने छ कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा हुने छ ।

SHARE