बर्दिया निकुञ्ज ठाकुरद्धार जोड्ने आम्बासा ओराही खोलाको पक्की पुलको निर्माण कार्य सकियो,

0
2000

विमला ढकाल,कात्तिक ७ ,२०७६ बर्दिया ः
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धार क्षेत्र ओहोरदोहोर गर्दा ओराही खोलामा पुल नहुँदा वर्षाैदेखि समस्या झेल्दै आईरहेका यस क्षेत्रका स्थानियवासी तथा पर्यटकहरुले अब उक्त समस्याबाट मुक्ति पाउने भएका छन् ।
गत वर्षदेखि आम्बासा नजिक ओराही खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल निर्माण सम्पन्न गर्ने अवधी भन्दा झण्डै ९ महिना अघि निर्माण कार्य सकेर आज बुधबारदेखि सुचारु भएको छ ।
बुधबार एक कार्यक्रमका बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पुल सञ्चालनमा आएको जानकारी दिनुभयो । प्रजिअ कुरुम्बाङ्ग, सडक डिभीजन कार्यालय बाँकेका डिभीजन प्रमुख राम कुमार देव, ठाकुरबाबा नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद उप्रेति, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानिय लगाएतको उपस्थीतीमा पुल सञ्चालनमा आएको जानकारी गराईएको छ ।
पुलको सञ्चालनका अबसरमा आयोजीत कार्यक्रममा सहभागी हुनुभएका कुरुम्वांङले निर्माण ब्यबसायिहरुलाइ उर्जासिल बनाएमा काम समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुने बताउनुभयो ।
यसैबिच पुल निर्माणको समय भन्दा अगाबै सम्पन्न गरेर उदाहरणीय काम गरेको भन्दै मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक लम्साललाई जिल्ला प्रसासन कार्यालय बर्दिया र सडक डिभीजन कार्यालय बाँकेका तर्फबाट सम्मान पत्र समेत प्रदान गरेको छ ।
पुल सञ्चालनमा आएसंगै स्थानियवासी तथा पर्यटकहरुले अब उक्त समस्याबाट मुक्ती पाउने भएका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र ओहोरदोहोरका लागि आम्बासा नजिक ओराही खोलामा पुल नबन्दा ठाकुरबाबा नगरपालिका क्षेत्रका स्थानियवासी संगै बर्दिया निकुञ्ज अवलोकनमा आउने पर्यटकहरु पनि समस्यामा परेका थिए ।
आम्बासाको ओराही खोलामा पक्की पुल निर्माणको काम सकिएपछी सञ्चालनमा आएको मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक लम्सालले जानकारी दिनुभयो । बर्दिया ठाकुरबाबा नगरपालिका २ को आम्बासा देखि बर्दिया निकुञ्ज मुख्यालय जोडने ओराही खोलाको पक्की पुल निर्माण कार्य सकिएपछि यस क्षेत्रका स्थानीयवासीहरु खुशी भएका छन् ।
सडक डिभिजन कार्यालय नेपालगंज अन्र्तगत सपना गाल्वा जेवी ज्वाईन्ट भेन्चरले २०७४ साउन महिनामा ९ करोड ९६ लाख करोड रकममा पाएको ठेक्का २०७७ साल असार मसान्त भित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौता भन्दा झण्डै ९ महिना अघिनै पुल निर्माणको काम सकिएको मेनका निर्माण सेवा बगनाहाका प्रोप्राईटर तिलक लम्सालले बताउनुभयो । सपना गाल्वा जेवी ज्वाईन्ट भेन्चर मार्फत ठाकुरबाबा नगरपालिका ४ बगनाहाको मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक लम्सालले २०७४ माघ महिनादेखि पुल निर्माणको काम सुरु गर्नुभयोको थियो ।
पुल निर्माणको काम सुरु गरेको झण्डै साढे १ वर्ष भित्रमा अर्थात २०७६ साल असार मसान्त भित्रै सम्पन्न गर्ने लक्ष्य सहित पुल निर्माणको काम धमाधम अगाडि बढाईएको थियो ।
पाँच वटा मुख्य पिलर सहित एक सय ७० मिटर लम्बाइ, ११ मिटर चौडाइ रहेको ओराही खोलाको पक्की पुल नेपाल सरकारको ९ करोड ९६ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको हो । यस क्षेत्रकै नमूनाका रुपमा रहेको आम्बासा नजिकको ओराही खोलाको पुल तीव्र गतिमा निर्माण कार्य अगाडि बढेको स्थानियवासीले पनि बताएका छन् ।
ओराही खोलामा पुल निर्माणको काम सम्पन्न भएसंगै अब बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र ओहोरदोहोर गर्ने स्थानियवासी संगै पर्यटकहरुलाई पनि निक्कै सहज हुने जनाईएको छ ।

SHARE