यो साल पनि सयपत्री ओईलिई झर्ने भयो
हास्दै फुल्या मखमलि जिल्ल पर्ने भयो।
बसि हौली दिदिबहिनी बाटो कुर्दै मेरो
भाईटिकामा आउने भाका आगौ सर्ने भयो।
भाईटिका विशेष। दिदी बहिनिलाई पत्र प्रदेशिको। प्रीय बहिनी अनि दिदी….
प्रबासको यो र्निदयि बस्तिमा सास्ति को भारि बोकेर झुक्यार स्वाभिमानहरू लुकायर आक्रोसहरू आशु चपायर स्मृतिका तरेलिमा तिहार मनाउदै छु दिदि तिहार मनाउदै छु !!
स्मृतिको कुनामा राखेको संप्तरंगि टिकाका थालिहरू यग-युग नओईलाउने मखमलि का सुन्दर हारहरू भत्काउन गरिबका निरंकुस बारहरू आगोको रापलाई साथ लिइ मुग्लानमा सुन्दर भविस्य खोज्दै बाचेको छु सुन्दर भबिस्य खोज्दै!!!
मनमा सजायको अनि सपना संसारमा राखेको आफ्नो प्राण जस्तै प्यारो दाजुभाइलाई संझदै मनमा पिडा लकाएर मुहारमा सुन्दर हासो लिएर रमाउदै होलान दिदिबहिनिहरु । भैलो अनि देउसिको धुनसँग त्यहाँ उन्दैगर्दा मखमलि अनि सयपत्रिका हारहरू म यहा मन भुलाउन सुकायर आशुहरू फलामे मेसिनसगँ धसिएर स्वर्णिम भविस्यको लागि तड्पिएर बाचेको छु।
तरेलिका रेखि सँगै नझार्नु है आशुका ढिकाहरू सप्तरंगि टिकाको थालिहरूमा बरू धपाउन यमराजहरू अनि फुटाउनु दुस्मनका खप्परहरू ओखरको दानासँगै दैलोमा राखेर
अनि संहाल्नु है विछोडको पिडामा तड्पियर रोएका दिदिबहिनिहरुका ति मनहरू……
क्षितिजपारि रहेपनि ज्यान टाढा भएपनि सदा खुशि र सुखि रहनु यहि मेरो श्री पशुपति नाथसग सदैव प्रार्थना रहनेछ।
चेली विधाताले लेखिदिनु भएको मधुरो रेखिमा सम्पन्नता सायद चुकेकाले अाज परदेशमा दुख विसाउन विवश छु।
बाल्यकालमा सानो सानो कुरामा गालि गलौच हुने अाज यो परदेशी माइतिबाट यस्तो लेख्दा अाश्चर्य भयौ होलि हगी, तर चेली अाफुसग भएको कुरा जब टाढा हुन्छ, तब मात्र त्यसको महत्व थाहा हुने रहेछ।
मैले टाढा भनेर तिमिलाई पराई भन्न खोजेको होइन। जन्मघर छाडेर कर्मघरलाई अपनाए पनि तिमि कहिल्यै पराई भएकि हैनौ। तिमिले त हाम्रो परिवार अझ बढाएकि छौ। जन्मघर छाडेर कर्मघरमा अाफ्नो नया जिवन शुरुवात गरेपनि हामी माइति भनेका त वंश मात्र न हौ, हाम्रो सान मान इज्जत सबै तिमि नै हौ, हामि फुल हौ तिमि सुबास हौ, हामि जुन हौ तिमि शितलता हौ, हामि वर्तमान हौ तिमि हाम्रो भविष्य हौ, सायद बितेका पलहरुमा हामि माइतिले तिम्रा केहि चाहनाहरुलाई अस्विकार गर्यौ होला तर चेली मन नदुखाउनु ल। किनभने तिम्रो चाहनामा खुशि अवश्य होला तर हामि माइति खुशि मात्र हैन हाम्री चेली सुखि पनि हुन र हाम्रो नाम पनि राखुन भन्ने चाहन्छौ। तिमिले चाल्ने हरेक पाइलामा हामि माइतिको इज्जत जोडिएको हुन्छ सदा यस्को ख्याल राख्नु ल।
तिमि माइति घरमा हुदा भएका चिजहरु कत्ति मायाले सम्हालि दिन्थ्यौ सायद यहि तिम्रो निस्वार्थताले होला चेलि भनेका घरकि लक्ष्मि हुन भनेको हुनुपर्छ। चेलि तिम्रो सुन्दरतासगै माइति घरको अागनि मनमोहक हुन्छन। तिम्रा मुस्कानले बगैचामा फुल फुल्छन। तिम्रा ममतास्पर्शि हातहरुको भोजन सम्झदा साच्चै मन बरालिन्छ। चाहे त्यो दुखमा पाकेको गुन्द्रुक र ढेडोको गास होस वा चाहे त्यो मासुमंस सहितको बासमति भात होस। चेलि तिम्रो चित्कारमा हामि माइति बाघको मुखमा पनि हात हाल्नु पछि पर्दैनौ, किनकि हामिले सप्तरङ्गि टिकामा भाइटिका र हातमा रक्षाबन्धनको अार्शिवाद चेलिबाटै पाएका हुन्छौ। अामा बाबाको नजिककि साथि तिमि उनिहरुको वियोगमा सबैभन्दा धेरै अाशु पनि तिम्रो नै झर्ने गर्दछ। तिमि साच्चै ममताकि खानि हौ त्यसैले चेलिलाई अामापछि कि अामा भनेको हुनुपर्छ।
चेलि समयको वेदनाले तिमिले झार्ने भनेको त अाशु मात्रै हो, छटपटि र पिडा त हामि माइतिलाई हुन्छ। भौगोलिक दुरिबाट जति नै टाढा भएपनि चेलि अाफुले अाफुलाई कहिल्यै एक्लो नसम्झनु म समुन्द्र पारि रहेपनि माइति हु तिमिलाई दुखपर्दा सहाराको लौरि बनेर सदा साथ दिइरहने कोसिस गर्नेछु ल। लेखान्त भनौ वा चलेको चलन जन्मघर त छाड्नै पर्ने रहेछ, जन्मघर छाडेपनि ति निर्दोष जिवित देवता अामाबाबाको तस्विर सदा सम्हालेर राख्नु ल। दिन त के सक्थ्यो र यो माइतिले म अाफैमा गरिब छु, तर चेलि पिपलकै बोटमुनि त्रिपाल टागेर बसेपनि म तिम्रो माइति हो। तिज,तिहार दशैमा बाटो नबिराउनु ल…
उहि परदेशि ….. ओम पाण्डे, हाल साउदी।