नगरपालिका भित्र २० दिन पछि बल्यो बत्ती

0
560

तिलाचन पाण्डे
कात्तिक ८ , २०७६ गुल्मी ः असोज १७ गते देखि अध्यारोमा बस्न बाध्य भएका मुसिकोट नगरपालिका वडा नं ७ र ८ वडाका बासिन्दाहरुले २० दिनपछि उज्यालो पाएका छन् ।
दरमखोला लघु जलबिधुत परियोजनामा पहिरो गएर नहर अबरुद्ध भए पश्यात नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले केन्द्रिय लाइनलाई बिस्तार गरेको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जनाकारी दिए । अर्यालका अनुसार एक सय केभिएको ट्रान्सर्फम जडान गरि छ सय घरधुरीमा बिधुत बलेको जानकारी दिए । दीपावलीको समयमा पनि यसरी स्थानीयहरु अध्यारोमा बस्ने समस्या समाधान गर्नका लागि सबै जनशक्तिहरु लगाएर केन्द्रिय लाइन जडान गरीएको अर्यालले दाबी गरे ।


मुसिकोट नगरपालिकामा संचालित दरमखोला र परोपकार जलबिधुत परियोजनाको पिपिए सम्झौता पनि अन्तिम चरणमा पुगेकाले सबै वडाहरुमा करिब चार महिना भित्रैमा केन्द्रिय लाइन बिस्तार गरेरै छाडने अर्यालले दाबी गरे ।
बिधुत नहुदा स्थानीय स्तरमा संचालित कुटानी पिसानी लगायत स्थानीय संचार माध्यमहरुलाई पनि समस्या परेको स्थानीय अनिष गैरेले बताए । दरमखोला लघुजलबिधुत परियोजना बाट ७० किलोवाट उत्पादन हुँदै आएको थियो ।

SHARE