कात्तिक १८, २०७६ काठमाडौं . बलात्कार प्रयास अभियोगमा जेल चलान भएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद स्वतः निलम्वित भएको छ। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार अभियोग लागेपछि सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको थियो। तर महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पद छाड्न अस्वीकार गरेका थिए। दाङबाट निर्वाचित महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। यो आदेशसँगै महरालाई सोमबारै चारखालस्थित डिल्ली बजार सदर खोरमा पठाइने भएको छ। यसअघि भ्रष्टाचार अभियोगमा दाङ नै घर भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई पनि डिल्ली बजार कारागारमै थुनिएको थियो। नेपालको प्रचलित कानुन अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बन भएको मानिन्छ। सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन। आरोप प्रमाणित भएमा अर्थात् दोषी ठहर भएमा सांसद पद स्वतस् जान्छ, महरा सांसद रहिरहँदैनन्।थाहाबाट
प्रदेश प्रमुखलाई हटाउने निर्णय स्वाभाविकै . महासचिव पौडेल
कात्तिक १८, २०७६ काठमाडौं . सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेल प्रदेश प्रमुखहरूलाई हटाउने सरकारको निर्णयलाई स्वाभाविकै भएको बताए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका दलहरूले प्रदेश प्रमुखहरूलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका छन् । तर महासचिव पौडेलले भने सरकारको सो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिए। उनले संवैधानिक प्रक्रिया अनुसार नै प्रदेश प्रमुखहरूको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरूसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताए। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीसँगै कुरा गर्दै, ‘संवैधानिक व्यवस्थाअनुरुप नै प्रदेश प्रमुखहरू पदमुक्त भएका छन्। सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ। सरकारले संवैधानिक प्रक्रिया अनुसार सो काम गर्दा खेरी अन्य दलहरूको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाइने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए। महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरूलाई हटाउने काम स्वाभाविकै भएको तर्क पनि पटक(पटक दोहर्याए। सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरूको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाई छ। शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई गत आइतबार पदमुक्त गरिएको थियो।
सुनकोशी बस दुर्घटना . मृतक सबैको सनाखत

कात्तिक १८, २०७६ सिन्धुपाल्चोक . चौतारा साँगचोकगढी नगरपालिका ९ सुनकोशीमा बस दुर्घटना हुदा मृत्यु भएका सबैको सनाखत भएको छ। दुर्घटनामा परि १७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत छन्। यस्तै, शैलुङ गाउपालिका ३ की वर्षीया ३२ की निर्मला खड्का, ६ की ७० वर्षीया उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। दोलखा शैलुङ्गेश्वरी ५ कि ३८ बर्षिय सानू राउत आले, ३ का बर्षिय निकेश खड्का र चितवन पटीहानीकी ५६ बर्षी पुजा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको उपचार जारी रहेको उनले बताए। केही बिरामी अस्पतालबाट डिस्चार्ज भैसकेको समेत जनाए। खोलाले शव बगाएको अनुमानले अझै खोजिकार्य जारी राखेको उनको भनाइ छ। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ खा ७२४५ को बस आइतबार सुनकोशी नदिमा खसेको थियो। अत्याधिक भार र तिव्र गतिको कारणले दुर्घटना भएको प्रहरीले अनुमान छ।
सरकारले हटायो सातै प्रदेश प्रमुख
कात्तिक १७, २०७६ काठमाडौं . सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो। जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो। कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो। देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश १ मा डा। गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।थाहाबाट
ग्रामीण स्तरका जनतामा परिबर्तन नआएमा बिकास सम्भब छैन ः मन्त्री बिष्ट
तिलाचन पाण्डे
कात्तिक १७ ,२०७६ गुल्मी ः गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जेलाई शुन्यहोम डेलिभरी र खरका छानामुक्त वडा घोषण भएको छ ।
श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले एक कार्यक्रमका बिच आईतबार घोषण गरेका हुन् । शुन्यहोम डेलिभरी वडा घोषण गर्दै मन्त्री बिष्टले ग्रामीण स्तरका जनतामा परिर्बतन नआए सम्म बिकास सम्भब नहुने बताए ।

ग्रामीण स्तरमा रहेका महिलाहरु अब उपचारको अभाबमा सुत्केरी हुन सकेनन र अकालमै मृत्यु भयो भन्ने समाचार सुन्न नपर्ने बताए । ग्रामीण स्तरमा अब घरमै महिलाहरु सुत्केरी हुने अबस्थाको अन्त्य भएको भन्दै स्वास्थ्य संस्था देखि घरसम्म र घरदेखी स्वास्थ्य संस्थासम्म एम्बुलेन्सको ब्यबस्था गरी मालिका गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे । ग्रामीण स्तरका जनतामा परिबर्तन ल्याउनका लागि कृषि , पशुपालन मार्फत युवाहरुलाई स्वरोजगार बनाउन सकिने भन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानीय स्तरका जनतामा धेरै परिवर्तन आएको दाबी गरे ।
यस्तै अर्को एक प्रसङगमा मन्त्री बिष्टले अब उपचारका लागि ग्रामीण स्तरका जनताहरु तम्घास , पाल्पा , बुटवल जान पर्ने अबस्थाको अन्त्य गर्नका नेपाल सरकार लागेको भन्दै उपचारका लागि स्थानीय स्तरमै सुबिधा युक्त अस्पतालको ब्यबस्था गरेरै छाड्ने दाबी गरे ।

यस्तै मन्त्री बिष्टले चुनाबको समयमा गरेका प्रतिबद्धताहरु अक्षरसह पुरा गरेरै छाड्ने बताए । यस्तै अब गुल्मी जिल्लालाई खरका छानामुक्त घोषण गर्ने कार्यक्रम अगाडी बढेको भन्दै केही बर्ष भित्रैमा गुल्मी जिल्लामा खरका छाना भएका घरहरु नहुने भन्दै त्यसको पनि अन्त्य गरेरै छाडने दाबी पनि गरे । मन्त्री बिष्टले ग्रामीण स्तरका बाटोहरुलाई अब स्तरउन्नती गर्नुपर्ने भएकाले त्यसका लागि पनि आफूले पहल गरिरहेको बताए । अब नयाँ मोटरेबाटाहरु खन्नुपर्ने अबस्था नभएको भन्दै भएका बाटाहरुलाई स्तरउन्न्ती गर्नुपर्नेमा जोड दिए ।
सत्यबती पहिरो पीडितका लागि क्यानडाबासीको सहयोग
तिलाचन पाण्डे
कात्तिक १६ , २०७६ गुल्मी ः गुल्मी समाज क्यालगरी क्यानडाले गुल्मीको सत्यावतीका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्लाबाट क्यानडाको क्यालगरी शहरमा रहेका १८ जना गुल्मेलीहरुले एक लाख पाँचहजार ६० रुपैयाँ सहयोग गरेको समाजका सचिब धर्मराज मरासिनीले जानकारी दिए ।
सहयोग रकम शनिबार एक कार्यक्रमका बिच श्रमरोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्ण बिष्टले सत्यवती गाउँपालिकाका प्रमुख पारीश्वर ढकाललाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दे मन्त्री बिष्टले नेपालीहरुले कसैको दुःख र पीडामा हेरेर बस्न नसक्ने भन्दै सत्यबतीका पहिरो पीडितका लागि गरेको यो सहयोग उदाहरण भएको भन्दै सहयोगका लागि धन्यबाद दिए । संस्थाका सचिब धर्मराज मरासिनीले यो सानो सहयोगले पनि पीडितहरुको पक्षमा केही राहत मिल्ने भएकाले दुःखमा आफूहरु पनि साथमा रहेको बताए । साउन ७ गते बिहान सत्यबती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा पहिरो जाँदा १३ जनाले ज्यान गुमाएका थिए ।
हात्ती धपाउने विद्युतीय धरापमा परी मामा(भान्जाको मृत्यु
कात्तिक १६, २०७६ भद्रपुर .जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी मामा भान्जाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। मणिराम र अभिनाश मामा भान्जा हुन्। बुद्धशान्ति–४ का परेसीकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनाश शनिवार बिहान माछा मार्न गएका थिए। सोही गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै राखिएको जङ्गली हात्ती धपाउन विद्युतीय धराप लगाइएको थियो। कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा धरापमा राखिएको बिजुली तारले पानीलाई छोएकाले मामा–भान्जाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। थाहाबाट
छोराको कुटपिटबाट आमाको हत्या
कात्तिक १६, २०७६ कपिलवस्तु . कपिलवस्तु नगरपालिकामा छोरारे कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्। सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ। सुरेन्द्र फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन्।
डोटीमा बस दुर्घटना , एकजनाको मृत्यु, ३३ घाइते
कात्तिक १६, २०७६ डडेल्धुरा . डोटीमा शनिबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बाजुरातर्फ गइरहेको ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बिहान ५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा घाइते हुनेमा महोत्तरी, बर्दिवासका २८ वर्षीय महेश कोइराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटी सलेनाका ३० वर्षीय रेश्मा लुहार, २७ वर्षीय रामबहादुर बिक, सलेनाकै २२ वर्षीया कल्पना बिक, बोगटानका २८ वर्षीय दुर्गासिंह बिडारी, बोगटानकी बाटु नेपाली, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा रहेका छन्। यस्तै, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर बिक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाइते भएका छन्। अछामका ३६ वर्षीय भीम बुढा, ३१ वर्षीय यज्ञ स्वाँर, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, २४ वर्षीया धानादेवी बिक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्ज्वल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउँदको ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ। घाइतेको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।
थाहाबाट
मापदण्ड अनुसार घर बनाउँ नभए रकम फिर्ता गर भन्दै प्राधिकरण धुर्कोटमा
तिलाचन पाण्डे
कात्तिक १५ ,२०७६ गुल्मी . राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीले पुननिर्माण अन्र्तगतको निजि आवास निर्माण लाभग्राही सूचिमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीहरुलाई मापदण्ड अनुसार घर बनाउँ नभए रकम फिर्ता गर भन्दै पुन निर्माण प्राधिकरण शुक्रबार गुल्मी को धुर्कोट गाउँपालिकामा पुगेको छ । धुर्कोटमा पहिचान भएका लाभग्राहीको संख्या ४७५ , सम्झौता गरेका ४५१ , पहिलो किस्ता लिएका ४३० , दोस्रो किस्ता लिएका ३२३ र घर निर्माण गरेको संख्या अर्थात अन्तिम किस्ता लिने भने जम्मा १४९ रहेको छ ।
जिल्लाका स्थानीय तहमध्ये सबै भन्दा कम प्रगती भएको धुर्कोट गाउँपालिकामा शुक्रबार प्राधिकरणले जनप्रतिनिधिहरु संग अन्र्तक्रिया गरी प्रत्येक लाभग्राहीहरुको घरमा गई घर बनाउने या रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिनका लागि समय तालिका नै सार्बजानिक गरेका छन् ।

जस अनुसार जनप्रतिनिधि , कर्मचारी , स्थानीय तहमा खटिएका प्राबिधिकहरु १९ र २० गते धुर्कोट गाउँपालिकाको वडा नं २ पिपलधारा , २१ गते वडा नं १ नयाँगाउँ , २३ गते वडा नं ३ हाडहाडे , वडा नं ४ जैसीथोक र वडा नं ५ बस्तुमा २४ गते वडा नं ६ रजस्थल र ७ नं वाग्लामा २५ गते जाने निर्णय गरेका छन् । उनीहरुले सोही समय तालिकामा लाभग्राहीहरुको घरमा गई घर बनाउने या रकम फिर्ता गर्ने भन्ने बारेमा निर्णय लिने प्रतिबद्धता जनाएका छन् ।
२०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण पुर्ण रुपमा घरमा क्षती भएका लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम ५० हजार रुपैयाँ लिएका तर घर निर्माणको कार्यपनि सुचारु नगरेका लाभग्राहीहरुलाई घर निर्माण गर्न आग्रह गर्दै र यदि घर निर्माण नगरे अबिलम्ब पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न गाउँगाउँमा पुगेर आग्रह गरेको छ ।

जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीका अनुसार लाभग्राहीहरुले सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीहरुले अबिलम्ब गर्ने र यदि निर्माण नगरेमा रकम फिर्ता गर्न यसरी स्थानीय तहका वडा वडामा अभियानकै रुपमा गएको दाबी गरे ।
गुल्मी जिल्लाका कूल लाभग्राहीको सूचिमा रहेका चार हजार १४४ लाभ्रग्राहीहरु मध्ये तीन हजार ९६१ लाभग्राहीहरुले सम्झौता गरेको , पहिलो किस्ता लिनेको संख्या तीन हजार ८४३ रहेको पन्थीले बताउनुभयो । यस्तै दोस्रो किस्ता लिनेको संख्या दूई हजार ७८३ जना रहेको र अन्तिम किस्ता लिने वा घर निर्माण सम्पन्न गरेकाको संख्या भने एक हजार ९०८ जना रहेको कार्यलयले जनाएको छ ।
जिल्लाको गोष्ठीमा जाँदा गाउँपालिकाको प्रगति कम हुँदा एक्लै निन्याउरो हुनुपर्दथ्यो ः अध्यक्ष पोखरेल

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जिल्लामा पुन ः निर्माणको गोष्ठीमा जाँदा गाउँपालिकाको प्रगति कम हुँदा निन्याउरो हुनुपर्दथ्यो तर अहिले यसरी पालिकामा आएर वडा वडाको प्रगती सार्वजनिक हुँदा वडा अध्यक्षहरु र सदस्यहरुलाई पनि त्यस्तो लागेको बताए । त्यसैले तोकिएको समयमा मापदण्ड अनुसार घर निर्माण गर्न र घर निर्माण नगर्ने हरुको रेकर्ड राखी रकम फिर्ता गर्नेमा जान सबै जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । यस्तै गाउँपालिकाका उपाध्यक्ष शिब बहादुर खत्रीले तोकीएको समयमै र सार्बजनिक गरिएको समय तालिका भित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यस्तै अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयका इन्जिनियर पारस पन्थीले गाउँपालिकाको हाल सम्मको प्रगति र अन्य गाउँपालिकाको प्रगतिको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

















