राष्ट्रिय झण्डा हटाउने लिम्बुवानका सचिवसहित नौजना पक्राउ

0
427

कात्तिक ७, २०७६ इलाम , राष्ट्रिय झन्डा हटाएर पल्लो किरात राष्ट्रिय लिम्बुवान मोर्चाको झन्डा राख्ने केन्द्रीय सचिवसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिएको छ। आफनो पार्टीको ६४ औं स्थापना दिवस भन्दै जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धन बहादुर विश्वकर्मा ९धमला० उक्त पार्टीको महिला संघकी केन्द्रीय अन्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष बिजय आङ्देम्बे, इलाम जिल्ला सचिव मनकुमार माखिम, जिल्ला कोषाध्यक्ष मैतराज लिम्बुसहित जिल्ला सदस्यहरु कमल लकान्द्री, बृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्क प्रसाद नेम्वाङ छन्। जिल्ला प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले शान्ति सुरक्षामा आँच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालय लगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए। लिम्बुवान राज्यको माग गर्दै मोर्चाले पूर्वमा विभिन्न गतिविध गर्दै आएको छ।

थाहाबाट

SHARE