सत्यबती पहिरो पीडितका लागि क्यानडाबासीको सहयोग

0
645

तिलाचन पाण्डे
कात्तिक १६ , २०७६ गुल्मी ः गुल्मी समाज क्यालगरी क्यानडाले गुल्मीको सत्यावतीका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्लाबाट क्यानडाको क्यालगरी शहरमा रहेका १८ जना गुल्मेलीहरुले एक लाख पाँचहजार ६० रुपैयाँ सहयोग गरेको समाजका सचिब धर्मराज मरासिनीले जानकारी दिए ।
सहयोग रकम शनिबार एक कार्यक्रमका बिच श्रमरोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्ण बिष्टले सत्यवती गाउँपालिकाका प्रमुख पारीश्वर ढकाललाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दे मन्त्री बिष्टले नेपालीहरुले कसैको दुःख र पीडामा हेरेर बस्न नसक्ने भन्दै सत्यबतीका पहिरो पीडितका लागि गरेको यो सहयोग उदाहरण भएको भन्दै सहयोगका लागि धन्यबाद दिए । संस्थाका सचिब धर्मराज मरासिनीले यो सानो सहयोगले पनि पीडितहरुको पक्षमा केही राहत मिल्ने भएकाले दुःखमा आफूहरु पनि साथमा रहेको बताए । साउन ७ गते बिहान सत्यबती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा पहिरो जाँदा १३ जनाले ज्यान गुमाएका थिए ।

SHARE