Friday, June 5, 2026

तिहारले सामाजिक सद्भाव कायम गर्दै आएको छ , राष्ट्रपति भण्डारी

0

कात्तिक ९, २०७६ काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन्। तिहार पर्वका अवसरमा शनिबार दिइएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवर्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताएकी छन्। राष्ट्रपतिले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गरेकी छन्। तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपतिले तिहार पर्वको शुभकामना व्यक्त गरेकी छन्। थाहाबाट

पहिलो ‘लोक स्टार’मा शनि विश्वकर्मा विजयी

0

कात्तिक ८, काठमाडौं । नेपालको पहिलो ‘लोक स्टार’ मा रोल्पाका शनि बिश्वकर्मा विजयी भएका छन ।  एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे । 

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरे । सुरेस पौडेलले प्रोजेक्ट हेडको जिम्मेवारी पूरा गरे । एलन श्रेष्ठ, लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरे ।

समतल मिडिया प्रा।लिको आयोजनामा बुटवलमा भोलि काग सम्मेलन हुदै

0

कार्तिक ८, २०७६ बुटवल । देशको राजधानी काडमाण्डौं पछि प्रदेश नं। ५ को अस्थायी मुकाम बुटवलमा पहिलो पटक काग सम्मेलन हुने भएको छ । समतल मिडिया प्रालीको आयोजनामा काग सम्मेलन हुने भएको भएको सम्मेलनका प्रमुख तथा समतल अनलाईनका प्रवन्धक निर्देशन सन्त कुमार श्रेष्ठले वताउनु भएको छ ।

भोली विहान ८ वजे बुटवलको बुटवल वहुमुखी क्याम्पसको प्राङ्गनमा हुने काग सम्मेलनको काग आह्वान कर्ता राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल अहिले सम्म १०० भन्दा वढी विभिन्न वस्तुहरुको आवाज नक्कल गर्नुहुने राजेश पोख्रेल द्धारा काग सम्मेलनको उद््घाटन गरिने वताईएको छ ।

प्रदेश ५ मा उद्योग खुल्ने क्रम बढ्यो

0

निरा गौतम
रुपन्देही, ८  कात्तिक । लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नं ५ मा उद्योगहरु खुल्ने क्रम बढेर गएको छ । भौतिक पूर्वाधारको निर्माण र विकासले गति लिएसँगै प्रदेशमा उद्योगहरु खुल्ने क्रम बढेको हो ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिनु, लुम्बिनी गुरुयोजनालाई सरकारले विशेष प्राथमिकता दिनु, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण हुनु, बुटवलको मोतिपुरमा नयाँ औद्योगिक क्षेत्रको घोषणा हुनु यो क्षेत्र लगानीकर्ताको आकर्षणको केन्द्र बन्नाका कारणहरु हुन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश ५ मा घरेलु, साना तथा लघु उद्योगको सङ्ख्या ६६ हजार १६८ छ । गत वर्ष उद्योगको सङ्ख्या ४८ हजार १७१ थियो । आर्थिक वर्ष २०७५÷७६ मा १७ हजार ९९७ उद्योग दर्ता भए ।

मन्त्रालयको तथ्याङ्क अनुसार अधिकाँश उद्योगहरु तराईका जिल्लाहरुमा छन् । पहाडी जिल्लामा पनि अघिल्लो वर्षभन्दा यो वर्ष बढी उद्योग दर्ता भएका छन् । प्रदेशका रुपन्देही, नवलपरासी, दाङ, बाँके र बर्दियामा उद्योगहरु खुल्ने क्रम बढेको मन्त्रालयका उद्योग शाखा प्रमुख टेकप्रसाद देवकोटाले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी उद्योग रुपन्देहीमा छन् । रुपन्देहीमा १२ हजार ६२४ साना, ३७५ घरेलु र २२१ लघु उद्योग छन् ।
उद्योग शाखा प्रमुख देवकोटाका अनुसार यस क्षेत्रमा खुलेका ठुला उद्योगहरुमा सिमेन्ट, होटल, छड, स्टिल, ईंटा, साबुन, कृषि उपज, ऊर्जा, वन पैदावार, खाद्यान्न, प्लाष्टिक, स्टिल रोलिङ, छाला र फलामजन्य छन् । यी बाहेक बिस्केट, चाउचाउ, जुत्ता, चप्पल, औषधि, दाल, मैदालगायतका उद्योग सञ्चालनमा छन् । यी उद्योगमा २ लाख १२ हजारभन्दा बढी मजदूरले रोजगारी पाएका छन् । रुपन्देहीमा मात्रै झण्डै ८० हजार जनाले रोजगारी पाएका छन् । प्रदेशमा वन तथा वनजन्य पदार्थमा आधारित उद्योगको सङ्ख्या ३२४ छ ।

प्रदेश ५ लगानीका लागि सुरक्षित स्थान मानिएको छ । नाकाबन्दीका समयमा पनि बन्द नभएको बेलहिया नाका र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल रहेका कारण यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश ५ का एशोसिएट उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । उनले भने – “अहिले लगानीकर्ताको रोजाइमा रुपन्देही परेको छ । हिजो मधेशका ठूला आन्दोलनमा पनि यो क्षेत्रका उद्योगमा खासै असर परेन । यो क्षेत्र लगानीका लागि सुरक्षित छ ।”

राजनीतिक गतिरोध अन्त्य भएर स्थिर सरकार अस्तित्वमा आएकाले पनि उद्योगको सङ्ख्या बढ्दै गएको रुपन्देही उद्योग सङ्घका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीको भनाइ छ । “अहिलेका युवा उद्यमी बन्न चाहन्छन्, त्यसका लागि लगानीमैत्री वातावरण निर्माण हुन जरुरी छ,” उनले भने– “अहिले स्थिर सरकार भएकाले केही हुन्छ कि भन्ने आश धेरैमा जागेको हुनुपर्छ ।” सरकारले उद्योगमैत्री वातावरण बनाइदिन्छु भनेर आश्वस्त पारिदिए उद्योगहरुको सङ्ख्या अरु थपिने उनको विश्वास छ ।

प्रदेश सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनलाई आधार बनाई सार्वजनिक गरेको आवधिक योजनामा पनि साना तथा लघु उद्योगलाई प्राथमिकता दिइएको छ । एकैपटक ठूला उद्योगमा लगानी गर्न लगानीकर्ताले नचाहने र स्थानीय व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न साना तथा लघु उद्योगलाई सहुलियत र सुविधा दिने प्रदेश सरकारको नीति छ ।

रुपन्देहीको बेलहिया सीमानाका, कपिलवस्तुको कृष्णनगर नाका, बाँकेको रुपैडिया नाका मालसामान आयात र निर्यात गर्न सहज भएकाले यो क्षेत्रमा उद्योगको सङ्ख्या बढ्दै गएको उद्योगी व्यवसायीहरुकोे तर्क छ । नयाँ उद्योगहरु खुल्ने क्रम बढे पनि सरकारले लिँदै आएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्कका कारण उद्योग टिकाउन मुश्किल परेको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश ५ का सदस्य तथा सिद्धिविनायक स्न्याक्स एण्ड नूडल्स प्रालिका अध्यक्ष उज्ज्वल कसजुको भनाइ छ ।

सरकारले चाउचाउमा समेत १३ प्रतिशत कर तथा १५ प्रतिशत अन्तःशुल्क गरी २८ प्रतिशत कर लिने गरेकाले उद्योगी व्यवसायीहरुलाई समस्या भएको उले बताए । उद्योगी व्यवसायीहरुलाई थप हौसला दिएर लगानी बढाउन सरकारले चर्को बैंक ब्याजदर घटाउन पहल गर्नुपर्ने उनको सुझाव छ । प्रदेश सरकारले औद्योगिक क्षेत्रको सुरक्षाका लागि सङ्घीय सरकारसँगको समन्वयमा औद्योगिक सुरक्षा बल स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्न सङ्घ र स्थानीय सरकारसँग सहकार्य गर्ने योजना बनाएको छ ।

यस्तै, प्रदेश सरकारले नेपालगञ्जलाई औद्योगिक राजधानी बनाउने गरी औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने तथा भैरहवादेखि परासीसम्म र कपिलवस्तुको चन्द्रौटा–कृष्णनगरलाई औद्योगिक करिडोर र दाङ उपत्यकामा पनि औद्योगिक क्षेत्र निर्माणका लागि प्रकृया शुरु गरेको छ । दाङमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको उद्योग महाशाखाले जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कृषि तथा वन पैदावारमा आधारित उद्योगहरु खोल्न प्रोत्साहन स्वरुपमा कृषि वनमा आधारित तीन वटा उद्योगलाई रु १२ लाख १७ हजार ४०० अनुदान र वन पैदावारमा आधारित तीन वटा उद्योग स्थापना गर्न रु १५ लाख उपलब्ध गराएको छ ।
यसैगरी, प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्न सङ्घ र स्थानीय सरकारसँग सहकार्य गर्ने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र तलुनात्मक लाभका उद्योगहरुको प्रादेशिक तहमा सम्भाव्यताको खोजी गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने नीति प्रदेश सरकारले अङ्गीकार गरेको छ ।

रासस

विवाहको खर्च रकम क्लवलाई

0

गुल्मी, कार्तिक ८रनेपाली समाजमा विवाह गर्दा धेरै तडक भडक गर्ने प्रचलन रहेको छ । जन्तीदेखि सबैतिर भोज खुवाउने र धेरै खर्च गर्ने प्रचलन चलिरहेका बेला जिल्लाका एक युवाले भने विवाहको भोजमा गर्ने खर्च क्लवलाई सहयोग गर्ने भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका २ मुसिकोट बगैँचा निवासी समाजसेवी युवा विष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद ६० हजार सहयोगको घोषणा गरेका हुन् । पछिल्लो समयमा समाजमा विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका कार्यमा निकै भड्किलोपन बढेको भन्दै त्यसलाई निरुत्साहित गरी नयाँ संस्कार, संस्कृति र परम्पराको थालनी गर्न विवाहको भोजमा खर्च गर्ने रकम क्लवलाई दिने घोषणा गरेको बताए । हाल वैदेशिक रोजगारीको शिलशीलामा रिपब्लिक चेकमा कार्यरत रहेका समाजसेवी अधिकारीले उक्क्त रकम क्लवले आयोजना गरेको खुल्ला भलिबल तथा विविध साँस्कृतिक कार्यक्रमका अवसरमा दिने बताएका छन् ।

पछिल्लो समयमा गाँउटोलमा हुने साना ठूला विभिन्न सभा समारोह शुभकार्य तथा कार्यक्रममा बाहिरबाट टेन्ट ल्याएर कार्यक्रम गर्नुपर्ने भएकाले अब त्यो समस्यालाई हल गर्नका लागि उक्त सहयोग रकमबाट क्लवलाई टेन्ट र आवश्यक अन्य सामग्री खरिद गरिने क्लवका उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए । क्लवले समाजसेवी अधिकारीले समाजप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

५० हजार राशिको पुरस्कार पुल्चोकलाई

0

हुमाकान्त पोखरेल, गुल्मी कात्तिक ०८ ।
गुल्मीको सदरमुकाम तम्घासमा संचालित जिल्लास्तरिय खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि पुल्चोक युवा क्लवले हात पारेको छ । उसले आयोजक दुविचौर युवा क्लवलाई पराजित गर्दै ५० हजार राशिको उपाधि हात पारेको हो ।
आयोजक दुविचौर युवा क्लवले २० हजार राशिको द्धितिय पुरस्कार प्राप्त गरेको छ । खेलमा त्रिदेव कार्की उत्कृठ ब्याट्समेन तथा ज्योती भण्डारी उत्कृष्ठ बलर घोषित भएका छन् ।
दुविचौर युवा क्लवले यहि कात्तिक ३ गतेदेखि तम्घासस्थित चिदिचौर मैदानमा जिल्लास्तरिय खुल्ला क्रिकेट प्रतियोगिताको संचालन गरेको थियो । प्रतियोगितामा कुल २० समुहले सहभागिता जनाएको क्लवका अध्यक्ष आकाश खत्रीले जानकारी दिए ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकको बलेटक्सार शाखामा ATM सेवा शुभारम्भ

0

कार्तिक ८ गुल्मी : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकको बलेटक्सार शाखामा ATM सेवा एक औपचारिक कार्यक्रमका साथ शुभारम्भ गरिएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, अतिथि रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका संस्थापक संचालक कृष्ण प्रसाद भण्डारी, बलेटक्सार शाखा प्रबन्धक विनोद ज्ञवाली, रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, वडा नं. ३ का वडा अध्यक्ष शेषनारायण पौडेल, वडा नं. २ का वडा अध्यक्ष घनश्याम अर्याल, वडा नं. ६ का वडा अध्यक्ष बुद्धिमती लामीछाने, उद्योग वाणिज्य संघ बलेटक्सारका उपाध्यक्ष कमल प्रसाद श्रेष्ठ, लगायत जेष्ठ नागरिक, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका पधादिकारीहरुको आतिथ्यता रहेको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमूख अतिथि निलकण्ठ गौतमले रिवन काटेर ATM सेवाको उद्घाटन गरे सगैँ शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमक संचालन लालमणी पन्थीले गर्नुभएको थियो ।

कास्की २ को उम्मेदवारमा विद्या भट्टराई सर्वसम्मत

0

कात्तिक ८, २०७६ कास्की स् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले विद्या भट्टराईलाई मंसिर १४ को उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ। शुक्रबार बसेको जिल्ला कमिटी बैठकले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी पत्नी विद्याको नाम सर्वसम्मत सिफारिस गरेको हो। विद्यालाई कास्की २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार बनाउन नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले नै प्रस्ताव गरेका थिए। ‘विद्या कमरेडलाई यहाँको उपनिर्वाचनमा उम्मेदवार बनाउन अध्यक्षका हैसियतले मैले नै प्रस्ताव गरेको हुँ’, थापाले थाहाखबरसँग भने, ‘मेरो प्रस्तावलाई जिल्ला कमिटी बैठकले सर्वसम्मत पारित गर्दै केन्द्रीय कमिटीमा सिफारि पठाउने निर्णय गरेको छ।’

थुंगे फुलको कथा

0

जानु पाण्डे ÷ कपिलवस्तु
नेपालमा चाड पर्वको रमझम संग संगै रंगिन फुलको सिजन पनि सुरु भएको छ । विशेष गरी तिहार पर्वमा फुलको विशेष महत्व हुन्छ । यही वेला घर आगनमा फुल फुलेर रमणिय वनेको हुन्छ । हिन्दु धर्ममा हरेक पर्वमा पुजा गर्दा होस या भाईटिकामा प्रयोग हुने मालामा फुलको प्रयोग हुन्छ । यही समयमा धेरै प्रयोग हुने फुल मध्ये एक हो थुंगे फुल ।
थुंगे फुल नेपालमा प्रयाप्त मात्रामा पाईने एक फुल हो । धार्मिक कार्य, विवाह, सजावट तथा विशेष गरी तिहारको भाई टिकामा मालाको रुपमा यो फुल प्रयोग हुन्छ । हाल यो फुलको नेपालमा व्यवसायिक खेती सुरु भएको छ । हिन्दु मात्र नभई यो फुल विश्व भरी नै प्रख्यात फुलको रुपमा पहिचान वनाएको छ ।
यस फूललाई अंग्रेजी भाषामा मेरीगोल्ड भनेर चिनिन्छ । यसका ५० भन्दा धेरै प्रजातीहरु पाईने गरेको छ । नेपालमा पनी यसका केही प्रजाती पाईन्छन । अफ्रिकन र फ्रेन्च प्रजाती प्राय लोकप्रिय मानिन्छन । नेपालमा थुंगे भनेर चिनिएता पनी स्थानिय भाषामा विभिन्न नामाकरण भएको पाईएको छ । नेपालमा हजारी, सयपत्री, लालगोटी, पतरे, थुंगे, माघे थुंगे, गाईफुल लगायतका नामले चिनिन्छ । नेपालमा पहेलो, हल्का सुन्तला, रातो , कलेजी रंग र मिश्रित रंगका थुंगे फुल पाईन्छन ।

धेरै साईटहरुमा सयपत्री र हजारी लाई एउटै फुल भनेर उल्लेख भएको छ । तर स्थानिय स्तरमा दुवै फरक पाईएको छ । गुगल सर्च गर्दा दवैलाई एउटै देखाईएको छ । सयपत्री र हजारी फुललाई एउटै भनिए पनी यि दुई फुलमा फरक खालका हुन । सयपत्री फुल भन्दा हजारी फुल ठुलो हुने हुन्छ । सयपत्रीका पत्र फराकिला र ठुला हुन्छन भने हजारीका साना र धेरै हुन्छन । दुवैको वनावट फरक देख्न सकिन्छ । थोरै पत्र र विचमा थुंगा हुने समुहलाई नेपालमा पतरे फुल भनेर चिनिने गर्दछ । सयपत्री फुल धार्मिक कार्यमा प्रयोग हुन्छ तर हजारी फुल मन्दिरमा चढदैन ।
यो फुल मेक्सिको तथा मध्य अमेरीकाको जंगली फुल हो । यो मेसो अमेरीकन एजटेक सभ्यता १३ औ सताव्दीको प्रशिद्ध जंगली फुल हो । जंगलमा उम्रने भएपनी यी फुलहरु औषधी, सुन्दरता तथा समारोहका प्रयोग भएको पाईन्छ । यो फुल १७ औं सताव्दीको सुरुवातमा नेपाल भित्रीएको थियो । यो फुल कसरी भित्रियो भन्ने तथ्य थाहा हुन सकेको छैन । यो फुल तराई र पहाड दुवै ठाउमा फुल्ने गर्दछ । खास गरी पहाडमा फुल्ने प्रजाती भए पनी तराईको हावापानीमा अनुकुलन भएको छ ।
यो फुलको विस्तार १५ औ सताव्दीमा सुरु भएको हो । त्यतीवेला स्पेनको राज वगैचामा यो फुलले स्थान पाएको थियो । त्यसपछी फ्रान्स र उत्तर अमेरीका प्रवेस गरेको थियो । सन १९१५ मा डेभिड व्रुपीले विउ उत्पादन गरी यसको रिसर्च सुरु भएको थियो ।
यो फुलको वैज्ञानिक नाम टैजेटस हो । टैजस नाम गरेको एक गन्र्दवको नाम वाट यो फुल नामाकरण भएको भारत डिस्कभरी नामको एक अनलाईनमा उल्लेख गरीएको छ । टैजस सुन्दरताको लागी प्रसिद्ध थिए । यो फुल औषधीको गुणले समेत रहेको पाईएको छ । यो फुललाई एन्टी वायोटिक, एन्टीअक्सीडेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । प्राकृतिक रंग निमार्ण र अत्तर वनाउन समेत यो फुलको प्रयोग हुन्छ ।
नेपालको गुल्मी जिल्लामा फेला परेका यस प्रजातीका फुलहरुको फोटो खिचिएको थियो । ५ दिन लगाएर यस सिजनमा गुल्मि जिल्लामा मेक्सिकन, अफ्रिकन, फ्रेन्च थुंगे फुल हरु फुलेका पाईएको छ । यि फुलको स्थानिय नाम पनि दिईएको छ ।
१ टैजेटस लुसिडिया ः यो मेक्सिकन प्रजाति अन्र्तगतको फुल हो । यस्लाई स्थानिय स्तरमा पतरे पनि भनिन्छ । यो पहेलो रंगको हुन्छ । यो फुलमा पुरा भाग फुल्दैन । एक तहको पत्र मात्र हुन्छ ।


२) टैजेटस पटुला ः यो फ्रेन्च प्रजाती अन्र्तगत पर्दछ । यसलाई नेपाली मा लाल गोटी भनेर चिनिन्छ । यो फुल धेरै ठुलो हुदैन ।


३ टैजेटस ईरेक्टा ः यो पनी एक मेक्सिकन प्रजातीको प्राचिन फुल हो । यसलाई थुंगे फुल, सयपत्री फुल , हजारी फुलहरु पर्दछन । यो विश्वको लोकप्रिय फुल पनी हो ।

africam marigold ( tagetes erecta tall sierrs orange ) ?????

४) टैजेटस टेनईफोलीया ः यो पनी एक मेक्सिकन प्रजाती को फुल हो । यस्लाई कतै पतरे, लालगोटी पतरे, गाई फुल समेत भनिन्छ । हेर्दा यो पतरे जस्तै देखिन्छ । पतरे पहेलो मात्र हुन्छ भने गाई फुलमा रंगहरु मिक्स भएका हुन्छन ।

स्रोत विक्की पिडीया लगायत विभिन्न वेभ साईटवाट

नगरपालिका भित्र २० दिन पछि बल्यो बत्ती

0

तिलाचन पाण्डे
कात्तिक ८ , २०७६ गुल्मी ः असोज १७ गते देखि अध्यारोमा बस्न बाध्य भएका मुसिकोट नगरपालिका वडा नं ७ र ८ वडाका बासिन्दाहरुले २० दिनपछि उज्यालो पाएका छन् ।
दरमखोला लघु जलबिधुत परियोजनामा पहिरो गएर नहर अबरुद्ध भए पश्यात नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले केन्द्रिय लाइनलाई बिस्तार गरेको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिए । अर्यालका अनुसार एक सय केभिएको ट्रान्सर्फम जडान गरि छ सय घरधुरीमा बिधुत बलेको जानकारी दिए । दीपावलीको समयमा पनि यसरी स्थानीयहरु अध्यारोमा बस्ने समस्या समाधान गर्नका लागि सबै जनशक्तिहरु लगाएर केन्द्रिय लाइन जडान गरीएको अर्यालले दाबी गरे ।


मुसिकोट नगरपालिकामा संचालित दरमखोला र परोपकार जलबिधुत परियोजनाको पिपिए सम्झौता पनि अन्तिम चरणमा पुगेकाले सबै वडाहरुमा करिब चार महिना भित्रैमा केन्द्रिय लाइन बिस्तार गरेरै छाडने अर्यालले दाबी गरे ।
बिधुत नहुदा स्थानीय स्तरमा संचालित कुटानी पिसानी लगायत स्थानीय संचार माध्यमहरुलाई पनि समस्या परेको स्थानीय अनिष गैरेले बताए । दरमखोला लघुजलबिधुत परियोजना बाट ७० किलोवाट उत्पादन हुँदै आएको थियो ।