थुंगे फुलको कथा

0
2813

जानु पाण्डे ÷ कपिलवस्तु
नेपालमा चाड पर्वको रमझम संग संगै रंगिन फुलको सिजन पनि सुरु भएको छ । विशेष गरी तिहार पर्वमा फुलको विशेष महत्व हुन्छ । यही वेला घर आगनमा फुल फुलेर रमणिय वनेको हुन्छ । हिन्दु धर्ममा हरेक पर्वमा पुजा गर्दा होस या भाईटिकामा प्रयोग हुने मालामा फुलको प्रयोग हुन्छ । यही समयमा धेरै प्रयोग हुने फुल मध्ये एक हो थुंगे फुल ।
थुंगे फुल नेपालमा प्रयाप्त मात्रामा पाईने एक फुल हो । धार्मिक कार्य, विवाह, सजावट तथा विशेष गरी तिहारको भाई टिकामा मालाको रुपमा यो फुल प्रयोग हुन्छ । हाल यो फुलको नेपालमा व्यवसायिक खेती सुरु भएको छ । हिन्दु मात्र नभई यो फुल विश्व भरी नै प्रख्यात फुलको रुपमा पहिचान वनाएको छ ।
यस फूललाई अंग्रेजी भाषामा मेरीगोल्ड भनेर चिनिन्छ । यसका ५० भन्दा धेरै प्रजातीहरु पाईने गरेको छ । नेपालमा पनी यसका केही प्रजाती पाईन्छन । अफ्रिकन र फ्रेन्च प्रजाती प्राय लोकप्रिय मानिन्छन । नेपालमा थुंगे भनेर चिनिएता पनी स्थानिय भाषामा विभिन्न नामाकरण भएको पाईएको छ । नेपालमा हजारी, सयपत्री, लालगोटी, पतरे, थुंगे, माघे थुंगे, गाईफुल लगायतका नामले चिनिन्छ । नेपालमा पहेलो, हल्का सुन्तला, रातो , कलेजी रंग र मिश्रित रंगका थुंगे फुल पाईन्छन ।

धेरै साईटहरुमा सयपत्री र हजारी लाई एउटै फुल भनेर उल्लेख भएको छ । तर स्थानिय स्तरमा दुवै फरक पाईएको छ । गुगल सर्च गर्दा दवैलाई एउटै देखाईएको छ । सयपत्री र हजारी फुललाई एउटै भनिए पनी यि दुई फुलमा फरक खालका हुन । सयपत्री फुल भन्दा हजारी फुल ठुलो हुने हुन्छ । सयपत्रीका पत्र फराकिला र ठुला हुन्छन भने हजारीका साना र धेरै हुन्छन । दुवैको वनावट फरक देख्न सकिन्छ । थोरै पत्र र विचमा थुंगा हुने समुहलाई नेपालमा पतरे फुल भनेर चिनिने गर्दछ । सयपत्री फुल धार्मिक कार्यमा प्रयोग हुन्छ तर हजारी फुल मन्दिरमा चढदैन ।
यो फुल मेक्सिको तथा मध्य अमेरीकाको जंगली फुल हो । यो मेसो अमेरीकन एजटेक सभ्यता १३ औ सताव्दीको प्रशिद्ध जंगली फुल हो । जंगलमा उम्रने भएपनी यी फुलहरु औषधी, सुन्दरता तथा समारोहका प्रयोग भएको पाईन्छ । यो फुल १७ औं सताव्दीको सुरुवातमा नेपाल भित्रीएको थियो । यो फुल कसरी भित्रियो भन्ने तथ्य थाहा हुन सकेको छैन । यो फुल तराई र पहाड दुवै ठाउमा फुल्ने गर्दछ । खास गरी पहाडमा फुल्ने प्रजाती भए पनी तराईको हावापानीमा अनुकुलन भएको छ ।
यो फुलको विस्तार १५ औ सताव्दीमा सुरु भएको हो । त्यतीवेला स्पेनको राज वगैचामा यो फुलले स्थान पाएको थियो । त्यसपछी फ्रान्स र उत्तर अमेरीका प्रवेस गरेको थियो । सन १९१५ मा डेभिड व्रुपीले विउ उत्पादन गरी यसको रिसर्च सुरु भएको थियो ।
यो फुलको वैज्ञानिक नाम टैजेटस हो । टैजस नाम गरेको एक गन्र्दवको नाम वाट यो फुल नामाकरण भएको भारत डिस्कभरी नामको एक अनलाईनमा उल्लेख गरीएको छ । टैजस सुन्दरताको लागी प्रसिद्ध थिए । यो फुल औषधीको गुणले समेत रहेको पाईएको छ । यो फुललाई एन्टी वायोटिक, एन्टीअक्सीडेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । प्राकृतिक रंग निमार्ण र अत्तर वनाउन समेत यो फुलको प्रयोग हुन्छ ।
नेपालको गुल्मी जिल्लामा फेला परेका यस प्रजातीका फुलहरुको फोटो खिचिएको थियो । ५ दिन लगाएर यस सिजनमा गुल्मि जिल्लामा मेक्सिकन, अफ्रिकन, फ्रेन्च थुंगे फुल हरु फुलेका पाईएको छ । यि फुलको स्थानिय नाम पनि दिईएको छ ।
१ टैजेटस लुसिडिया ः यो मेक्सिकन प्रजाति अन्र्तगतको फुल हो । यस्लाई स्थानिय स्तरमा पतरे पनि भनिन्छ । यो पहेलो रंगको हुन्छ । यो फुलमा पुरा भाग फुल्दैन । एक तहको पत्र मात्र हुन्छ ।


२) टैजेटस पटुला ः यो फ्रेन्च प्रजाती अन्र्तगत पर्दछ । यसलाई नेपाली मा लाल गोटी भनेर चिनिन्छ । यो फुल धेरै ठुलो हुदैन ।


३ टैजेटस ईरेक्टा ः यो पनी एक मेक्सिकन प्रजातीको प्राचिन फुल हो । यसलाई थुंगे फुल, सयपत्री फुल , हजारी फुलहरु पर्दछन । यो विश्वको लोकप्रिय फुल पनी हो ।

africam marigold ( tagetes erecta tall sierrs orange ) ?????

४) टैजेटस टेनईफोलीया ः यो पनी एक मेक्सिकन प्रजाती को फुल हो । यस्लाई कतै पतरे, लालगोटी पतरे, गाई फुल समेत भनिन्छ । हेर्दा यो पतरे जस्तै देखिन्छ । पतरे पहेलो मात्र हुन्छ भने गाई फुलमा रंगहरु मिक्स भएका हुन्छन ।

स्रोत विक्की पिडीया लगायत विभिन्न वेभ साईटवाट

SHARE