डोटीमा बस दुर्घटना , एकजनाको मृत्यु, ३३ घाइते

0
423

कात्तिक १६, २०७६ डडेल्धुरा . डोटीमा शनिबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बाजुरातर्फ गइरहेको ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बिहान ५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा घाइते हुनेमा महोत्तरी, बर्दिवासका २८ वर्षीय महेश कोइराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटी सलेनाका ३० वर्षीय रेश्मा लुहार, २७ वर्षीय रामबहादुर बिक, सलेनाकै २२ वर्षीया कल्पना बिक, बोगटानका २८ वर्षीय दुर्गासिंह बिडारी, बोगटानकी बाटु नेपाली, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा रहेका छन्। यस्तै, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर बिक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाइते भएका छन्। अछामका ३६ वर्षीय भीम बुढा, ३१ वर्षीय यज्ञ स्वाँर, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, २४ वर्षीया धानादेवी बिक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्ज्वल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउँदको ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ। घाइतेको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।
थाहाबाट

SHARE