ग्रामीण स्तरका जनतामा परिबर्तन नआएमा बिकास सम्भब छैन ः मन्त्री बिष्ट

0
532

तिलाचन पाण्डे
कात्तिक १७ ,२०७६ गुल्मी ः गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जेलाई शुन्यहोम डेलिभरी र खरका छानामुक्त वडा घोषण भएको छ ।
श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले एक कार्यक्रमका बिच आईतबार घोषण गरेका हुन् । शुन्यहोम डेलिभरी वडा घोषण गर्दै मन्त्री बिष्टले ग्रामीण स्तरका जनतामा परिर्बतन नआए सम्म बिकास सम्भब नहुने बताए ।

ग्रामीण स्तरमा रहेका महिलाहरु अब उपचारको अभाबमा सुत्केरी हुन सकेनन र अकालमै मृत्यु भयो भन्ने समाचार सुन्न नपर्ने बताए । ग्रामीण स्तरमा अब घरमै महिलाहरु सुत्केरी हुने अबस्थाको अन्त्य भएको भन्दै स्वास्थ्य संस्था देखि घरसम्म र घरदेखी स्वास्थ्य संस्थासम्म एम्बुलेन्सको ब्यबस्था गरी मालिका गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे । ग्रामीण स्तरका जनतामा परिबर्तन ल्याउनका लागि कृषि , पशुपालन मार्फत युवाहरुलाई स्वरोजगार बनाउन सकिने भन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानीय स्तरका जनतामा धेरै परिवर्तन आएको दाबी गरे ।
यस्तै अर्को एक प्रसङगमा मन्त्री बिष्टले अब उपचारका लागि ग्रामीण स्तरका जनताहरु तम्घास , पाल्पा , बुटवल जान पर्ने अबस्थाको अन्त्य गर्नका नेपाल सरकार लागेको भन्दै उपचारका लागि स्थानीय स्तरमै सुबिधा युक्त अस्पतालको ब्यबस्था गरेरै छाड्ने दाबी गरे ।


यस्तै मन्त्री बिष्टले चुनाबको समयमा गरेका प्रतिबद्धताहरु अक्षरसह पुरा गरेरै छाड्ने बताए । यस्तै अब गुल्मी जिल्लालाई खरका छानामुक्त घोषण गर्ने कार्यक्रम अगाडी बढेको भन्दै केही बर्ष भित्रैमा गुल्मी जिल्लामा खरका छाना भएका घरहरु नहुने भन्दै त्यसको पनि अन्त्य गरेरै छाडने दाबी पनि गरे । मन्त्री बिष्टले ग्रामीण स्तरका बाटोहरुलाई अब स्तरउन्नती गर्नुपर्ने भएकाले त्यसका लागि पनि आफूले पहल गरिरहेको बताए । अब नयाँ मोटरेबाटाहरु खन्नुपर्ने अबस्था नभएको भन्दै भएका बाटाहरुलाई स्तरउन्न्ती गर्नुपर्नेमा जोड दिए ।

SHARE