गुल्मीमा आधुनिक बन्दै तिहारः दियो र माला पनि कृतिम

0
768

 

अनिल खत्री, गुल्मी । नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढन थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरि फुल माला, टिका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता सुरु भएको छ ।तर पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यवसायीहरुको तर्क रहेको छ । फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको हो । गाउँमा फूलखेती गर्न तर्फ चासो नदिनु र देखासिकी गरेर पनि कृतिम मालाहरु प्रयोग गर्ने क्रम बढेको तम्घासका व्यवसायी चेतनारायण पाण्डेयले बताए । गाउँमा स्थानिय तहले नै प्रत्येक घर छेउमा अनिवार्य फूल रोप्न अनिवार्य गर्नु पर्ने बताए। अहिले तम्घास बजारमा ३० रुपैयाँ देखि २ सय सम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखेको उनले बताए । जिल्लाका केहि स्थानीय तहमा कृतिम फूलका मालाहरु निषेध गरेका अघिल्लो वर्षको तुलनामा मालाहरु बिक्री नभएको व्यापारीहरुको तर्क छ । तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ ।गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु बिक्ने गर्दछन् ।देख्दा पनि झपक्क देखिने र टिका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन् । तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकता थपिएको छ ।अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ । गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो,पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो । तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ । देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिदा परम्परा हराउदै जान थालेको छ । संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रहि आएको छ ।

SHARE