शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकको बलेटक्सार शाखामा ATM सेवा शुभारम्भ

0
545

कार्तिक ८ गुल्मी : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकको बलेटक्सार शाखामा ATM सेवा एक औपचारिक कार्यक्रमका साथ शुभारम्भ गरिएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, अतिथि रुरु क्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका संस्थापक संचालक कृष्ण प्रसाद भण्डारी, बलेटक्सार शाखा प्रबन्धक विनोद ज्ञवाली, रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली, वडा नं. ३ का वडा अध्यक्ष शेषनारायण पौडेल, वडा नं. २ का वडा अध्यक्ष घनश्याम अर्याल, वडा नं. ६ का वडा अध्यक्ष बुद्धिमती लामीछाने, उद्योग वाणिज्य संघ बलेटक्सारका उपाध्यक्ष कमल प्रसाद श्रेष्ठ, लगायत जेष्ठ नागरिक, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका पधादिकारीहरुको आतिथ्यता रहेको थियो । बैंकका प्रमूख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमूख अतिथि निलकण्ठ गौतमले रिवन काटेर ATM सेवाको उद्घाटन गरे सगैँ शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमक संचालन लालमणी पन्थीले गर्नुभएको थियो ।

SHARE